-एनआरएनए अफ्रिकाको इलाममा १०० थान रिफिल अक्सिजिन सिलिन्डर सहयोग

एनआरएनए अफ्रिकाको इलाममा १०० थान रिफिल अक्सिजिन सिलिन्डर सहयोग

Hollywood Khabar May 26,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको क्षेत्रको मातृभुमीलाई तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत इलाम जिल्ला अस्पताललाई १०० थान रिफिल सिलिन्डर सहयोग गरेको छ।

उक्त सिलिन्डरको रिफिल गर्न आर्थिक सहयोग अभियानका लागि अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले गरेका हुन।थापाको नेतृत्वमा एनआरएनए अफ्रिकाको मातृभुमीमा तत्काल अक्सिजिन सहयोग अभियान चलिरहेको छ। अभियानले दस जिल्लाका अस्पतालहरुलाई हालसम्म १०५ भरी सिलिन्डर खरिद सहित र १००० भन्दा बढी रिफिल अक्सिजन सिलिन्डर सहयोग पुगाइ सकेको छ।

थापाले ब्याक्तिगत तर्फ बाट समेत ३ लाख यो अभियानमा सहयोग गरि सकेका छन । हालसम्म अफ्रिकाका एनआरएनए र अन्य दाताहरुबाट समेत अभियानले ३० लाख सहयोग जुटाई मुलत अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सहयोग गरिसकेको छ।