-एनआरएनएको लाप्राक नमुना बस्ति तयार भयो, बैशाख ९ गत्ते हतान्तरण गरिंदै

एनआरएनएको लाप्राक नमुना बस्ति तयार भयो, बैशाख ९ गत्ते हतान्तरण गरिंदै

Hollywood Khabar April 15,2021 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल १६, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा महाभुकम्पबाट पिडितहरुको लागि निर्माण गरेको नमुना बस्ति तयार भएकाले बैशाख ९, २०७८ मा हस्तान्तरण गरिने भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले २०१५ देखि सुरु गरिएको यो बस्ति स्थानान्तरण र निर्माण कार्य पुरा भएको बताउनु भयो। निश्चित रुपमा लामो समय पर्खनुपर्दा लाप्राकीहरुमा कठिन समय आएको हो तर पनि त्यहाँ निर्माण कार्य एकदम कठिन पनि थियो। कहिले बर्षाले बन्द हुने त कहिले हिउँ परेर। यसका अलावा निर्माण सामग्री ढुवानी देखि सरकारी रुपमा पुर्जा तयार गर्ने जस्ता कुरामा पनि केहि समय लाग्ने नै थियो। अब भने बस्ति तयार भएको छ र यही ९ गत्ते हस्तान्तरण गर्दैछौं। गोरखाको कठिनाई आफ्नो जन्म जिल्ला भएकाले पनि आफूलाइ घनिभूत थाहा भएको कुरा अध्यक्ष पन्तले बताउनुभयो।

यो लाप्राक बस्ति निर्माणमा संघका अग्रजहरु, पुर्व, निवर्तमान र वर्तमान कार्यसमिति, विश्व भरिका संघका राष्ट्रिय समन्वय परिषदहरु, सम्पूर्ण एनअरएनहरु, विश्वो नेपाली समुदाय, नेपाली सेना, नेपाल सरकारका निकाय, संघका कर्मचारी, निर्माण पक्ष सबैको योगदान रहेको छ। स्वयं लाप्राहरुकी र स्थानिय गाउँपालिका नेतृत्व लगायत उहाँहरु सबैप्रति आफू र संघ धन्यवादी भएको कुरा पनि अध्यक्ष पन्तले बताउनु भएको छ।

हस्तान्तरणका लागि संघका अग्रज, पदाधिकारीहरु, विभिन्न देशका प्रतिनिधिहरु धेरै नेपाल पुगिसकेका र कतिपय पुग्दै हुनुहुन्छ। हस्तान्तरण संबन्धि कार्यक्रमको बिस्तृत रुपरेखा भने आउन बाँकी रहेको छ।