-अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेलाइ आफ्नैले तिरक्सार गरे, २ दर्जन कुरा बिस्तृतमा

अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेलाइ आफ्नैले तिरक्सार गरे, २ दर्जन कुरा बिस्तृतमा

Hollywood Khabar May 13,2021 Comments

हलिउडखबर, मे १३, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा अध्यक्षका ४ उम्मेदवार मध्ये एक कृष्ण लामीछानेका विगतका कर्तुत र बैगुनी बानीको सकुनी पासा खुल्दै गएको छ। त्यो सबै देखेर उनको पछि लागेर आफ्नो संभावना पनि गुम्ने कुरा बुझेर उनिसँग सहकार्य गर्न गएका अरु उम्मेदवारहरुले जुम्राले मुर्दा छोडे जस्तो लामिछानेलाइ छाड्न थालेका छन्। जब भित्रैकाले छोड्छन तब ब्यक्तिको हैसियत बाहिर आउँछ। अब लामिछानेको खुट्टिको चाल देखिन थालेको छ।

सधैं एउटा गुट जमिरहनको लागि एनआरएनए एउटा राजनैतिक पार्टी होइन। यसको चुनावी प्रक्रियामा उम्मेदवारहरु मध्ये लाइक माइण्डेडहरु समीकरण र इनकम्पाटिबलहरु ध्रुवीकरण हुँदै जान्छन। चुनावमा सहकार्य गर्नु सामान्य कुरा हो। त्यसको पनि एउटा सामान्य बिधि र कारण हुन्छ। तर अध्यक्षका उम्मेदवार लामिछानेले पछिल्लो ३० दिनमा बोलेका कुरा ट्रयाक गर्दा दैनिक अष्ठबक्र रेखामा गएको छ। उनको बिकृति र कर्तुतको इतिहास जानेपछि उनकै प्यानलमा रहेका उम्मेदवारहरुले उनैलाई तिरस्कार गर्न थालेका छन्।

बिस्तृतमा:

  1. अध्यक्षका उम्मेदवार लामिछानेले पहिला अमेरिकाको सम्पूर्ण सदस्यको विवरण, आइडी र आइपी एड्रेश सहित आफूलाई बुझाउनु पर्ने माग राखे
  2. फेरी चुनाव गर्नु हुन्न बिशेष अधिवेशन चाहिन्छ भनेर डंकापिटे, जबकी त्यो भन्दा महिनौं पहिला एनसीसी अमेरिकाले नियमित महाधिवेशन जुलाई ३, २०२१ मा बोलाएको छ।
  3. अनि केहि नलागेर चुनाव पछि सार्नुपर्छ भनेर बक्तब्य बाजी नै गरे। उनका मालिक अन्तराष्ट्रिय परिषदका महासचिव डा हेम राज शर्मालाइ अनुनय बिनय गरे। तर चुनाव सार्ने कारण के हो त भनेर प्रश्न गर्दा, अन्तराष्ट्रिय परिषदका महासचिव डा शर्मालाई सोध्नुपर्छ भन्थे। उनको त्यो कुराले केहि दिन पनि तुक पाएन।
  4. त्यसको केहि दिनपछि उनले फेरी कुरा फेरेर अमेरिकामा चुनाब नै गर्नुहुन् भने। यतिमात्र होइन एनसीसी अमेरिकालाई बिघटन गरेर आफूलाई एडहक कमिटी सयोजक बनाउन माग पनि राखे।
  5. संघले बनाएको लाप्राक नमुना बस्ति हस्तान्तरण रोक्न साम, दाम र दण्ड-भेद सम्मको रोल खेले। त्यो कुरा त अन्तराष्ट्रिय परिषद सचिवालयका कार्यकारीहरुलाइ धेरै थाहा छ।
  6. हाल लामिछानेको टिममा सबैभन्दा छुद्र भनेको महासचिवका उम्मेदवार बिनोद भट्ट रहेका छन्। उनैका कारण लामिछानेको साख झन् गिर्दै गएको छ। उनका टिमका कुनै पनि उम्मेदवारलाइ कहाँ-कता गयो भनेर हकार्छन तर आफू भने दुलोमा बस्छन र खुरापतिका गठजोड गर्छन। कहिले तिलक के सीसँग २/२ पटक मिटिङ्ग गरेर उनको महासचिव पाउने धाउन जान्थे त कहिले बन्जाडेकोमा। केहि पहिला क्यालिफोर्निया आउँदा जनसम्पर्क नेता धनन्जय के सीसँग देव ओली र बिजय चौधरीको लागि भागबण्डाको तामा तुलसी गरेर सुनपानी अचाएको कुरा त बाहिर नै आएको हो। भट्टकै कारण लामिछानेको टिममा बढी आतंक मच्चिएको कुरा उम्मेदवारहरु स्वयं बताउँछन्। अन्तमा पुग्दा बिनोद भट्ट उनका स्पन्सरले जता भन्यो उतै थन्किए। अझै मे २८ सम्म पुग्दा उनलाइ स्पन्सरले फेरी तिलक के सीमा पुर्याएर गर्ल्याम्म पार्ने पूर्वानुमान पनि आएको छ।
