-एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

Hollywood Khabar February 20,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी २०, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा सपोर्ट गरिएको प्रोजेक्टमा अनियमितता भएको कुरा यूएइ मात्र होइन साउदी अरबीयाका कुरा पनि बाहिर आउन थालेका छन्।

साउदीमा त ILO प्रोजेक्ट मात्र होइन घोटालाका खानी चलाउने डनहरु नै दशकौं देखि बसेका रहेछन। उनीहरुको कथा हुण्डीमा पनि जोडिएको थियो, मानव तस्करीमा त पटक पटक मात्र होइन अझै पनि छ। कहिले काहिँ कतिपय त सुन तस्करी सम्म जोडिएको रहेछ। यी सबै कुरा साउदीका नेपालीहरुलके बोल्ने गरेका छन्।

तर अहिलेको बोलेका कुरा होइन एनआरएनए ILO प्रोजेक्टमा त प्रमाण र प्रकरण नै बोलेको छ। सिधै घोटाला भएको देखिन्छ। काठमाण्डौका संयुक्त खातामा सोझै कुनै ब्यक्तिका नाममा कसरी जम्मा हुन्छ रकम ? यस्ता धेरै रकम केहिले मात्र होइन कानुनी रुपमा मिलेर नै झ्वाम पारिएको प्रमाण भेटिन थालेका छन्।

यस बिषयमा उठेका प्रश्न र भएका कुरा

  • २००९ मा तत्कालिन तथा एनआरएनएका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो साउदी पुग्दा श्रमिक कल्याणकारी कोषको लागि आफूले ७ हजार अमेरिकी डलर दिएर सुरु गर्नुभएको कोष २०१३ मा ४८ लाख नेपाली रुपैयाँ पुगेको थियो। त्यो रकम हाल कति छ, कसरी र कुन रुपमा खर्च हुन्छ त्यसको पारदर्शिता छैन। यो कुरा सार्वजनिक हुनु जरुरी छ या छैन ?
  • म्यान पावर कम्पनिहरुले नेपाली श्रमिकलाइ दिनुपर्ने सुविदा, गत कोरोनाको महामारीमा दिएको भनिएको राहत दिएको भनेर म्यान पावर कम्पनीले दिएको केहि खाना पनि सोहि कोषबाट दिएर बिचको रकम हराएको कुरा समेत फेसबुकमा देखिएको छ। यस्ता घटना हेर्दा साना र केहि मात्र हो जस्तो लाग्छ तर नियमित रुपमा हुँदा त्यो रकम धेरै हुने गरेका छन्। यसको हेर्ने तरिका र निकाय कुन हो ?
  • एनआरएनए ILO प्रोजेक्टमा साउदीका इन्चार्च मध्यपूर्वका क्षेत्रीय उपसंयोजक (डिआर्सी) जोन अर्याल स्वयं हुनुहुन्छ। आइसीसी सदस्य यस्मीन बेगम सैयद, साउदीका अध्यक्ष तेज थापा, कोषध्य सन्तोष लुइँटेल, लाल मगर, पूर्व क्षेत्रीय उपसंयोजक राजु सैयद समेतले तलब लिने गर्नुभएको कुरा आएको छ।
  • संघका पदाधिकारीहरुले संघकै तलब लिने मिल्छ कि मिल्दैन ? यसको जवाफ संघका अध्यक्ष कुमार पन्तज्यूसँग छ कि छैन ?
  • संघका पदाधिकारीहरुले एनआरएनए ILO प्रोजेक्टबाट मात्र होइन कुनै पनि तलबी काम गर्न मिल्दैन। यदि गर्ने हो भने संघको पदबाट राजिनामा दिनुपर्छ। तर यहाँ त्यसो भएको छैन। यसलाई संघको अन्तराष्ट्रिय परिषदले के हेरेर बसेको छ ?
  • यति मात्र होइन त्यस माथि ६ जना भोलेण्टर पनि नियुक्ति गरिएका छन्। उनीहरुले पनि त्यस माथि तलब लिन्छन। यदि कर्मचारीले तलब लिने हो भने पदाधिकारीले पनि तलब किन लिन्छन ?
  • डिआर्सी जोन अर्यालले ९ सय अमेरिकी डलर तलब लिनुहुन्छ। लिगल हेड भनेर राखिएका (कानुन विद) १ जनाले ९ सय अमेरिकी डलर तलब लिनुहुन्छ। ४ जना डाटा कलेक्टर राखिएको रहेछ। उनीहरुको तलब ६५० डलर मासिक छ।
  • यदि कर्मचारी राख्ने हो भने डिआरसीलाइ तलब किन दिनुपरेको ?
  • नेपालको Global IME Bank मा जेभी खाता छ। तेज थापा र सन्तोष लुइटेलको नाममा। त्यसमा ५० हजार अमेरिकी डलरको ट्राञ्जेक्शन एनआरएनए ILO प्रोजेक्टबाट भएको छ। यो रकम किन त्यहाँ पुग्यो ?

यस्ता घोटाला खोज्ने क्रम जारि छ।

यस बिषयसंग संबन्धित समाचाहरु:

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

https://hollywoodkhabar.com/nrnailo-uae-przanvpsudpended

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

https://hollywoodkhabar.com/nrnailo-project-committeeq

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

https://hollywoodkhabar.com/zerotalarency-mahesh-shresthanrna

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

https://hollywoodkhabar.com/prbin-gurung-nrnamercilo

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

https://hollywoodkhabar.com/nrna-iloproject-manojgorkhali