-एनआरएनए अमेरिका चुनावमा ८५%-९०% सम्म मत खस्ने अनुमान, सुबेदीको अग्रता

एनआरएनए अमेरिका चुनावमा ८५%-९०% सम्म मत खस्ने अनुमान, सुबेदीको अग्रता

Hollywood Khabar May 30,2021 Comments

कृष्ण के सी, अमेरिका, मे ३०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको चुनाव मे २९ बिहान बाट सुरु भएको मे ३० को ११:५९ रातमा अन्त हुनेछ। आज प्यासिफिक समय दिनको १:४५ बजेको समय सम्म गरिएको अन्तरिक सर्भेक्षणमा ६५% देखि ७०% सम्म मत खसेको अनुमान गरिएको छ। यो पटक २०,१३९ मतदाता मध्ये आज सांझ सम्म करिब १६,५०० देखि बढीमा १८,००० सम्म मत खस्ने अर्थात कम्तिमा ८३% बढीमा ९०% सम्म मत खस्ने अनुमान गरिएको छ।

मत सर्भेक्षण अनुसार अध्यक्षमा बुद्धि सागर सुबेदीले अग्रता लिएको देखिन्छ। उनको पक्षमा सो समय सम्म ७,७०० देखि ९,००० को बिचमा मत खसेको अनुमान छ। निर्वाचनको परिणाम आफ्नो पक्षमा नाउने देखिपछि कृष्ण लामिछाने र उनका सपोर्टरहरु निराश भएका खबर प्राप्त भएका छन्। उनका टिमका महासचिवका उम्मेदवार बिनोद भट्ट क्यालिफोर्नियाबाट फर्केका छन्।

निर्वाचन आज साँझ ११:५९ पूर्वीय समय आर्थात ८:५९ प्यासिफिक समयमा बन्द गरिनेछ। त्यसको केहि घण्टामा निर्वाचनको परिणाम निर्वाचन आयोगले प्रकाशित गर्ने बताइएको छ।