-Krishna KC

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

Hollywood Khabar June 18,2021 Comments

जानकारी

लेखकले लेख्दा पहिला आफूलाई दुइ मध्ये एक ठाउँमा राख्नुपर्छ भन्ने मेरो मान्यता छ। पदिय जिम्मेवारीमा रहंदा र नरहँदा। जिम्मेवारीमा रहंदा पनि लेखनलाइ कुनै पनि रुपमा लैजान सकिछ। फरक यतिमात्र हो कि आफ्नो लेखनलाइ जिम्मेवारी उल्लेख नगरिकन र गरेर लेख्ने हुन्छ। आज म गैरआवासीय नेपाली संघका थुप्रै मध्ये एउटा पाटो लेख्दै छु। यो चाहिं आधिकारिक व्यक्तिसँग कुरा गरेर, बिषय पढेर आधिकारीक रुपमा लेखिएको बिषय हो।

प्रसङ्ग

  1. गैरआवासीय नेपाली संघले २०२१ को विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको लागि तोकिएको विधिमा प्रतिनिधिहरु (डेलिगेट्स) पठाउन बिधानमा लेखेको छ। तर त्यो पुरै रुपमा कार्यान्वयन गर्न भने धेरै ठाउँमा कठिन अवस्था छन।
  2. भलै संघको यो चालु बिधानमा थुप्रै असहमति थियो र छन। बलत्कार गरेर जन्मिए पनि बायलोजीमा उसैलाई पिता मान्नुपर्छ। यो बिधान गत जनवरी २०२१ को बिशेष महाधिवेशनमा केहि ब्यक्तिहरुको मात्र सहमतिमा ल्याइएको हो। यसमा फ्लोरमा ब्यापक छलफल भएको थिएन। त्यसैले यसमा थुप्रै सुधार्ने कुराहरु छन्। यो बिधानमा मेरा पनि थुप्रै विमतिहरु छन्। तर पनि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले स्विकृत गरेर पठाएपछि अर्को नहुँदासम्म यसै बिधानलाई मान्नुपर्छ।
  3. संघले राष्ट्रिय समन्वय परिषदहरुलाई प्रतिनिधिहरु पठाउन मागेको मिति जुलाई १५ मान्ने हो भने यसलाई लिएर महासचिव डा हेमराज शर्माको कन्स्पिरेसी थ्र्योरी र त्यसैलाई पच्छ्याउने अनि रडाको मच्चाउनुपर्ने कुनै जरुरी पनि छैन।
  4. अमेरिका मात्र होइन संसारका सबै एनसीसीहरुलाई प्रतिनिधि पठाउन तोकिएको म्याद अझै २ महिना जति बाँकी नै छ। नेतृत्व चयन पनि जुलाई मा नै हुने हो। अमेरिकाको नेतृव चयन मे २०२१ मा भएतापनि पदभार लिने जुलाई २०२१ मा नै भएकाले यसको बिषय भनिएको जस्तो विवादित छैन।
  5. प्रतिनिधि छनोट संबन्धि नियमावली कुनै पनि एनसीसीहरुले बनाएका छैनन। तर पनि बछेडा र कचेडा गर्नेहरुले बिधि-बिधान र नियमावलीको कुरा नै उठाउँदैनन। उठाउँछन त केवल को-को प्रतिनिधि छान्ने र को को नछान्ने भनेर।
  6. प्रतिनिधि चयन संबन्धि संघको अन्तराष्ट्रिय बिधानले राष्ट्रिय समन्वय परिषदलाइ गरेको ब्यबस्था कार्यान्वयन गर्न कठिन छ। धेरै कुरा छुटेका छन्। अन्तराष्ट्रिय परिषद सदस्य इलेक्टहरु बाइडिफल्ट प्रतिनिधि हुने ब्यबस्था थियो र हुनुपर्छ। तर चालु बिधानले त्यो पाटो छुटाएको छ। यसलाई क्षेत्रीय संयोजकहरुले पदाधिकारी बैठकमा कुरा उठाएर परिषद बैठकबाट पारित गर्दा राम्रो हुने नै थियो। एनसीसीका निर्वाचन कमिटी सदस्यहरु प्राथमिकतामा पर्दैनन भने उनीहरु, वाणिज्यदुत र महावाणिज्यदुतहरुलाइ पनि बाइडिफल्ट प्रतिनिधि राखिदिनु पर्नेमा बिधानमा त्यो ब्यबस्था छैन। आइसी सदस्यलाइ उम्मेदवार हुँदा, मनोनित गर्दा लिने योग्यतामा विभेद छ।
  7. अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन संघको बिधानलाइ टेकेर एनसीसीहरु आफैंले गर्ने हो भन्ने कुरा संघका अध्यक्ष कुमार पन्तको रहेको छ। जुन १८, २०२१ मा उहाँसंग भएको कुराकानीमा अध्यक्ष पन्तले यो कुरा प्रष्ट रुपमा बताउनु भएको छ।
  8. संघको चालु बिधानको १३ को ५,६,७ र अनुसूची ६ लाइ हेर्दा धेरै परिमार्जन गर्नु जरुरी देखिएको छ। यस संबन्धमा संघका अन्तराष्ट्रिय अध्यक्ष कुमार पन्त भन्नुहुन्छ, यसलाई एनसीसी नियमावलीले कभर गर्न सक्छ। हाम्रो बिधानको कुरा यति हो कि २५% प्रतिनिधि चाहिँ महाधिवेशनबाट आउने हो। प्रतिनिधि पठाउन त्यो आउट गोइन र इनकमिनको कुरा होइन। महाधिवेशनले गर्ने भन्ने बितिक्कै कुरा प्रष्ट छ। साथीहरु मिलेर गर्दा सजिलो र संघलाइ नै फाइदा हुन्छ। सर्वसम्मत भन्दा राम्रो चुनाव केहि पनि हुन सक्दैन। सबै साथीहरुले त्यसै गर्दा राम्रो नभए प्रजातान्त्रिक बिधिको ब्यालेटबाट गरुन। मत कसरी लिने भन्ने एउटा टुल मात्र हो। महाधिवेशनले नयँ नेतृत्व छान्छ, प्रतिनिधि छान्न्छ कुरा प्रष्ट छ। अमेरिकाको केशमा चुनाव अगाडी भएता पनि ट्रान्जिशनको समय हो। जुलाइमा नै पदभार लिने, अधिवेशन हुने कुरा हामीलाई प्रष्ट रुपमा नै आएको छ। त्यहाँ विवाद गर्नुपर्ने या हामीले सहजीकरण गर्नुपर्ने कुनै कारण मैले देखिन।