  7. अध्यक्षका उम्मेदवार लामिछानेका पछाडी लागेका उम्मेदवारहरु हाल आएर पछुताउन थालेका छन्। पदाधिकारी र अन्य पदका ७ जनाले मे ११, १२, र १३ मा गरी हलिउडखबरसंग फोन गरेर अध्यक्षका उम्मेदवार लामीछानेले मानसिक तनाव दिन थालेको बताएका छन्। भोट पनि को-कोसँग मात्र माग्ने निर्देशन दिन्छन। अन्य कार्यक्रममा गएमा स्पन्सरमा महासचिवको उम्मेदवार भएका बिनोद भट्टले चुक्ली हान्छन र मिटिङ्गमा नै दिनुसम्म गाली दिन्छन। त्यसैले हलिउडखबरले आयोजना गरेको उम्मेदवारहरुको कार्यक्रममा आफूलाइ बिनोद भट्ट र लामीछाने दुबैले आउन नदिएको कुरा ७/८ जना उम्मेदवारले फोन गरेर माफी माग्दै बताए।
  8. झुक्याएर टिममा उदारो आश्वाशन दिएर ल्याएका आइसीसी सदस्यका उम्मेदवारहरुले आफूलाई सबैको मैदानमा जाने साझा उम्मेदवार भनेर अध्यक्षका उम्मेदवार लामिछानेलाई छोडिसकेका छन्।
  9. धेरै उम्मेदवारहरु कोहि बलिया दावेदार मानिएका बुद्धि सुबेदीतिर, कोहि सोझा भन्ने गरिएका डा अर्जुन बन्जाडेतिर त कोही लामिछान्ने भन्दा बरु राजनैतिक कुलगोत्र मिल्ने यिनै ठिक्क भन्दै तिलक के सीतिर देवाली मनाउन लागेका छन्।
  10. अध्यक्षका अर्का उम्मेदवार बुद्धि सुबेदीले अन्य पदका सबै उम्मेदवारलाइ आफ्नो कार्यक्रममा आएर मत माग्न स्थान खुल्ला गर्दछन। डा बन्जाडेको पनि धेरै ठाउँमा त्यस्तै प्रयोग देखिएको छ। तर लामिछानेको भने अन्त गएको खण्डमा ठिक हुँदैन भन्दै हकार्ने गर्छन। अरुसंग सहकार्य गर्ने उम्मेदवारहरुलाइ त पटक्कै स्थान दिंदैनन भन्छन अन्य उम्मेदवारहरु।
  11. त्यसैले गर्दा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा आयोजना गर्ने भनेको लामीछानेको चुनावी कार्यक्रम होष्ट गर्ने व्यक्ति नै नपाउँदा क्यान्सिल भएको सुनिएको छ।
  12. नेपालको बाम राजनीतिसँग घनिष्ठ निर्देशन लिने देब्रेपंथीहरुको बुइ चडेर आएका लामीछानेलाइ तिनै देब्रेपंथीहरुले बिचैमा छाडेर तिलक के सीको कार्यक्रम आयोजना गर्न थालेका छन्। विगतमा गौरी जोशीका कारण लामिछानेको सपोर्टमा लागेका धेरैजना व्यक्ति र उम्मेदवारहरु नै तिलक के सीतिर गएका छन्। यो गति पछिल्लो ४ दिनमा तिब्र गतिमा बढेको छ। मे १२, साँझ बसेको देब्रेपंथी नेटवर्क बैठकका सहभागीले दिएको जानकारी अनुसार लामिछानेलाइ भन्दा राजकुलोको मुहान मिल्ने हुनाले तिलक के सीतिर बग्ने सहमति भएको छ।
  13. अर्को रहश्यको कुरा, संघको अन्तराष्ट्रिय उपाध्यक्ष डा बद्रि के सी र महासचिव डा हेम राज शर्मा समेत उपस्थित भएको २४ भन्दा धेरै देशका देब्रेपंथीहरुको किचेन-क्याबिनेट बैठकमा सचिव गौरी जोशीले अमेरिकामा देब्रेपंथी बलियो हुँदै गएको र लामीछानेलाइ पुन:विचार गर्नुपर्ने कुरा राखेको कुरा युरोपका एक सहभागीले बताए। त्यसको मतलब उनीहरु लामिछानेलाइ बिचमा नै छाडेर तिलक के सीतिर दौडिने योजना गरेको कुराको प्रमाण हो। यसको संकेत गत महिना अध्यक्षका उम्मेदवार के सीले गौरी जोशीको सपोर्ट आफूलाई हुने कुरा गरेका थिए। त्यसका लागि टेक्ससमा बैठक पनि बसेको छ, भिम कार्की लगाएतले जोड पनि गरेको खबर आएको छ।
