-Krishna KC

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो ?

Hollywood Khabar January 29,2021 Comments

कृष्ण के सी, अमेरिका, जनवरी २९, २०२१

 

हे पशुपतिनाथ;

हाम्रा अध्यक्ष कुमार पन्तज्यूलाइ न्यायको लागि उभिन सक्ने बनाउनु होस्। संघका महासचिव डा हेम राज शर्माको मात्र नभएर गैरआवासीय नेपाली संघ र सम्पूर्ण गैरआवासीय नेपालीहरुको लागि पनि अध्यक्षता ग्रहण गर्नको लागि आशिर्वाद दिनुहोस। उहाँलाई आफैंले बनाएको विधानमा बस्न र आफैंले पकाएको खान सक्ने, खाएर पनि पचाउन सक्ने दरिलो बनाउनुहोस!

१. महाधिवेशनमा सर्वसम्मत र एजेण्डा पारित भनेको के हो ?

  • पहिलो कुरा त कुनै पनि राजनैतिक पार्टी, संघ-संस्था जो सुकैको पनि महाधिवेशनमा एजेण्डाहरुमा सहमति भन्ने कुरा कतै पनि हुँदैन।-अध्यक्ष कुमार पन्तज्यू; के बिशेष महाधिवेशनमा यस्तो भयो ?
  • दोश्रो कुरा चाहिँ महाधिवेशनमा सो महाधिवेशनका सम्पूर्ण प्रतिनिधि उपस्थित हुन पाउने अधिकार हुन्छ। यहाँले नेतृत्व ग्रहण गर्नु भएको गैरआवासीय नेपाली संघको विधानले पनि त्यहि ब्यबस्था गरेको छ।- अध्यक्ष कुमार पन्त ज्यू; के बिशेष महाधिवेशनमा यस्तो भयो ?
  • तेश्रो महत्वपूर्ण कुरा भनेको महाधिवेशनका एजेण्डा विधानले तोकेको समयमा सार्वजनिक गरेको, प्रतिनिधि समक्ष पुगेको या सम्प्रेषित गरेको हुनुपर्छ। - अध्यक्ष कुमार पन्त ज्यू; के बिशेष महाधिवेशनमा यस्तो भयो ?
  • चौथो महत्वको कुरा भनेको महाधिवेशनका एजेण्डा माथि सबै प्रतिनिधिहरुले बिना रोकटोक बिचार राख्ने र मतदान गर्न पाउनुपर्छ।-अध्यक्ष कुमार पन्त ज्यू; के बिशेष महाधिवेशनमा यस्तो भयो ?
  • पाँचौं कुरा भनेको महाधिवेशनमा पूर्व जानकारी दिएका एजेण्डाहरुको मात्र प्रस्तुति हुन्छ। नयाँ प्रवेश गर्दा फ्लोरको महुमतको अनुमति चाहिन्छ। अनि ती एजेण्डा माथि डिबेट हुन्छ। अनि सभाको चेयर या प्रस्तोताले चेयरको अनुमतिमा एजेण्डाको पक्ष र विपक्षमा मतको लागि अनुरोध गरिन्छ। त्यसपछि एजेण्डाको पक्ष र विपक्षमा मत जाहेर हुन्छ। जसले ५१% या विधानले ब्यबस्था गरेको परिणाम ल्याउँछ त्यहि कुरा पारित या अस्वीकृत हुन्छ। - अध्यक्ष कुमार पन्त ज्यू; के बिशेष महाधिवेशनमा यस्तो भयो ?
  • छैठौं कुरा, सो मतदानको मत परिणाम पारदर्शी रुपमा सार्वजनिक भएको हुनुपर्छ।-अध्यक्ष कुमार पन्त ज्यू; के बिशेष महाधिवेशनमा यस्तो भयो?
  • सातौँ कुरा; कुनै पनि एजेण्डामा प्रतिनिधिहरुले दिएको मत १००% नै पक्षमा भएमा मात्र सर्वसम्मत या सतप्रतिशत हुन्छ। अन्यथा अत्याधिकमत, बहुमत, झिनोमत र अल्पमतले पास या फेल भन्ने हुन्छ।-अध्यक्ष कुमार पन्त ज्यू; के बिशेष महाधिवेशनमा यस्तो भयो ?