संघको प्रतिनिधि छनोट संबन्धि एनसीसी अमेरिकाको परिवेशमा भएको झगडा

  1. अन्तराष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि पठाउने भनेको हरेक एनसीसीबाट २०२१-२०२३ को लागि महाधेवेशन गर्ने, त्यसैबाट निर्वाचित नयाँ नेतृव चयन र २५% प्रतिनिधि पनि चयन गर्ने भनको हो। विधानले त्यसै भनेको छ, यसलाई केवल केहि व्यक्तिले असन्तुष्टि देखाउन भ्रमको खेति जनाएका मात्र हुन्।
  2. विश्वका अरु देशमा निर्वाचनको प्रक्रिया चल्दैछ। नजिकै जोडिएको क्यानाडामा पनि सदस्यता र निर्वाचनको प्रकृया चल्दैछ। त्यहाँ महाधिवेशनका लागि प्रतिनिधि माग्ने या पठाउने कुरा भएको छैन। उनीहरुको नेतृव चयन बिधि फरक छ। मतदाताले पदाधिकारीलाइ मत दिन नपाउने अप्रजान्त्रिक बिधि छ। त्यस बिषयमा क्षेत्रीय संयोजक राजन त्रिपाठी र उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, क्षेत्रका आइसीसी सदस्यहरु लगायत कसैको पनि ध्यान पुगेको छैन।
  3. संघका महासचिव डा हेमराज शर्माको होम कन्ट्री बेलायतमा निर्वाचन नै जुलाईको अन्तमा हुँदैछ। त्यहाँ यसबारे कुनै छलफल नै भएको छैन। प्रतिनिधि त के नेतृत्व चयनको कुरा नै अगाडि बढेको छैन। केवल निर्वाचनको दिन मात्र तोकिएको छ।
  4. अमेरिकामा बुद्धि सागर सुबेदीको अध्यक्षतामा २०२१-२०२३ को लागि निर्वाचित टिम छ। सो नवनिर्वाचित टिमलाई अध्यक्ष सुनिल साहले बैठकमा बोलाएर औपचारिक रुपमा बधाई नै ज्ञापन गरिसकेको अवस्था छ। तर नयाँ नेतृत्वलाइ निर्वाचन आयोगले सपथ ख्वाएर पदभार दिएको अवस्था छैन। उनको नेतृत्वको पदभार जुलाई ३, २०२१ मा हुने बताइएको छ। अथवा निर्वाचन आयोगले जुलाई १, २ या ३ मध्ये कुनै पनि दिन गर्न सक्छ। त्यसमा कुनै रोकावट आउने बिधि-बिधान छैन। त्यसपछि २५% प्रतिनिधि चयनका कुरा पनि महाधिवेशनको बन्दसत्रमा हुने हो उद्घाटन सत्रमा होइन। महाधिवेशनको लागि कन्भेनर वर्तमान उपाध्यक्ष बाबुराम लामाको नेतृत्वमा बनाइएको छ। त्यसमा नयाँ नेतृत्व आउने या नआउने कारण केहि पनि फरक पर्नेवाला छैन।
  5. एनसीसी अमेरिकाको निर्वाचन आयोग भनेको साधारणसभा/महाधिवेशनबाट बनाइएको विधानको स्थायी निकाय हो। निर्वाचन सम्पन्न गरेको आयोगले परिषदको नयाँ बिधिमा पुग्न जुलाई १, २०२१ मा नै निर्वाचित नेतृत्वलाइ पदभार दिएर जान पनि सक्छ। त्यसो गर्न संसारका कुनै पनि कानुनले रोक्दैन। त्यो अवस्थामा पनि जुलाई ३-४, २०२१ को लागि आयोजित महाधिवेशनको लागि कन्भेनर र अन्य तयारी भएकाले केहि पनि रोकिने अवस्था छैन।
