-एनआरएनएमा रुपान्तरण, थन्किएका मुद्धा धेरै छन्, महासचिवका आकांक्षी डा पौडेल

एनआरएनएमा रुपान्तरण, थन्किएका मुद्धा धेरै छन्, महासचिवका आकांक्षी डा पौडेल

Hollywood Khabar August 29,2021 Comments

कृष्ण के सी, अमेरिका, अगष्ट ३०, २०२१

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१-२०२३ को लागि महासचिवका प्रत्यासी डा केशव पौडेलले एनआरएनएमा रुपान्तरणका साथमा पहिला देखि थन्किएका धेरै मुद्धा पहिला पुरा गर्नुपर्ने कुरा बताएका छन्।

आफ्नो चुनावी प्रचार र अध्यक्षका प्रत्यासी कुल आचार्य र संबद्धहरुसँग भेटघाटको लागि अमेरिकाबाट नेपाल जानु पहिला डा पौडेलले सो कुरा बताएका हुन्। उसो त डा पौडेल गत निर्वाचनमा पनि कुल आचार्यकै टिमबाट प्रत्यासी रहेका थिए। यो पटक पनि सोहि टिमलाइ संयोजन गर्दै अगाडी बढेका छन् डा पौडेल।

प्रश्न: गैरआवासीय नेपाली संघमा रुपान्तरणका नाममा थुप्रै कुरा उठाइए। म आफूले पनि त्यसलाई धेरै पटक सम्प्रेषण गरेको छु। तर पनि अन्तिममा आउँदा चाहिँ बिधान र संघको ब्यबस्थालाइ कब्जामा राखेर खुँडे बनाउने काम भयो। यसबारेमा तपाइको भनाइ के छ ?

  • एकदम सहि प्रश्न, रुपान्तरण हरेक संस्था, ब्यबसाय मात्र होइन हाम्रो जीवनमा पनि चाहिन्छ। म आफू मेडिकल लाइनको मान्छे, रुपान्तरण हरेक बिभाग र प्रबिधिमा पनि हुन्छ। म आफू गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्ष हुँदा गरेका थुप्रै रुपान्तरणका बिषय अहिले विश्वका अरु एनसीसीले अबलम्बन गर्दैछन्। यहाँ सम्मकी आइसीसीले पनि त्यसलाई अबलम्बन गर्दैछ।
  • गैरआवासीय नेपाली संघमा रुपान्तरण आवश्यक मात्र होइन अति नै आवश्यक छ। यसलाई मैले ५ भागमा हेरेको छु। पहिलो कुरा संघको संरचना, दोश्रो नेपाल सरकारले भनेको जस्तो विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी नेपालीको कुरा प्रष्ट हुनुपर्छ। तेश्रो कुरा हरेक क्षेत्रका प्रमुख मुद्धाहरु छन् तिनलाई उठाउने मात्र होइन टुंगो नै लगाउनुपर्छ। चौथोकुरा वर्तमान र विगतका नेतृत्वले गरेका, गर्न बाँकी रहेका राम्रा काम र संघको भन्दा व्यक्तिका हितका लागि दर्ज गरेका केहि अबैधानिक, बिधान मिचेका र अन्य सबै कुरा पुनर्विचार र पुन:ब्यबस्था गर्नुपर्छ। पाँचौं विश्वोभरिका एनसीसीहरुको लागि स्वायत्त तर संगै हिंड्ने संरचना बनाउने हो।

प्रश्न: जहिले पनि चुनावका समयमा नगरिकताको बिषय र मध्येपूर्वका श्रमका बिषय उठ्छन। तर चुनाव पछि तिनीहरुलाइ दबाइन्छ। यो पटक ती कुरा हुन्छन भनेर हामीले किन र कसरी विश्वास गर्नु ?

