-एनआरएनए अमेरिकाको प्रतिनिधि चयन तत्काल रोकियो, वर्तमान कार्यसमिति पूर्वाग्रही

एनआरएनए अमेरिकाको प्रतिनिधि चयन तत्काल रोकियो, वर्तमान कार्यसमिति पूर्वाग्रही

Hollywood Khabar June 27,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाबाट अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्न तयारी भएको निर्वाचन प्रक्रिया अन्तिम समयमा आएर रोकिएको छ।

एनआरएनए एनसीसी राष्ट्रिय निर्वाचन आयोगद्वारा जुन २७, २०२१ राति पठाइएको विज्ञप्तिमा निर्वाचन तत्काल अर्को सूचना नभए सम्मका लागि रोकिएको जनाइएको छ। निर्वाचन अब कहिले हुन्छ त्यो भनिएको छैन।

निर्वाचन संबन्धि आयोग र अन्य धेरैजनासँग बुझ्दा वर्तमान कार्यसमितिले निर्वाचन संबन्धि कुनै पनि सूचना आम मतदाता समक्ष सम्प्रेषण गरेन रोकेर राख्यो।

  1. एनआरएनए एनसीसी अमेरिकाको सुनील साहको कमिटी बिघटन गर्ने अन्तराष्ट्रिय परिषदका केहि जिम्मेवार व्यक्तिहरुको योजना असफल हुनु, चुनाव रोक्न, सार्न या बिथोल्न अदालत समेत पुगेर पनि असफल हुनु, विवादित गर्न पनि असफल भएपछि संघका महासचिव हेमराज शर्मा र सचिव गौरी जोशीको योजना प्रतिनिधि चयनमा पुगेर अड्किएको थियो।
  2. त्यसमा पनि प्रजातान्त्रिक रुपमा चुनाव रोक्न एउटा कमिटी बनाउने र त्यसलाई विवादित गर्ने काम व्यक्तिगत उर्दी वर्तमान कार्यसमितिलाइ गराए। सुनील साहको नेतृत्वले पनि त्यसै गर्यो। आफ्नै निम्मेवारीलाइ यसरी कार्यसमिती आफैंले विवादित बनायो।
  3. आयोगले पठाएका निर्वाचनका सूचना प्रेसलाइ पुग्ने तर कार्यसमितिले सम्प्रेषण नगर्ने जस्ता अहत्कण्डा गरे।
  4. विगतमा एनसीसी अमेरिकालाई तिनै व्यक्तिबाट भएको कुरा बिर्सेर गुलियोमा भुलेका अध्यक्ष सुनील साह पनि सबै बिर्सेर उसै-उसै पुतली बनेर लागे। अन्तत, भाग्यमा राम्रो रेकर्ड हुने अवस्था आएता पनि असफल रेकर्डमा दर्जिने भए।
  5. अमेरिकाका ५० राज्य मध्ये राज्य च्याप्टरमा निर्वाचित भएका २९ राज्यबाट १/१ गरि २९ जना र १८ जना प्रतिनिधिमा पुगेर उनीहरुको रुद्री घण्टी रोकियो।
  6. भनिएको २५% प्रतिनिधि ४७ जनामा जम्मा २ जना मात्र प्रतिनिधि हुने स्थिति बुझेपछि ओदान टिमले चुनाव नै रोक्न लगाए। यसका सुसाइड गोलकर्ता भनौं या भष्माशुर भनौं अध्यक्ष सुनील साह भए।
  7. सबैलाई थाहा भएको कुरा हो, उपाध्यक्ष डा बद्रि के सी, महासचिव हेमराज शर्मा र सचिव गौरी जोशीको त्रिशंकु अर्थात ओदान स्वरुपको समूहलाइ जसरी पनि चुनाव जित्नु थियो। नभए बाधा हाल्नुथियो। त्यसका लागि अमेरिका बाधा बनेकाले पाखा लगाउनु थियो। त्यो सफल नभएपछि व्यक्तिहरु टिपेर मनोनित गर्ने योजान बनाइयो र बलिको बोका बनाइयो अध्यक्ष साह।
  8. तर यो चुनाव रोक्ने योजनाले ओदान समूहलाइ आधा दर्जन भन्दा धेरै प्रत्यक्ष घाटा भयो।
    • प्रजातान्त्रिक प्रणालीको बर्खिलापमा गएको कारण संघभित्र सधैंको लागि दाग लगाउनेमा दर्जित भए।
    • प्रतिनिधि चयन गर्न एनसीसीहरुलाई एउटा सदस्यताका आधारमा समानुपातिक संख्या मात्र दिने तर चयन बिधि एनसीसी आफैंले बनाउनु पर्नेमा आइसीसीले ज्यादै चासो देखायो।
