Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी मलेसीयाको अध्यक्षमा बिनोद थापा निर्वाचित

-एनआरएनए एनसीसी मलेसीयाको अध्यक्षमा बिनोद थापा निर्वाचित
0
shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मलेसियाको २०२१-२०२३ कार्यकालका लागी विनोद वहादुर थापाको अध्यक्षतामा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितीका केहि पद सहमतिमा निर्विरोध निर्बाचित भएको मलेसीयाको महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध भएका छन। यसैगरी सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध भएका छन।

आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास हुन वाकि रहेको छ। यो पनि सहमतिमा निर्बिरोध हुने एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले बताए। सहमतिको लागि प्रयास भैरहेको र सहमतिको लागि छलफल चलिरहेको छ। आज सम्म मलेसियामा एनआरएनको कहिल्यै पनि चुनाव नभई सर्बसम्मतिमै नेतृत्व चयन हुने गरेको छ।

मलेसियामा हाल ५,२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन। यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै सदस्य भएको अवस्था हो।

ADVERTISEMENT-----