  14. कारण यति मात्र होइन, अध्यक्षका उम्मेदवार लामिछानेको बानि भनेको जोसँग संगत गर्यो त्यको शिर काट्ने हो। हाइनाले जस्तो पछाडिबाट लुतो कन्याएको जस्तो गरेर आन्द्रा खाने बानी छ उनको। नेपाली जनसम्पर्क समितिको इतिहासमा उनले हरेक पटक त्यसै हाइना प्रवृति गरेका छन्। पहिलो पटक निर्वाचित सभापति डा सुरेन्द्र देवकोटालाइ अनुनय बिनय गरेर नियुक्ति खाए। अनि उनै देवकोटालाइ पजनी गर्न आनन्द बिष्टसंग मिलेर कटप्पाको रोल गरे। यसमा कुनै फेब्रिकेशन गरिएको छैन इतिहास साछी छ।
  15. जनसम्पर्क समितिकै अर्को पाटो, २०१४ मा टेक्ससमा भएको एकताको दोश्रो अधिवेशनमा तत्कालिन संस्थापन पक्षका उम्मेदवार बिष्णु सुबेदीलाइ हराउन लामिछानेले प्रमुख भूमिका खेले। त्यहि हिसाब चुक्ता गर्न बिष्णु सुबेदी अहिले लामिछानेसँगै घुमेका छन्। स्मरण रहोस उनको यो साथ सपोर्ट गर्न होइन, नतिजा उल्टो गर्न हो। संयोग पनि कस्तो जुरेको टेकससको बदला टेकससमै, अध्यक्षको बदला अध्यक्षमै।
  16. गत बर्ष नेपाली जनसम्पर्क समिति अमेरिकाको दर्ता र TIN नम्बर आफूले रिन्यू गर्दै गरेको र त्यसलाई टेकओभर गर्न घननजय के सीलाइ जुम-भिडियोमा बोलेका लामिछानेले त्यसको केहि दिनमा नै सो नम्बर आनन्द बिष्टलाइ बेचेछन्। बिष्टले त्यसलाई नै प्रयोग गरेर ट्याक्स फाइल गरे।
  17. सबै जसो संस्थामा पुराकाम नगर्ने बानि परेका अध्यक्षका उम्मेदवार लामिछानेले लायन्स क्लब जस्तो छोटो अबधिको विवाद कम हुने सँस्थामा पनि आफूले भनेको जस्तो काइदा नहुने भएकाले बिचमा नै छोडे। जुन कुरा लायन्समा बिरलै हुनेगर्छ।
  18. नेपाली समाज टेक्सस (NST) को अध्यक्षको पद बिचमा नै छोडेर, बेहाल बनाएर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वया परिषद अमेरिकाको बोर्ड सदस्यमा उम्मेदवार हुन हाम फाले। NST सँस्था नै बिचल्लीमा छोडिदिए। भनिए अनुसार ३ लाख डलर जतिको हाराहारीमा रहेको NST को फन्ड नेपालका के के ठाउँमा दान दिएको भन्दै NST लाइ टाट पल्ट्याए। त्यो सबै खर्चमा देखाएर घोटाला गरको आरोप त सोहि NST का अन्य पक्षले बताएकै हुन्। हुन पनि आफूले घोटाला गरेको देखिने भएपछि NST को पुरानो खाताको रकम आफूतिर लगेर नयाँ खाता खोलेर नयाँ नेतृत्व आएको ३ महिनापछि रित्तो खाता हस्तान्तारण गरेको आरोप छ। अझै पनि लामिछानेको पालाको ७० हजार डलर भन्दा धेरैको हिसाब मिलेको छैन भन्छन सो सँस्थाका पदाधिकारीहरु।
  19. आफू एनआरएनमा गएपछि NST का तत्कालिन उपाध्यक्ष कमल सापकोटालाइ अध्यक्ष बनाउन्छु भनेर आश्वाशन दिए तर सदस्यता नै खोल्न सकेनन। नेतृत्व बिहिन बनाएर बिचमा-बिचल्लीमा छोडे। अन्तमा सुमन थापाले निर्बिरोध नेतृत्व लिनुपर्यो। सुमन थापाले आफ्नो पर्श्नल चेकबाट अध्यक्षका उम्मेदवार लामिछानेको बेरुजुको हिसाब फर्च्योट गर्नुपरेको कुरा हालको एनएसटी नेतृत्व बताउँ छ। सुमन थापा तिनै हिम्मत र दिलदार व्यक्ति हुन् जो हाल बुद्धि सुबेदीका टिममा उपाध्यक्षका उम्मेदवार रहेका छन्।
