-एनआरएनए अध्यक्ष पन्तको होम कन्ट्री जर्मनीको चुनावलाइ लिएर अदालतमा मुद्धा

एनआरएनए अध्यक्ष पन्तको होम कन्ट्री जर्मनीको चुनावलाइ लिएर अदालतमा मुद्धा

Hollywood Khabar August 15,2021 Comments

संयुक्त प्रेस बक्तब्य

गत ३१, २०२१ जुलाईमा भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जर्मनिको चुनावमा चरम रुपमा फर्जीमत प्रयोग भएको छ। अनलाईन प्राविधिलाई दुरुपयोग गरेर निर्वाचित कठपुतली नेतृत्वका सबै क्रियाकलाप अब मान्य नहुने हुनाले पुर्ण रुपमा बहिस्कार गरौं।

जर्मनीभरी छरिएर रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु आबद्ध विभिन्न संघ संस्थाहरु लगायत अग्रज तथा बुद्धिजीवीहरुको असहमति र असमर्थन हुँदाहुँदै पनि एनआरएनए एनसीसी जर्मनीको नेतृत्वले अबैधानिक कार्य गर्न प्रेरितभइ पक्षपात र पुर्वाग्रह तवरमा आईसीसी प्रतिनिधिको छनोट गरेको छ।

एनआरएनए एनसीसी जर्मनिको २०२१-२०२३ कार्यकालको निर्वाचन नै विवादित भएकोले निष्पक्ष छानबिन र न्यायकाे माग गर्दै जर्मनीका विभिन्न अदालतहरुमा मुद्धाहरु परेका छन। एनआरएनए जर्मनीलाइ अदालतबाट फैसला नआउन्जेल सम्म कानुनतः एनआरएनए एनसीसी जर्मनिको अभियानमा कुनै पनि गतिविधि गर्न छुट छैन।

आईसीसीका ६५ प्रतिशत प्रतिनिधि छनौटमा देखा परेका पुर्वाग्रही र मनपरी तन्त्रले संस्थाको गरिमामय छविलाई धब्बा लगाई दिएको छ। २५ प्रतिशत प्रतिनिधिहरुको लागि आजको आजै निर्वाचन गर्ने निर्णय कुनै पनि हालतमा स्वीकार्य हुँदैन। यस्तो निर्वाचन जर्मनिको कानुन बिपरित र एनआरएनएको बिधान बिपरित छ। गैरकानुनी र अबैधानिक रुपमा कुनै संस्था चलाउनु पनि दण्डनिय हुन्छ। निर्वाचन आयोग बिना यो चुनाव कसले गराउदै छ ?

यो सबै जर्मनी निवासी आम नेपालीहरुको चासोको बिषय पनि हो। यो कस्ले? के का लागि ? किन ? र कसरी यो निर्वाचन एनआरएनए जर्मनीले गर्दै छ भन्ने करिव १६ सय साधारण सदस्यहरुलाई कुनै जानकारी पनि छैन। मुठी भरका व्यक्तिको स्वार्थको लागी कठपुतली नेतृत्वले निर्वाचन आयोग बिना प्रतिनिधिको निर्वाचन गर्दै छ।

आधिकारीक रुपमा निर्वाचन आयोग खै? यसको कुनै आधिकारिक जानकारी बिना निर्वाचन कसरी सम्भव छ? अनलाइनमा सदस्यताको मतलब नबुझ्ने हामी कयौं नेपालीहरु जर्मनीमा बसोबास गर्दै आएका छौँ।

कसरी अनलाइन भोट दिन भन्ने पुर्व जानकारी पनि गर्न एनआरएनए जर्मनी अक्षम भएको देखियो। यो स्पष्ट छ कि पहिले नै प्रतिनिधिहरुको नामलिस्ट तयार गरिसकेकोले देखावटीको लागि निर्वाचन हुँदै छ।

तसर्थ जसको शक्ति उसको भक्ति भने झैँ एनआरएनए जर्मनी धनाढ्यवर्गको एउटा निजी क्लब बन्दै गइरहेको छ। तसर्थ यो संस्थाको लागि ठुलो योगदान र समर्पण रहेका धेरै अग्रज तथा अभिन्यताहरुको मेहनतले निर्माण भएको यो संस्थाको गरिमा अस्ताउदै गएकोमा दुख लाग्छ। स्वार्थ सिद्ध गर्न विभिन्न चलखेल र षड्यन्त्रकारी तिकडम बाजिका फोहोरी खेल पबित्र संस्थामा तुरुन्त बन्द गर्न हामिले खबरदारी गर्दछौँ।

अदालतको फैसलालाई पर्खिरहेका हामी सबै जर्मनी निवासीहरुले वर्तमान एनआरएनए जर्मनीले संस्थागत कुनै पनि गतिविधि नगर्न यसै वक्तव्यबाट चेतावनीका साथ अनुरोध गर्दछौ।

अन्त्यमा जर्मनी भरी छरिएर रहेका सम्पूर्ण नेपालीहरुको हित हक अधिकारको लागि क्रियाशिल सबै संघ संस्था, आदरणीय अग्रज तथा बुद्धिजीवी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई एकताबद्ध भएर स्वेच्छाचारी तवरले चल्न खोज्ने वर्तमान एनआरएनए जर्मनीलाई खबरदारी गर्दै भण्डाफोर गर्न हार्दिक अपिल गर्दछौं।

धन्यवाद

चन्द्रकान्त आचार्य अध्यक्ष प्रवासी नेपाली एकता मंच जर्मनी

शिखर खड्का अध्यक्ष, नेपाली जन सम्पर्क समिति जर्मनी

शम्भु प्रसाद पोख्रेल, अध्यक्ष नेपाली जनप्रगतिशील मंच जर्मनी

विजय शाही, अध्यक्ष प्रवासी नेपाली एकता समाज जर्मन