-एनआरएनए एनसीसी अमेरिकाको चुनाव, AGM तोकिएकै समयमा हुने, बिस्तृतमा

एनआरएनए एनसीसी अमेरिकाको चुनाव, AGM तोकिएकै समयमा हुने, बिस्तृतमा

Hollywood Khabar April 13,2021 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल १३, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन र बोलाइएको अधिवेशन तोकिएकै समयमा हुने भएको छ।

बिचमा यस संबन्धि केहि बिचौलिया र संघको बिधि-बिधान नबुझेका व्यक्तिहरुले अनावश्यक हल्ला फैलाएका थिए। तर पनि संस्थाको एउटा सिष्टम र विधिमा जाने, नियमितता दिने कुरालाई नजर अन्दाज गर्न सकिन्नथियो। सुरु गरिएको संस्थाको गतिबिधि निर्धारित समयमा नै भएर जानुपर्छ, हुन्छ अनि हुनेभएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको सुझ-बुझ र सहजताका कारण नै एनसीसी अमेरिकाको निर्वाचन र अधिवेशन निर्धारित समयमा हुने भएको छ।

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन र अधिवेशनको कार्यतालिका २०२१

  • अप्रिल ३, २०२१ निर्वाचन संबन्धि कार्यतालिका प्रकाशन
  • अप्रिल ६, २०२१ मतदाताको लिष्ट कार्य समितिबाट ग्रहण गर्ने
  • अप्रिल १०, २०२१ मतदाताको पहिलो लिष्ट प्रकाशन। मतदाताको दावी-बिरोध सुरु
  • अप्रिल १३, २०२१ मतदाताहरुको दावी बिरोध ५:०० बजे पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
  • अप्रिल १८, २०२१ मतदाताको अन्तिम लिष्ट प्रकाशन
  • अप्रिल १९-२०, २०२१ उम्मेदवारहरुको मनोनयन, अप्रिल २० को ११:५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
  • अप्रिल २५, २०२१ उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशन
  • अप्रिल २६, २०२१ उम्मेदवारहरुप्रति दावी-बिरोध, ११:५९ पूर्वीय समय सम्म प्राप्त भैसक्नु पर्ने
  • अप्रिल ३०, २०२१ उम्मेदवारहरुको लिष्ट प्रकाशन
  • मे ३, २०२१ उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने, ५:०० बजे सम्म, पूर्वीय समय
  • मे ८, २०२१ उम्मेदवारहरुको अन्तिम नमावली प्रकाशन
  • मे २९-३०, २०२१ निर्वाचन, दोश्रो दिनको ११:५९ पुर्बिय समय सम्म
  • मे ३१, २०२१ निर्वाचनको नतिजा प्रकाशन
  • जुलाई ३, २०२१ अधिवेशन, निर्वाचनबाट निर्वाचितहरुलाई सर्टिफिकेट वितरण, सपथ ग्रहण, टेकओभर र ह्याण्ड ओभर समारोह।