-एनआरएनए मादागास्करको अध्यक्षमा दानबहादुर थापा

एनआरएनए मादागास्करको अध्यक्षमा दानबहादुर थापा

Hollywood Khabar August 01,2021 Comments

अफ्रिका, अगष्ट १, २०२१,

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मादागास्करको अध्यक्षमा दान बहादुर थापा निर्बिरोध चयन भएका छन।

कार्यसमितिको उपाध्यक्षमा सुबाश आले मगर र आङ्ग गेल्जी शेर्पा, महासचिवमा पेम्बा शेर्पा, सचिवमा मन कुमार घर्ती मगर, कोषाध्यक्षमा भरत राज आचार्य, सहकोषाध्यक्षमा गुरुङ्ग दमाई, युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना निर्वाचित भएका छन्। कार्यसमितिको सदस्यहरुमा राम कुमार राई, मार्क गुरुङ्ग, कर्णशेर राई, बिर बहादुर मगर, पूर्ण बहादुर खड्का, तेज बहादुर कार्की, चन्द्र बहादुर खड्का, धनराज सावा लिम्बु, बुलन गुरुङ्ग निर्वाचित भएका छन्। संघको बर्षिक साधारणसभाको अनुगमन कर्ता पुर्वअध्यक्ष शिवराज कंडेल थिए।