Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी क्यानाडाको बार्षिक साधारण सभा डिसेम्बर १९ मा हुने

-एनआरएनए एनसीसी क्यानाडाको बार्षिक साधारण सभा डिसेम्बर १९ मा हुने
0
shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको बार्षिक साधारण सभा डिसेम्बर १९, २०२० मा हुनेभएको छ।

एनआरएनए एनसीसी क्यानाडाको कार्यसमितिको अक्टोवर १८, २०२० मा बसेको बोर्ड बैठकले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको विधान सभा/वार्षिक साधारण सभा आउदो १९ डिसेम्वर २०२० मा गर्ने निर्णय गरेको छ। यो पटकको सभा भर्चुअल हुने निर्णय गरिएको छ।

एनआरएनए एनसीसी क्यानाडाको बैठकमा गत बिज्ञ भेला र क्षेत्रीय बैठकबारे समिक्षा लगायतका अन्य बिषयमा पनि छलफल र निर्णय भएको कुरा एनसीसी महासचिव पिताम्बर भट्टराईले जानकारी दिएका छन्। निशुल्क रजिस्ट्रेशन हुने सभाबारे थप जानकारी छिट्टै नै प्रकाशित गरिने कुरा समेत महासचिव भट्टराईले जानकारी दिए।