    • अमेरिकाको बिधानले दिएको प्रतिनिधि हुने राज्य च्याप्टरको अधिकारमा रोकावट गरेको, उनीहरुको अधिकार खोस्ने प्रयास गरेकको र खोसेकाले हाल भएका २९ वटा राज्य च्याप्टर र भविश्व्यामा बन्ने राज्य च्याप्टर समेत विपक्षमा हुने भए।
    • अमेरिकाका प्रतिनिधिले अगाडी जतिसुकै हुन्छ भनेपनि हालको ६५% को लिष्टबाट हेर्दा करिब ७०/८०% ले ओदान समूहलाइ मत दिने र दिनुपर्ने स्थिति देखिएन।
    • बिधान र सिष्टमलाइ नै अपहेलित रुपमा खेलेका कारण यसको असर र लडाइ दिर्घकालिन रुपमा पर्ने निश्चित छ।
    • जे सुकै भनेपनि यसमा देब्रेपंथी शक्तिको चलखेल बढेकाले कांग्रेस जनहरुको ध्रुवीकरण बढ्नमा सजिलै बल पुर्यायो। यदि यसैगरि अन्य देशमा पनि उनीहरु गएभने ८३ देशका प्रतिनिधि जसरी छानेपनि कांग्रेस समर्थक धेरै पर्नेवाला छन्।उनीहरु एकातिर भएको खण्डमा ओदान समूहमा चुलो जल्ने छैन। उसैपनि गत निर्वाचनमा त्यो नारा चलेकै थियो।
  9. जुलाई ३ पछि या त्यो भन्दा पहिला नै निवर्तमान हुने सुनील साहको कार्यसमिति इमोशनमा केहिदिनमा चल्ला तर इमोशन नै समाप्त पछिको अवस्थामा उनीहरु एक्लिनेछन्। ओदान समुहले उनीहरुलाई अबको ठीक एक हप्तामा लात मार्नेछन।
  10. संसारमा कतै पनि यस्तो मिचाहा भएको छैन केवल अमेरिकामा मात्र भएको हो। अमेरिकाले विश्वोमा यो हर्कतको लागि एडभोकेसी गर्न पहल गर्यो भने, जोशीले ओदानबाट चौका मर्नेछन।अनि अरुको त थाहा भएन हेमराज शर्माले भने पत्लिगल्लि हान्नुपर्ने हुन्छ।
  11. क्यानाडामा पंजीकृत सदस्यले पदाधिकारीलाई मत दिन पाउँदैनन। त्यो आवाज दबाइएको छ। त्यहाँ आइसीसीको बिधानले बोल्न नमिल्ने अनि अमेरिकामा लिखा समेत केलाउने किन भन्ने जवाफ खोज्नु आवश्यक भएको छ।
  12. यहि प्रतिनिधि चयन र निर्वाचन प्रणाली नै आगामी अक्टुवरको लागि चुनावी प्रमुख मुद्धा हुने पक्का छ।
  13. संभवत अमेरिकाले नेपाल सरकारको परराष्ट्र मन्त्रलाय र परेमा सर्वोच्च अदालतमा पनि संघको बिधान २०२१ बिधि पुर्वक नआएको कारण रोकिदिन माग गर्न सक्छ। स्मरणीय कुरा संघको जनवरी २०२१ को बिशेष महाधिवेशनमा कोरम पुगेको थिएन। संघको तत्कालिन २०१७ को बिधान संसोधन गर्ने बिधि बिधानसभाबाट गणपुरक रुपमा पारित भएर आएपछि (बिशेष) महाधिवेशनमा दुइ-तिहाइले पारित गर्नुपर्ने बिधि गरिएको छैन।
  14. बिशेष महाधिवेशन जुममा गरिएको। सो जुमहल अधिवेशनमा २५०० भन्दा धेरै प्रतिनिधि थिए तर जुमको हल क्षमता चाहिं ३०० जनाको मात्र थियो। के यति प्रमाण नै अदालतको लागि काफी भएन र ?
  15. अर्को धाराप; प्रशाशनबाट अध्ययन र प्रक्रिया पुरा गरेर सदर या बदर भनेर आउनु पर्ने बिधान परराष्ट्र मन्त्रीको तोक आदेशले आएको छ। नेपालमा एउटा मन्त्रीले गरेको निर्णय अर्को मन्त्रीले उल्टाउने अवस्था सजिलै हुन्छ। तर पशाशनको कुरा उल्त्टाउने संभावना एकदम कम हुन्थ्यो या हुँदैनथियो। यदि नेपालको संसद पुनर्स्थापना भयो र परराष्ट्रीमन्त्री नयाँ आएमा संघको २०२१ को बिधान बिधि नपुगेका कारण मन्त्रीबट नै बदर हुनेछ। नभए अदालतबाट यो कुरा जो कसैले पनि सजिलै बुझ्न सक्छ।
  16. अन्तमा; यो पटकको अक्टुवर चुनाव सहज र सजिलो हुने अवस्था बनेन।

