-एनआरएनको १० घण्टा लगाएर गरेको निर्णय सार्वजनिक नहुँदै मानार्थ परिषद् सदस्यबाट राजिनामा

NRNA:एनआरएनको १० घण्टा लगाएर गरेको निर्णय सार्वजनिक नहुँदै मानार्थ परिषद् सदस्यबाट राजिनामा

Hollywood Khabar December 13,2019 Comments

कृष्ण के सी/अमेरिका/१२/१४/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय परिषदको १० घण्टा लामो बैठक १२/१४/१९, शनिवार सम्पन्न भएको छ। बैठकबाट जना विभिन्न निर्णय सहति २१ जना परिषद सदस्य र केहि अनरेरी परिषद सदस्यहरुको मनोनय पनि गरिएको भनिएको छ।

१० घण्टा लामो बैठक सम्पन्न भएर निर्णय सार्वजनिक हुन नपाउँदै मानार्थ परिषद् सदस्य सदस्हरुले राजिनामा दिन थालेका छन्। अमेरिका क्षेत्रबाट ४ जना मानार्थ परिषद् सदस्य मध्ये २ जनाले राजिनामा दिएका छन् भने अरु दुइ जनाले पनि आफू औपचारिक निर्णय सार्वजनिक भएपछि पद अविकार गर्ने बताएका छन्।

यो पटक मनोनयनमा परेका २१ जना सदस्य मध्ये सबैजसो संघको जिम्मेवारीमा नलिएका र संघको काम नगरेकाहरु छन्। धेरै त राजनैतिक पार्टीका क्रियासील सदस्य र पदिय जिम्मेवारीमा बहालवाल नै रहेका छन्। यसबाट संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले गत महाधिवेशनलाइ राजनैतिक हस्तक्षेप भएको भन्दै गरेको बहिस्कार सहि भएको प्रमाणित भएको छ।

मनोनित गरिएको २१ जना सदस्यहरुमा रामशरण सिम्खडा, भक्त गुरुङ्ग, अनुजा प्रधान, प्रेम पमु, गुणराज शर्मा, पासाङ्ग शेर्पा, पुरुषोत्तम बोहोरा, डा.हरि दाहाल, विष्णुमाया परियार, यमुना भट्टराई, प्रमोद सिटौला, डा बिनोद श्रेष्ठ, डा बसुन्धरा भट्टराई, दुर्गा आचार्य, नविन पौडेल, यास्मिन वेगम, अब्दुल बसिद, नारायण प्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली, शान्ति अधिकारी रहेका छन्। यिनीहरुमध्ये धेरैजना संघको इतिहास र गतिबिधिमा नै नाम नसुनेका व्यक्तिहरु रहेका छन्।

मानार्थ परिषद् सदस्यहरुको राजिनामाको प्रति:

श्रीमान् अध्यक्ष ज्यू,

गैर आवाशिय नेपालि सध अन्तराष्ट्रीय समन्वय परिषद

विषय:- राजिनामा सम्वन्धमा

महोदय ,

उपरोक्त सम्बन्धमा परिषदको मिति १४ डिसेम्वर २०१९मा अन्तराष्ट्रीय समन्वय परिषदको ७० औ पूर्ण बैठकले मलाई यस अन्तराष्ट्रीय समन्वय परिषदको Honory Council को सदस्यमा मनोनीत गर्नु भएको तर यो निर्णय मलाई स्वीकार्य नभएकोले आजकै मितिमा राजिनामा पेश गर्दछु ।

जयनेपाल

विनित,

कृष्ण लामिछाने

टेक्सास, अमेरिका

१४ डिसेम्वर २०१९

--------------

श्रीमान् अध्यक्ष ज्यू,

गैर आवाशिय नेपालि सध अन्तराष्ट्रीय समन्वय परिषद

विषय:- राजिनामा सम्वन्धमा

महोदय ,

उपरोक्त सम्बन्धमा परिषदको मिति १४ डिसेम्वर २०१९मा अन्तराष्ट्रीय समन्वय परिषदको ७० औ पूर्ण बैठकले मलाई यस अन्तराष्ट्रीय समन्वय परिषदको Honory Council को सदस्यमा मनोनीत गर्नु भएको तर यो निर्णय मलाई स्वीकार्य नभएको सम्झि आज कै मितिमा राजिनामा पेश गर्दछु । जयनेपाल

विनित,

विकास उप्रेति

टेक्सास, अमेरिका

१४ डिसेम्वर २०१९