-एफएनजे युरोप सहसचिव तथा संपादक लामीछाने एनअरएनए स्पेनको महासचिवका उम्मेदवार

एफएनजे युरोप सहसचिव तथा संपादक लामीछाने एनअरएनए स्पेनको महासचिवका उम्मेदवार

Hollywood Khabar June 11,2021 Comments

स्पेन, युरोप, जुन १२, २०२१

राईटनेपाल स्पेनका संपादक तथा संचारकर्मी भोला लामिछानेले गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनअरएनए एनसीसी) स्पेनको २०२१-२०२३ कार्यकालको लागि महासचिवको लागि उम्मेदवार हुने घोषणा गरेका छन्।

उनि संचारकर्मी मात्र होइन एक सफल व्यवसायी एवं पत्रकार पनि हुन्। सुरुका दिनमा यूरोपमा रहेर नेपाली वेभ नामको अनलाइन प्रकाशन गर्दै सम्पादक बनेका लामिछाने हाल आफ्नै राइटनेपाल डटकाम चलाउँछन्। उसो त उनि नेपाल पत्रकार महासंघ यूरोप शाखा सदस्यबाट वर्तमान सहसचिवमा काम गरिरहेका छन्। २०१४ मा स्पेनमा पहिलो नेपाली रेडीयो स्पेन नेपाल स्थापना गर्ने संस्थापक सदस्य समेत हुन् उनि।

यो समय एनअरएनए एनसीसी स्पेनमा पनि सदस्यता संख्या बढेर गएको छ। एनअरएनए एनसीसीलाइ नयाँ सोच, पारदर्शी, सक्रिय, युवामुखी बनाएर लैजानको लागि बार्सिलोना निवासी स्याङ्गजाका भोला लामिछाने महासचिवका लागि आकांक्षी भएका हुन्। नेपालमा त्रिभुवन विश्वो बिद्यालय अनि बेलायतबाट बिजनेस स्टडीमा ग्राजुएट पढ़ाई पुरा गरेका लामिछाने बेलायत र स्पेनमा रहेका नेपाली समुदायबीच परिचित छन्।

गैरआवासीय नेपाली संघमा बेलायत रहँदै देखि २००९ मा आवद्द हुँदै आएका लामिछाने बेलायत पनि सामाजिक क्षेत्रमा सक्रिय थिए। बिशेष गरेर बिधार्थी र युवा क्षेत्र उनको रोजाइको बिषय थियो र छ पनि। त्यो बेला बेलायत आर्थिक मन्दीको चपेटामा परेको थियो, बेरोज़गारीहरूको संख्या ह्वात्तै बढेको थियो। बेलायत सरकारको टियर ४ योजना अन्तर्गत थुप्रै नेपाली बिधार्थीहरू उच्च शिक्षा हासील गर्न बेलायत हानीएका थिए। बेरोजगार नेपाली बिधार्थीहरूलाई रोजगारीमा संलग्न गराउन विभिन्न संघ-संस्था एवं व्यवसायीहरूसँग सम्पर्क गर्दै सहयोग गर्ने गर्दथे लामिछाने।

संघको २०१४ मा बार्सिलोनामा भएको यूरोप क्षेत्रीय भेला सफल बनाउन मिडिया संयोजकको भुमीका रहेका थिए। बार्सिलोना भेलाले काठमाडौमा शंखमुल पार्क निर्माण गर्ने योजना देखी स्पेनमा नेपाली दुताबास स्थापना गर्न पहल गर्ने घोषणा गरेको थियो। दुवै अभियान सफल भैसकेका छन्। यसमा उनि पनि सामेल थिए।

स्पेनमा रहेका नेपालीहरूका लागि थुप्रै समस्याहरूमा साथी बन्नेगरेका छन्। स्पेनको बार्सिलोनामा रहेको एनअरएनए एनसीसी स्पेनको कार्यालय स्थापनामा पनि उनको ठुलो योगदान रहेको छ। यसका अलावा लामिछाने क्षेत्री समाज स्पेन, स्याड्जा सहयोग समाज स्पेन, हामी नेपाली ग्लोबल लगायत स्पेनमा रहेका सबैजसो संघ-सस्थाहरुमा सहकार्य गर्दै आएका छन्। लामो समय देखि यूरोपमा रहेका गतिबीधीहरूमा संलग्न रहँदै आएका उनले स्पेनका नेपाली समुदायमा उल्लेखनीय आर्थिक, भोतिक, नैतीक सहयोग पनि गर्दै आएका छन्। बिगत १३ वर्ष देखी संघमा बाहीरबाटै सहयोग गर्दै आएका उनि यो पटक भने मैदानमा आएका छन्।