  • गैरआवासीय नेपाली नागरिकताको बिषय नेपालको संबिधान प्रदत्त अधिकार भैसक्यो। केवल नागरिकता दिने बिधि, अधिकार के कति, कसरी भन्ने ऐन बन्न बाँकी हो। त्यससंबन्धि संबन्धित देशका एनसीसीहरु र हामीले जितेमा आइसीसी नेतृत्व सबैले एकैसाथमा गएर, नेपाल सरकारका संबद्ध निकाय र संसद सबैमा पुगेर टुंगो लगाएर मात्र स्वास लिन्छौं। यो नै हाम्रो पहिलो प्रतिबद्धता भयो।
  • मध्येपूर्वको श्रम मात्र होइन हरेक क्षेत्रको सबै मुद्धा उठाउने एथोचित रुपमा टुंगोमा पुर्याउने हो। धेरै समय मध्येपुर्वको कुरा धेरै उठाइन्छ।त्यहाँ धेरै नेपालीहरु छन। विश्वोका अन्य देशको तुलनामा त्यो क्षेत्रका देशहरुमा फरक राजनैतिक संरचना छन्। त्यसैले यो पहल भनेको हाम्रो एकल या एनआरएनको पहलले हुने बिषय होइन। यसमा नेपाल सरकारसंग मिलेर मात्र सहज गर्न सकिन्छ। दोश्रो कुरा त्यो बिषय विगत १०/१५ बर्ष पहिला जस्तो छैन। त्यहाँ बसेका हजारौं नेपालीहरु छन्। त्यहाँको भाषा र संस्कृति बुझेका नेपालीहरु नै धेरै भैसके। उनीहरुको पहलमा योजना गर्ने हाम्रो धारणा हो। तर यहानेर संझनुपर्ने कुरा के हो भने कुनै पनि देशको कानुनको बिरुद्धमा हाम्रो सँस्था जानु हुँदैन र मिल्दैन।

प्रश्न: पूर्व अध्यक्ष शेष घलेको NRNA-Vision 2020 & Beyond लाइ २०१७ को महाधिवेशनले पास गरेको हो। त्यसलाई त्यो बखत धेरै उठाइयो। पूर्व अध्यक्ष भबन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्तले पनि त्यसलाई भजाएको हो। तर कार्यन्वयन गरिएन। कतिपय कुरा त्यहाँबाट चोरेर आफूलाइ फाइदा हुने अर्थमा खुँडे बनाएर ल्याइएको छ। यो पटक तपाइले किन त्यो बिषय उठाउनु भयो ? तपाइँले सहकार्य गर्नुभएका अध्यक्षका प्रत्यासी कुल आचार्य यसमा सहमत हुनुहुन्छ त ? यो बिषय फेरी पनि बिरालो बाँध्ने श्राद्ध गर्ने जस्तै त होइन ?

  • NRNA-Vision 2020 & Beyond भनेको २०१६ को न्यूजर्सीमा भएको संघको ९ औं क्षेत्रीय सम्मेलनमा प्रस्तुत् गरिएको बृहत रुपान्तरणको भिजन हो। त्यो बिषय त्यहाँबाट पारित गराएर महाधिवेशनमा पठाउने निर्णय भएको हो। त्यो समयमा म एनसीसी अमेरिकाको अध्यक्ष अर्थात आयोजक नै भएकाले मलाइ त्यसप्रति गौरव लाग्छ।
  • यस बिषयमा हाम्रो टिमको संयोजन र स्पष्ट बुझाइ छ। हामीले जितेपछि यसलाई समय अनुसार परिमार्जन सहित कार्यान्वयन गर्छौं। त्यो पनि हाम्रो स्वार्थले होइन स्वयं भिजनर पुर्व अध्यक्ष शेष घलेको नेतृत्वमा नै एउटा कार्यान्वयन संयन्त्र बनाएर जान्छौं। यी लगायतका बिषयमा हामी कुल आचार्य संबद्धहरुको एजेण्डा बनाएर आउँछौ।

डा केशव पौडेल संबन्धि थप समाचार:

एनआरएनए आइसीसीको महासचिवमा अमेरिकाका डा केशव पौडेल उम्मेदवार हुने