  20. अध्यक्षका उम्मेदवार लामिछानेको अर्को बेजोडको कुरा, एनएसटीको नेपाली भाषाको किताबलाइ एनआरएनए एनसीसी अमेरिकामा आफू कार्यसमितिमा हुँदा नै भाषाको किताब प्रकाशन गर्न भनेर सोहि कपि बुझाएर भुक्तानी पनि लिएको आरोप छ। अहिले संघको अन्तराष्ट्रिय परिषदको भाषा कमिटीमा पनि उनले सोहि किताब देखाएर जालो फिंजाउँदै छन्। खोज्दै जाँदा त्यो नेपाली भाषाको पुस्तक त मुरली अधिकारीले एनएसटीको लागि तयार पारेको कुरा पाइयो।
  21. गौरी जोशी कम्युनिष्टका कुख्यात नेता हुन् भनेर आरोप लगाउने उनै लामिछाने अहिले उनै जोशीका कार्यकर्ता भएका छन्। यहाँनेर गौरी जोशी कम्युनिष्ट हुन् या होइनन त्यो भने छलफकको बिषय पटक्कै होइन र आवश्यक पनि छैन। तर, गत २०१९ मा अन्तराष्ट्रिय परिषद सदस्यमा अमेरिकाबाट मनोनित गरिएका ६ जना सदस्य मध्ये जोशीका जोडले बनेका जति सबैजना कम्युनिष्टतर्फका छन् त्यो भने पक्का हो।
  22. निजि स्वार्थको लागि एनसीसी अमेरिकालाइ नै ध्वस्त गर्न भूमिका खेल्ने र अझै पनि खेलिरहेका लामिछानेको हालत बिस्तारै ओरालो लागेको प्रष्ट देखिएको छ। केहि दिनमा अर्को झक्कास खबर आउँनेवाल छ। गत पटक सान फ्रान्सिको पुग्दा स्वागत र पार्क मिटिङ्ग राखिदिएका धनन्जय के सीले गएको शनिबार बुद्धि सुबेदीको प्यानललाइ नै इण्डोर्श गर्नुले एउटा कुरा बुझ्नु पर्ने हो लामिछानेले। तर पनि उनलाई आफू प्रयोग भएको ज्ञान पटक्कै छैन। भोलि अन्तराष्ट्रिय परिषदका महासचिव हेम राज शर्माले चुसेको उखुको खोइला बनाएको कुरा उनलाई मे ३० को मध्ये रातमा थाहा हुनेछ। त्यो समय उनको लागि धेरै ढिला भएको हुनेछ।
  23. लामिछानेका लागि आफ्नो प्यानलका उम्मेदवारले छोडी जानु, आफ्ना विगतका कर्तुत खुल्न थाल्नु, भ्रष्ट आचरण खुल्दै जानु, एकातिर छन्। अर्कोतिर जनसम्पर्क समितिको निर्वाचन २०१४ को बदला तिर्न बिष्णु सुबेदी र प्रमोद सिटौला पनि उनितिर भएको नाटकको पर्दा खुल्ने समय पनि नजिकै आएको छ। यसले दिने झस्का स्वादिलो हुनेवाला छ। धनञ्जय के सी र बिष्णु सुबेदीको जुन १२, २०२० को घोषणामा आफू नै उपस्थित रहेका लामिछानेले त्यो खेल सजिलै बुझ्नुपर्ने हो तर लाटो भन्दा बाठो तिन पल्ट धेरै लड्छ भनने झैं उनि पनि गुल्टनेवाला छन्।
  24. अन्तमा, हरिबोल भण्डारी र गौरी जोशीको योजना भनेको लामिछाने जिताउने होइन। कृष्ण जीवि पन्थ, अमृत सापकोटा र बिकास राज उप्रेती जिताउने मात्र हो। यी ३ जनालाइ एडजस्ट हुने स्थितिमा लामिछानेलाइ बीच-बाटोमा छोडेको गएको खबर छिट्टै आउन सक्छ। त्यसको लागि देखाउने टाउकोको रुपमा अध्यक्ष बनाएर लामिछानेको प्रयोग भएको हो। सबैतिरबाट घेराबन्दीमा पुगेका अध्यक्षका उम्मेदवार लामिछानेको आजकल बिचार पनि त्यसै खालको आएको छ। अब हेर्नु यो छ, विगत २००६ देखिको उनले दिएको पिडाको बदलाको तराजुले उनलाई कति भारीमा जोख्ने हो।