निर्वाचन आयोगको सूचना

जुन २७, २०२१

अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगन गरिएको बारे प्रेस बिज्ञप्ति

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, महासचिब हेमराज शर्मा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनील साहको अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन रोक्न गर्नु भएको पत्र साथै इमेल प्राप्त भएकोले सोहि आधारमा हाललाई अर्को सुचना जारी नभए सम्मका लागि अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगन गरिएको जानकारी गरिन्छ।

बाशु फुलारा

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

एनआरएनएसंग संबन्धित लेखन

 

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एउटा मात्र राम्रो काम गर, खुकुरी ताक्नु पर्दैन दुनियाँले प्रशंसा गर्छन

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

गैरआवासीय नेपाली संघ बिशेष महाधिवेशन:प्रतिनिधि संबन्धि कुरा र नमिलेका कुरा

एनआरएनहरुको नाम जोडेर नेपालमा लगानी गर्दा ५% संघलाइ दिनुपर्छ, उपाध्यक्ष लामा

एनआरएनए रुपान्तरण-५, बिशेष महाधिवेशनको विवाद र विकल्प सहित
एनआरएनए एनसिसी अमेरिका:सदस्यता लिने-नवीकरण गर्ने गतिसँगै निश्चित नभएको MIS

गैरआवासीय नेपाली संघमा रुपान्तरण: ३, २१ सदस्य कार्यकारी सचिवालय

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरुको पुन:ब्याख्य गर्ने बेला भयो

गैरआवासीय नेपाली संघ:अध्यक्ष पन्तको ११ महिना र प्रतिज्ञा गरिएका २० कार्ययोजना सूची

गैरआवासीय नेपाली संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र प्रतिवेदन मतदान:बिस्तृतमा

एनआरएनएको सदस्यता निशुल्क गर्ने १० कारण र निर्वाचन संबन्धि नयाँ नीति:अध्यक्ष पन्त

एनआरएनए महाधिवेशनका प्रतिनिधि संबन्धि नयाँ नीति ल्याइने

एनआरएनए आइसीसीको ७४ औं बैठक सदस्यता, प्रतिनिधि र अनलाइन भोटिङ्बारे निर्णय गर्दै सम्पन्न

एनआरएनएमा आधा दर्जन देशले धानिदिएको संघको च्यारिटी र त्यसैमा अल्झिएको संघ

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

एनआरएनएको बिशेष महाअधिवेशनको आगामी जनवरी २३-२४, २०२१ मा हुने

एनआरएनए आइसिसको ७५ औं बैठक, डिसेम्बर १ देखि एमआइएसमा सदस्यता वितरण हुने

एनआरएनएमा आधा दर्जन देशले धानिदिएको संघको च्यारिटी र त्यसैमा अल्झिएको संघ

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरुको पुन:ब्याख्य गर्ने बेला भयो