-एनआरएनए एनसीसी अष्ट्रेलियाको निर्वाचन सम्पन्न अध्यक्षमा नन्द गुरुङ

एनआरएनए एनसीसी अष्ट्रेलियाको निर्वाचन सम्पन्न अध्यक्षमा नन्द गुरुङ

Hollywood Khabar July 31,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाको निर्वाचन सम्पन्न भएको छ। अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन्। एनआरएनए एनसीसी अष्ट्रेलियाको जुलाई ३१, २०२१ शनिबार सम्पन्न निर्बाचनमा नन्द गुरूङ अध्यक्षमा बिजयी भएका छन।

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा गुरूङसँग डा ज्ञानेन्द्र रेग्मी प्रतिस्पर्धामा उत्रिएका थिए। गुरुङले ८ हजार ५८३ मत प्राप्त गर्दै अत्याधिक मतले विजयी भएका हुन् भने प्रतिस्पर्धी डा ज्ञानेन्द्र रेग्मीले ४ हजार ८७९ मत प्राप्त गरेका छन।

  1. अध्यक्ष नन्द गुरुङ
  2. महासचिव राजुबाबु अधिकारी
  3. सचिव सन्ध्या शाह
  4. सदस्य अशोक उप्रेती
  5. सदस्य रामजी बस्नेत
  6. सदस्य राजु गिरी
  7. सदस्य दामोदर अधिकारी
  8. सदस्य कृष्ण सुवेदी
  9. सदस्य कमल भण्डारी
  10. सदस्य महेश भट्टराई
  11. सदस्य बिशाल पोखरेल
  12. सदस्य विवेक क्षेत्री
  13. सदस्य रमेश अधिकारी
  14. सदस्य ध्रुब पोखरेल
  15. सदस्य अनुप थापा

आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य र प्रवेशराज घिमिरे विजयी भएका छन्।