  6. त्यसपछिको बिधि भनेको राष्ट्रिय र अन्तराष्ट्रिय परिषदको बिधान अनुरुप महाधिवेशन प्रतिनिधिको छनोट गर्ने, बिधान र अन्य दस्तावेज छलफल गर्ने, निवर्तमान कार्यसमितिको प्रतिवेदनहरु प्रस्तुत गर्ने र पारित गर्ने काम हुन्छ।
  7. अब बिचौलिया र चिण्डी-चोरहरुले प्रतिनिधि छान्न दुख गर्नुपर्दैन, फेसबुक सम्मेलन गर्नु पनि पर्दैन, इमेल लेखेर तर्साउनु त झनै पर्दैन। **पिरियड।
  8. अमेरिका बाहेक संसारका कुनै पनि राष्ट्रिय समन्वय परिषदको चुनाव भएको छैन। केवल ओमानमा त्यहाँको कानुन अनुसार बाध्य भएर सहमतिमा केहि महिना पहिला नेतृव चयन गरिएको भनिएको छ। त्यो बेला त्यहाँ सदस्यता नै वितरण गरेको थिएन। त्यो नेतृत्व चयनमा संघका महसचिव डा शर्मा आफैं अतिथि हुनुहुन्थ्यो। त्यहाँ पनि महाधिवेशन प्रतिनिधि चयन गरेको र गर्नलाई निर्देशन दिएको छैन। उसो त संघका प्रवक्ता डिबी क्षेत्री पनि सोहि देशका हुनुहुन्छ। उहाँले यस बिषयमा केहि पनि बोल्नु भएको छैन।
  9. संघले संसारका कुनै पनि एनसीसीहरुलाई प्रतिनिधि छान्ने ठाडो निर्देशन दिने काम भएको छैन केवल अमेरिकालाइ मात्र। अनि संसारका कोहि पनि मैले नै गर्ने भनेर उपद्रब गर्दै पनि छैनन केवल अमेरिकामा मात्र। यसमा संघका महासचिव डा हेम राज शर्माको व्यक्तिगत चासोमा एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहको बत्तिको पुतली बन्ने रहरले गर्दा धेरै कुरा भएको प्रष्ट खबर आएका छन्।
  10. म आफू पनि गैरआवासीय नेपाली संघको मानार्थ परिषद सदस्य, सहप्रवक्ता सरहको जिम्मेवारीको व्यक्ति, प्रवक्ता नभएको बेला/परेको बेला प्रवक्ताको कार्यबाहक लिने जिम्मेवारीमा छु। सूचना तथा संचारतर्फको प्रमुख नै भएकाले संघको संचारमा एउटा हैसियत राख्दछु। अध्यक्ष र प्रवक्तासँग मेरो पनि संवाद हुन्छ। कुरा हलो कता अड्किएको हो त्यो प्रष्ट थाहा पाउँछु।
  11. एनसीसी अमेरिकामा चुनाव हारेका उम्मेदवारहरुको सद्मालाई एकछिन छोडेर एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहले आफ्नो भ्रमको न्यानोबाट बाहिर आउने हो भने त्यो बिषय १ मिनेटमा समाप्त हुन्छ।
  12. विगत देखि नै अमेरिकाको नेतृत्व अगाडि आउला भन्ने डर एकाथरीका व्यक्तिहरु संघमा छन्। पूर्व अध्यक्ष शेष घले बाहेक सबैले अमेरिकालाई उति ध्यान दिएनन्। यो पटक अध्यक्ष कुमार पन्तको योगदान भने सुजबुझको रहेको छ।
