-भिजिटगर्न आएकाहरु र फर्जी व्यक्ति पनि एनआरएनए युरोपका पंजीकृत सदस्य

भिजिटगर्न आएकाहरु र फर्जी व्यक्ति पनि एनआरएनए युरोपका पंजीकृत सदस्य

Hollywood Khabar June 04,2021 Comments

स्पेन, जुन ४, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का विश्वो भरिका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको चुनावी माहोल बढेको छ।

यसै क्रममा अमेरिकाको निर्वाचन सम्पन्न भयो। युरोपमा धमाधम सदस्य बन्ने र बनाउने क्रम चलेको छ। युरोपमा एनआरएनएका केहि पदाधिकारीहरुको मिलेभागतमा संघको बिधान र नेपाल सरकारले व्याख्या गरेको एनआरएनको परिभाषा बिपरित सदस्य बनाउने काम भएको छ।

सदस्यमा बिधार्थी, भिजिट गर्न आएका केहि व्यक्ति मात्र होइन भर्खर मात्र स्पेन पुगेका व्यक्ति पनि पंजीकृत सदस्य भएका छन्। संघले सदस्यताको ब्यबस्थित गर्न बनाएको स्मार्ट सिष्टमको धज्जी उडाउँदै गरिएको यो कदमले संघको नयन सिष्टमप्रति विश्वास गुमेको छ।

सदस्यताको प्रमाणीकरण गर्न केहि निश्चित व्यक्तिलाई मात्र दिइएको स्पेन, अष्ट्रिया, बेलायत लगायत थुप्रै देशमा सड्यन्त्रपूर्वक फर्जी सदस्य बनाउने काम भएका छन्। बारंबार अमेरिकालाई सदस्यताको प्रश्न उठाउने संघका वर्तमान महासचिवनै स्पेनको केशमा प्रत्यक्ष संलग्न भएका छन्।

अति नै भएपछि स्पेनबाट संघका अध्यक्षलाइ स्पेनबाट लेखेको इमेल कपि हलिउडखबरलाइ प्राप्त भएको छ।

पत्रको प्रति जस्ताको तेस्तै:

आदरणीय अध्यक्ष कुमार पन्तज्यू तथा महासचिव डा हेमराज शर्माज्यू अनि सम्पूर्ण कार्य समिति;

  1. एनआरएनएको बिधान, नियम विपरीत जानिजानि एनसीसी स्पेनका अध्यक्ष र महासचिवले पदको दुरुपयोग गरेर धमाधम नयाँ सदस्यहरू प्रमाणित गरेका छन्। यसका थुप्रै प्रमाण छन्।आज केहि प्रमाण यहाँ दिनचाहन्छु। तपाईँहरूले तुरुन्तै कार्यान्वयन गरेर उहाँहरूलाई यस्ता गतिबिधि रोक्न, आवश्यक कारबाही गर्न सक्नु हुन्छ ?
  2. बिधान अनुसार बिदेशमा आएको २ बर्ष नागेपछि मात्र सदस्यता दिन पाउने नियम थाहा हुँदाहुदै, को नयाँ कति कुन भिसामा आएको जानकारी हुँदाहुदै, सिष्टमले त्यो ब्यबस्था गर्दा-गर्दै पनि सदस्यता बढाउने र चुनाव जित्नै या जिताउन मनपर्दी गर्छन्। यसप्रति तपाईंलेहरूले कसरी रोक्नु सक्नु हुन्छ या कसरी यो कदम भएको हो ?
  3. यस्ता फर्जी सदस्यहरुलाइ अब कसरी कुन तरिकाबाट हटाउन के के गर्नुहुन्छ या गर्नु हुन्न ?
  4. यो तरीका गलत छ। यसप्रति यथासक्य कारबाही होस्।
  5. प्रमाणका लागि निम्न ब्यतिहरूहरूको सदस्यता कसरी प्रमाणित गरियो ? धेरै मध्ये केहिको उदाहरण यहाँ दिइएको छ।
  6. Barun Gautam ES05000056 भन्ने व्यक्ति MARCH 2021 मा Spain आएको
  7. Sushmita Khaniya ES05000049 भन्ने व्यक्ति April 2021 मा Spain आएको
  8. Nabin Thapa ES05000023 भन्ने व्यक्ति July 2020 मा Spain आएको

यिनियरु मध्ये कुनै पनि व्यक्ति विदेशबा बसेको २ बर्ष भएको छैन। यस्तो अवस्था कसरी र किन भएको हो त्यो कुराको यथासक्य कारबाहीको माग गर्दछु।

धन्यवाद

सुन्दरी लामा

स्पेन