-एनआरएनए एनसीसी अमेरिकाले १६ सदस्य सल्लाहकारहरुको मनोनयन गर्यो

एनआरएनए एनसीसी अमेरिकाले १६ सदस्य सल्लाहकारहरुको मनोनयन गर्यो

Hollywood Khabar July 29,2021 Comments

प्रेस विज्ञति

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वयन परिषद् अमेरिकाको सल्लाहकार समितिमा १६ जना चयन हुनु भएको छ । एनआरएनए अमेरिकाको विधानको धारा ८२ बमोजिम संस्थाले आवश्यकता अनुसार सल्लाह र परामर्शका लागि १७ जनासम्मको सल्लाहकार समिति बनाउन सक्ने व्यवस्था गरेको छ । सोही प्रावधान अनुरूप एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षता जुलाई २४ तारिख २०२१ शनिवार बिहान बसेको कार्यसमितिको दोस्रो बैठकले सल्लाहकार समिति चयन गरेको हो ।

सल्लाहकार समितिमा:

  • १. गोविन्द श्रेष्ठ
  • २. डा. दामोदर पौडेल
  • ३. नारायण सोमनामे
  • ४. पवन योञ्जन
  • ५. वन्दना कोइराला
  • ६. वीरेन्द्रजङ के.सी
  • ७. वेद खरेल
  • ८. भगवान् मैनाली
  • ९ डा. भरत पोखरेल
  • १०.भीम कार्की
  • ११.मञ्जु संग्रौला
  • १२.रोशन ढुङ्गाना
  • १३.लोक चेम्जोङ
  • १४.सागर कँडेल
  • १५.सुवास घिमिरे
  • १६.ज्ञानेन्द्र कार्की

रहनु भएको छ ।

  1. सल्लाहकार समिति चयन सँगै एनआरएनए अमेरिकाको जुलाई २४ तारिख २०२१ शनिवार बसेको बैठकमा अरू थुप्रै महत्त्वपूर्ण विषयमा छलफल र निर्णयहरू भएका छन् । नेपाली नागरिकताको निरन्तरता, दोहोरो कर प्रणाली तथा नेपाल भ्रमण गर्दा लाग्ने प्रवेश शुल्क गैर आवासीय नेपालीका चासो र सरोकारका विषय हुन् । यस सम्बन्धमा आइसीसीसँग समन्वय गर्दै नेपाल सरकारसँग छलफल अगाडि बढाउन अध्यक्ष बुद्धि सागर सुवेदीको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।
  2. एनआरएनए अमेरिकाले दुई वर्ष बिचमा थालनी गर्न सक्ने दीर्घकालीन महत्वका थुप्रै कामका विषयमा छलफल गर्दै बैठकबाट पारित कार्य योजनाहरू अगाडि बढाउने निर्णय भएको छ । छोटो समयमा थालनी र समापन गर्न सकिने तात्कालिक कार्य योजनाहरुमा पनि बैठकमा छलफल र निर्णय भयो ।
  3. योजनाहरूको कार्यान्वयनका लागि संस्था आर्थिक रूपमा सबल सक्षम पारदर्शी हुनु पर्छ । यसका लागि कोषाध्यक्ष राजीव श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति गठन गर्ने निर्णय भएको छ । दीर्घकालीन महत्वका योजनाहरू मध्येको एक एनआरएनए अमेरिकाको भवन निर्माण प्रक्रिया दुई वर्ष बिचमा अगाडि बढाउने निर्णय भएको छ। यसका लागि आवश्यक श्रोत जुटाउन संस्थागत पहलको थालनी गर्ने निर्णय भएको छ । एनआरएनए अमेरिकाको सदस्यता शुल्कबाट उठेको रकमको २५ प्रतिशत आईसीसीमा जाने गरेको छ। यस वर्ष सो रकम नलिइदिन आग्रह गर्दै पत्र पठाउने निर्णय भएको छ ।
  4. एनआरएनए अमेरिकाको विधान बमोजिम च्याप्टरका लागि सबै प्रक्रिया पुरा भएका तर अहिलेसम्म दर्ता हुन नसकिरहेका च्याप्टरहरूलाई सम्बन्धित राज्यमा दर्ता गराउन सहयोग र प्रोत्साहित गर्ने। यसका लागि वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तको संयोजकत्वमा दर्ता प्रक्रिया सहयोग समिति गठन गरिने भएको छ।
  5. च्याप्टहरु नै एनआरएनए अमेरिकाका आधार हुन भन्ने बुझेर नेतृत्वमा आउनु भएका अध्यक्ष वुद्धि सागर सुवेदी च्याप्टहरुलाई बलियो र सक्षम बनाउँदै लाने पक्षमा हुनुहुन्छ । एनआरएनए अमेरिकाको सदस्यहरूबाट प्राप्त हुने सदस्यता शुल्क २० डलरको पच्चिस प्रतिशत अर्थात् ५ डलर सम्बन्धित च्याप्टरहरूलाई रकम निकासा गर्ने निर्णय भएको छ । यसका लागि च्याप्टरहरूले दर्ता लगायतका सम्पूर्ण प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ ।
  6. अमेरिकामा लामो समय देखि अध्ययन गरिरहेका विद्यार्थीहरू एनआरएनए अमेरिकामा आबद्ध हुन चाही रहनु भएको छ । सदस्य बन्न सक्ने व्यवस्था मिलाउन विद्यार्थीहरूले आग्रह गरिरहनु भएको छ । विद्यार्थीहरूलाई एनआरएनएमा सदस्यता दिलाउनको लागि विधि, विधान र नियमावलीमा रहेका व्यवधानहरूलाई हटाउन आइसीसीसँग समन्वय गर्दै आवश्यक पहल गर्न अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा समिति बनाउने निर्णय भएको छ ।

तोया दाहाल

प्रवक्ता

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका

मिति ०७–२९–२१