-विश्व बराल, प्रमुख निर्वाचन आयुक्त, एनआरएनए एनसीसी अमेरिका

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

Hollywood Khabar April 30,2021 Comments

हलिउडखबर, अप्रिल ३०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको नेतृत्वमा जान इच्छित भएर मनोनयन दर्ता गर्नेमध्ये दावी-बिरोधपछि भ्यालिडह भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगको आधिकारिक सूचना हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस:

https://www.nrnusa.org/media/election_document/Notice-15-Notice_on_Second_Candidate_list_publication.pdf

प्रकाशित उम्मेदवारहरुको बिस्तृत विवरण हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस:

https://www.nrnusa.org/media/election_document/Publish_Candidates-List_2.pdf

प्रकाशित लिष्टमा अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी रहेको छ। पहिलो लिष्टमा अध्यक्षमा ५, बरिष्ठ उपाध्यक्षमा ३ सहित विभिन्न पदका उम्मेदवारहरुको नाम प्रकाशित गरिएको थियो। तर यो पटक अध्यक्षका उम्मेदवारहरुको नाम प्रकाशित गरिएको छैन।

यस बिषयमा जिज्ञासा राख्दा निर्वाचन आयुक्त (प्रमुख) विश्व बरालले भन्नुभयो, अध्यक्षका उम्मेदवारमा दावी-बिरोध आएको छ। बिधानको ब्यबस्था र अन्य कानुनि परामर्शको लागि उनीहरुको नाम आज प्रकाशित नगरिएको हो। अध्यक्षका उम्मेवारको लागि पुरै निर्वाचन प्रभावित हुनु हुँदैन। त्यसैले आज अध्यक्षका उम्मेदवारहरु बाहेकको नाम प्रकाशित गरिएको हो। अध्यक्षका उम्मेदवारहरुको नाम भोलि मे १, २०२१ मा प्रकाशित गरिनेछ, प्रमुख आयुक्त बरालले भन्नुभयो।

स्मरण रहोस यो पटकको लागि एनसीसी अमेरिकाका २० हजार १ सय ३९ जना मतदाताहरु रहेका छन्। अब उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिने समय सुरु भएको छ। मे ३, २०२१ साँझ ५:०० बजे (पूर्वीय समय) सम्ममा उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको फर्म बुझाइ सक्नुपर्नेछ। उम्मेदवारी फिर्ता लिनेको शुल्क भने फिर्ता हुनेछैन संस्थाको कोषमा जानेछ। उम्मेदवारहरुको अन्तिम नामावली भने मे ८, २०२१ मा प्रकाशित गरिनेछ।

उम्मेद्वारी फिर्ता लिने फर्मको लिंक:

https://www.nrnusa.org/media/election_document/NRNA_NCC-USA_Election_Candidacy_Withdrawal_Form.pdf

संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