Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी युकेका अध्यक्ष उम्मेदवार प्रेम गाहाको संयोजनको टिम

-एनआरएनए एनसीसी युकेका अध्यक्ष उम्मेदवार प्रेम गाहाको संयोजनको टिम
0
shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) यूकेको आगामी कार्यकाल २०२१-२०२३ का लागि प्रेम गाहा मगरको एजेण्डामा सहमत अभियन्ताहरुले सबै पदमा उम्मेदवारी दर्ता गराएका छन्।

एनआरएनए एनसीसीको निर्वाचनमा कुनै आस्थाका नाममा प्यानल बनाउन नपाउने भएकाले एजेण्डामा सहमति जनाउनेहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन्। कार्ययोजनामा देखिएको सहमति अनुसार उम्मेदवारी दर्ता गराइएको उम्मेदवारहरुले बताए।निर्वाचित भएपछि कार्ययोजना कार्यान्वयनमा सहज हुने उनीहरुको विश्वास छ।

  1. अध्यक्ष प्रेम गाह मगर
  2. उपाध्यक्ष सुनीलबाबु खड्का
  3. उपाध्यक्ष मोहन कार्की
  4. उपाध्यक्ष नारायण कँडेल
  5. उपाध्यक्ष रामचन्द्र पोखरेल
  6. उपाध्यक्ष गोविन्द खरेल
  7. महिला उपाध्यक्ष शकुन्तला गुरुङ
  8. महासचिवमा खुसी लिम्बु
  9. सचिव विष्णु चालिसे
  10. सचिव ज्ञानेन्द्र आले
  11. महिला सचिव नम्रता घले
  12. कोषाध्यक्षमा विष्णु खरेल
  13. सहकोषाध्यक्ष शशांक शर्मा
  14. महिला संयोजकमा बिमला लिम्बु
  15. युवा संयोजकमा अनिल मल्ल
  16. सदस्य इन्दिरा (सपना) खनिया
  17. सदस्य विशाल राई
  18. सदस्य सुमन शर्मा
  19. सदस्य सुरेश परियार
  20. सदस्य हिरा (दीपक) सापकोटा
  21. सदस्य भिमलाल खनाल
  22. सदस्य चम्पा थापामगर
  23. सदस्य पदमबहादुर शाही
  24. सदस्य भानुभक्त घिमिरे
  25. सदस्य दिपक ढकाल
  26. सदस्य उपेन्द्र पौडेल
  27. सदस्य बालकृष्ण दाहाल
  28. सदस्य चेतबहादुर राना मगर

एनसीसी यूकेसँगै हुने निर्वाचन अन्तर्गत इङ्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्षमा लालबहादुर (एलबीजेड) गुरुङले उम्मेदवारी दिएका छन्। त्यस्तै, भक्त दर्जीले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा रामप्रसाद पन्थीले सचिव पदमा उम्मेदवारी दिएका छन्। सचिन भट्टराईले कोषाध्यक्ष र सरोज थापाले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। राज्य समन्वय परिषदको सदस्यमा सुरेन्द्र इङ्नाम र सुमन प्रसाद पन्तको उम्मेदवारी परेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि सोमबार साँझ आठ बजे सम्मको समय तोकिएको थियो। नयाँ कार्य समिति चयनका लागि यही ३१ जुलाईमा मतदान हुंदैछ। मतदान अनलाइन प्रक्रियाबाट हुने छ।निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहण भने १ अगष्टमा हुने जनाइएको छ।

ADVERTISEMENT-----