Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी युकेको युवा संयोजकमा तिर्थ मल्ल उम्मेदवार

-एनआरएनए एनसीसी युकेको युवा संयोजकमा तिर्थ मल्ल उम्मेदवार
0
shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्व परिषद (एनआरएनए एनसीसी) यूकेको युवा संयोजक पदमा युवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) ले उम्मेदवारी दर्ता गराएका छन्।

जुलाईको ३१ का लागि निर्धारित एनआरएन यूकेको निर्वाचनका उनले सो पदमा उम्मेद्वारी दर्ता गरेका हुन्। एनआरएनए एनसीसी जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगण्यजस्तै छ। संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ- अनिलले भन्छन् ।

कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। एनआरएनए एनसीसी होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन्।

उनी हाल मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आएका छन्। युवाहरुको माझ लोकप्रिय अनिल युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय लिएका अनिलसंग केही भिजन र कार्ययोजना छन्।

बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन प्लेटफर्म उपयोग गर्ने लक्ष्य उनीसंग छ। विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए।

ADVERTISEMENT-----