  13. गत २०१९ को निर्वाचनमा अमेरिकाले कागताली परेर, मिहिनेत गरेर या अन्य कारणले ३ वटा पदाधिकारी पद जित्यो। त्यसदेखी डराएका अन्यहरु यो पटक अमेरिकालाई झगडामा राखेर हराउन चाहन्छन। त्यसैमा भ्रमित भएका छन् सुनिल साहजीहरु। अर्को कुरा; एनसीसी अध्यक्ष सुनील साहलाइ डा बद्रि के सी टिमको उपाध्यक्ष बनाइदिने भन्ने गुलियो डा शर्माको छ। बनाइदिएर चुनाव जित्ने भए गत निर्वाचनमा अरु धेरै व्यक्ति किन जितेनन भन्ने प्रशन छ?
  14. सुनील साहजीले नै प्रतिनिधि छाने पनि ती प्रतिनिधिहरुले साहजी र उहाँले भनेकालाइ भोट दिन्छन भन्ने के ग्यारेन्टी? आफ्नो पालामा प्रतिनिधि छान्दा हुने भए, गत चुनावमा सुनील साह, डा अर्जुन बन्जाडे र पूर्व अध्यक्ष डा केशब पौडेल मिलेर नै छानेका प्रतिनिधि हुन्। डा पौडेलले किन नजितेको त?
  15. अध्यक्ष कुमार पन्तसँग बर्षौं देखि संगै काम गरेको हिक्मत थापा जित्नु पर्ने होइन, किन नजितेको त? कुरा प्रतिनिधि कसले छान्नेछ भनेर मात्र होइन। अब सुनील साह कुनी केको न्यानोले चुनाव जिताउँछन् भन्ने विश्वासमा आफैंलाइ डुबाउने काममा जानु हुँदैन। सुनील साहजी जस्तो मान्छे संघको जिम्मेवारीमा एकतह माथि जानुपर्छ त्यसमा हामी अमेरिकाका सबैको मत एकै छ र हुनुपर्छ।
  16. सुनील साहलाइ अमेरिकाका सबै या अत्याधिक भोट उसै पनि आउँछ नै। केवल बिधिमा गए या मिलेर गए अन्यथा कुरा उल्टो हुनसक्छ। मरिमेटे पनि नाममा फरक हुने १५/२० जना मात्र हो। त्यसमा साहले भनेको मान्ने १ या २ जना ब्यक्ति मात्र संभावना छ। अनि झगडा के का लागि ? आफू बन्न या अरुलाई बनाउन ? आफैं अध्यक्ष आफैं लफडा गर्ने? यो केवल महासचिव शर्माजीको शर्मा उकास्ने अर्को तिक्डम हो अरु केहि होइन।
  17. भोलिका दिनमा अध्यक्ष कुमार पन्त सर्वसम्मत अध्यक्ष हुने/बनाउने कुरा बल्झेर गयो अथवा उहाँले आफ्नो सक्सेसरलाइ अध्यक्षको जिम्मेवारीमा अगाडी बढाउनुभयो भने के होला? त्यो अवस्थामा अहिले पनि लाइनमा रहनु भएकाका उपाध्यक्षहरु सोनाम लामा र रविना थापा, सचिव गौरी जोशी मात्र होइन महासचिवको लागि उम्मेदवार हुन तयार भएर बस्नुभएका डा केशब पौडेल समेत मिलेर जाँदा सुनील साहको स्थान कता पुग्ला ? त्यो स्थितिमा साहजीको स्थान डिआरसीमा पनि पुग्न सक्छ। अनि त्यहाँ पनि प्रतिस्पर्धा हुन्छ।
  18. अधिवेशन हुँदैछ, भोलिको अन्तराष्ट्रिय नेतृत्व अमेरिकाले कसरी लिने, को को संभावित, आफ्नो स्थान के हुने भनेर छलफल गर्नुपर्ने अध्यक्ष साहजीको विवेकमा केले ताला लगायो ?

कृष्ण के सी

गैरआवासीय नेपाली संघ

जुन १८, २०२१