२. माथिका प्रक्रियामा गत बिशेष महाधिवेशनमा सबैजसो बिधि पुगेको छैन। यदि यहाँको नेतृत्वको अन्तराष्ट्रिय कार्यकारी सचिवालयका सबै पदाधिकारीहरुले ति सबै बिधि पुगेको हो भनेर भन्छन, हस्ताक्षर गरेर दिन्छन या लाइभ भिडियोमा बोल्छन भने यहाको कुरा हामी पनि मानौला।

३. तर याद गर्नुपर्ने कुरा ५ जना उपाध्यक्ष मध्य ३ जनाले विपक्षमा बोलेका छन्। प्रवक्ता र सह कोषाध्यक्षले समेत पक्ष-विपक्षमा बोलेका छैनन्। महिला र युवा संयोजक विपक्षमा छन्। अब यहाँका महासचिवले अरुलाई ताकेको आफ्नै एउटा चोरी औंलाको बिरुद्द आफ्नै बाँकी तीन औंलाले आफैंलाइ चोरे भनको छ।

४.महाधिवेशनमा प्रतिनिधि र संघका अन्तराष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरु समेत नै प्रवेश निषेधित गर्ने अधिकार कसले दियो ?

५. संघको यो बिशेष महाधिवेशनका लागि २६०० भन्दा धेरै जना महाधिवेशन प्रतिनिधिहरुमा ३०० भन्दा थोरै मात्र उपस्थित थिए। त्यसमा पनि ८० जनाको हाराहारीमा प्यानलमा थिए। १ दर्जन जति त कर्मचारी र आइटीका व्यक्ति थिए। त्यसमा पनि मत दिने चाहिँ ३०/३५ जना थिए। पक्षमा मत दिने ५/६ जना मात्र थिए। के यो सहि गरियो त अध्यक्षज्यू ? सर्वसम्मत भएको यहि हो ? अध्यक्ष पो तपाई त संघ त हाम्रो पनि हो नि ? हाम्रो अधिकार माथि प्रतिबन्ध लगाउने अधिकार महासचिव हेम राज शर्मालाइ कसले दियो ? छाडा राँगोलाइ लाज नभएपनि हामीलाइ त लाज भयो नि !

६. गैरआवासीय नेपाली संघको प्रचलित विधानको ब्यबस्था अनुसार कुनै पनि महाधिवेशनबाट एजेण्डा पारित हुन प्रतिनिधिहरुको ५१% सहभागी हुनुपर्छ। २६०० प्रतिनिधिहरुमा १४०० भन्दा धेरै थिए त उपस्थित? के तपाइको बिशेष महाधिवेशनमा सबै एजेण्डा १४०० भन्दा धेरै प्रतिनिधिहरुले मत दिएर पास भएको हो ? यदि होइन भने तपाइको महाधिवेशन अबैधानिक छ।

७. म र म जस्ता सयौं महाधिवेशन प्रतिनिधिहरुलाइ महाधिवेशनको पहिलो दिन ५ घण्टा भन्दा धेरै समय सम्म कुराइयो। दोश्रो दिन त एक्सेस नै पाइएन, खुलेन, सिष्टमले अडियो चेक गर भन्यो। यसको अर्थ के हो ? मलाइ त थाहा छ यहाँलाई थाहा छ ?

८. एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास भएकोलाई ठूलो कुरा नमानिएला तर बिधान शंसोधन सर्वसम्मत भन्ने कुरा बिधि र बिधान विपरित छ। किन कि पहिलो कुरा महाधिवेशन नै बैधानिक छैन। दोश्रो कुरा म आफू र अरु धेरैले नो मा भोट गरेको बिधान कसरी सर्वसम्मत भयो ? तागत छ भने फेरी सबैलाई ब्लाष्ट गरेर भोट गर्न लगाउँ। त्यो बेला बिधान मात्र होइन महासचिव हेम राज शर्मालाइ सस्पेण्ड गर्ने एजेण्डा पनि पारित हुन सक्छ।

९. गैरआवासीय नेपाली संघले ब्यबस्था गरेको बिधानले पनि जनवरी २३-२४, २०२१ मा भएको बिशेष महाधिवेशन अबैधानिक छ नै भन्छ। विधानको ब्यबस्था हेर्न यो लिंक क्लिक गर्नुहोस:

https://nrna.org/Portals/0/Bidhan_2017.PDF

१०. गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिशेष महाधिवेशन जनवरी २३-२४, २०२१ मा छलफल भएका बिषय एकाथरी थिए तर अन्तिममा प्रवक्ताको लागि पढ्न दिइएका घोषणाका बुँदाहरुमा अर्को आयो। यसो गर्ने अधिकार कसले दियो ?

११. संघको अन्तराष्ट्रिय परिषदको महाधिवेशन संचालन संबन्धि यो नियमावली पनि हेर्ने हो कि ? तलको लिंक क्लिक गर्नुहोस:

https://nrna.org/Portals/0/ICC%20Bylaws6_1.pdf

१२. यी सबै हर्कतको पछाडी को छ ? कर्मचारीलाइ बैठकमा बोलाएर स्पष्टिकरण मागीयोस र आदेश दिने को हो त्यसलाई उचित कारबाही गरियोस। स्मरण रहोस, नेतृत्व तपाइको तर संघ हाम्रो पनि हो।

कृष्णार्पण !