-NRNA:एनसीसी अमेरिकाले बधाई तथा शुभकामना र सम्मान कार्यक्रम गर्दै

NRNA:एनसीसी अमेरिकाले बधाई तथा शुभकामना र सम्मान कार्यक्रम गर्दै

Hollywood Khabar November 27,2019 Comments

सम्पूर्ण अमेरिकावासी एनआरएन मित्रहरू

नमस्कार !

यही आउँदो डिसेम्बर ७, २०१९ शनिवारका दिन एनआरएनए एनसीसी, अमेरिकाले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बधाई तथा शुभकामना का साथै सम्मान कार्यक्रम सम्पन्न गर्न गैरहेको ब्यहोरा यहाँहरू समक्ष जानकारी गराउदछौ।

अमेरिकाबाट एनआरएनए आइ सी सी निर्वाचनमा पहिलो पटक निर्वाचित हुनुहुने आई सी सी का पदाधिकारीहरू तथा अमेरिकाज क्षेत्रको सम्पूर्ण विजयी टिमलाई यसै कार्यक्रम द्वारा औपचारिक रूपमा बधाई तथा शुभकामना का साथै सम्मान गरिनेछ। यस सम्बन्धमा सम्पूर्ण निर्वाचित आइ सी सी पदाधिकारीहरू तथा क्षेत्रीय पदाधिकारीहरूलाई केही हप्ता पहिला नै इमेल मार्फत निमन्त्रणा पठाइसकेको ब्यहोरा पनि जानकारी गराउँदछौ ।सबै जनाको एकै पटक सहज समय मिलाउने सिलसिलामा “सम्मान” कार्यक्रम केही समय विलम्ब भएको ब्यहोरा समेत सबैको जानकारिको लागि अनुरोध छ ।

अमेरिकावासी मित्रहरूलाई एन आर एन एन सी सी अमेरिका को तर्फ बाट THANKSGIVINGS को हार्दिक शुभकामना !

सहमति सहकार्य, सबैको सहभागिता हाम्रो लक्ष

जय एनआरएन जय नेपाल

ओम भट्टराई

प्रवक्ता

एनआरएनए एनसीसी अमेरिका

११/२८/१९