-एनअरएनए अमेरिकाको सहयोग हस्तान्तरण रोक्न, सचिव, महासचिव मात्र होइन अध्यक्ष पन्त सम्म

एनअरएनए अमेरिकाको सहयोग हस्तान्तरण रोक्न, सचिव, महासचिव मात्र होइन अध्यक्ष पन्त सम्म

Hollywood Khabar August 31,2021 Comments

काठमाण्डौ, सेप्टेम्बर १, २०२१

गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) अमेरिकाले नेपाल सरकारलाई स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ।

बुधबार काठमाण्डौ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको कार्यकक्षमा आयोजित एक कार्यक्रममा एनअरएनए एनसीसी अमेरिकाले पठाएको स्वास्थ्य सामग्री तथा उपकरण बुझाएको छ। सहयोग साम्रग्री हस्तान्तरण एनअरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले गर्नुभयको हो।

स्वास्थ्य उपकरण बुझ्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री तथा उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट एनआरएनए एनसीसी अमेरिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

हस्तान्तरण गरिएका सामग्रीहरुमा अक्सिजन कन्सनटेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप-डाउन ट्रास्फरमर २६ थान, परिमाणमा एन ९५ मास्क ठुलो परिणाममा, केएन ९५ मास्क २,१०८ बक्स, फेस सिल्ड ठुलो परिणाममा, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० केश, ठुलो परिमाणमा स्वाव टेस्टर, सी प्याप उपकरण १५ बक्स लगायत रहेका छन्।

हस्तान्तरण कार्यक्रममा एनअरएनए आइसीसी उपाध्यक्ष सोनाम लामा, आइसीसी सल्लाहकार कुल आचार्य, एनअरएनए एनसीसी अध्यक्ष बुद्धि सुवेदी, प्रमुख संरक्षक डा केशव पौडेल, एनअरएनए एनसीसी सचिव अनुप खनाल, सल्लाहकर बेद खरेल, अमेरिकाबाट नेपाल पुगेका पुर्णचन्द्र बानिया, एनआएनाए आइसीसीकी पुर्व एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङ, एनआराएनए एनसिसी अमेरिकाका सल्लाकार वेद खरेल, एनअरएनए एनसीसी क्यानाडाका तुला भट्चन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा सबैलाई धन्यवाद र नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठलाइ सो कार्यक्रम सहज गरिदिनुभएकोमा आभार प्रकट गर्नुभयो।

स्मरणीय कुरा, सो सहयोग गर्नु हुँदैन, मन्त्रालयले बुझ्नु हुँदैन भनेर गैरआवसीय नेपाली संघका सचिव गौरी जोशीले इमेल लेखेका लेख्नु भएको थियो। यसबाट आफूहरुलाइ चुनावी असर पर्ने भनेर संघका महासचिव डा हेमराज शर्माले अफिस कर्मचारीलाइ सो कार्यक्रममा नजान निर्देशन दिनुभएको हो। अध्यक्ष कुमार पन्तलाइ महासचिव र सचिव दुवैले दवाव दिएर मन्त्रालय, अमेरिकी दुतावास लगायतमा फोन गराएर हस्तान्तरण नगर्न बताएको सुनिएको छ।

५ वटा अक्सिजनका खाली सिलिण्डर पठाउँदा प्रेस बक्तब्य निकाल्ने एनआरएनए आइसीसीले यति धेरै ठुलो परिमाणमा अमेरिकी सेनाको जहाजले मानवीय सेवा स्वरुप पुर्याईदिएको सहयोग लिन रोक्नुपर्ने कारण के हो ? सो हस्तान्तरण रोक्न यसरी जीवन मरणको शक्ति खर्च गर्नुको पछाडी चुनावी हत्कण्डा नै हो। आखिर किन ?

यो त्यहि केपी ओलीको समूह हो जसले उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा नानाथरीका स्टाटस लेखेका थिए। यसबाट दुनियाँले थाहा पाउनुपर्यो कि नेपालमा सहयोग गर्छौं भन्नेहरुको थुतुनो जाती र मन धेरै पापी रहेछ भन्ने कुरा। सबैले जानकारी पाउनुपर्यो- सो रोक्ने मध्येका धेरै व्यक्तिहरु अहिले उम्मेदवार हामीसँगै भएर भोट माग्दैछन।