-Krishna KC

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी र पिआर लिएका मात्र हुनुपर्छ

Hollywood Khabar January 24,2018 Comments

-कृष्ण के सी, अमेरिका, जनवरी २६, २०१८ संसोधित पोष्ट अगष्ट १९, २०२१

नेपालको संबिधानमा राजनैतिक अधिकार बाहेक सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था भैसकेको छ। राजनैतिक अधिकार बाहेक अरु सबै अधिकार संबिधानले दिएको छ। केवल गैरआवासीय नेपाली नागरिकता कसरी दिने भन्ने बिधि मात्र संसदबाट पारित हुन बाँकी छ। नागरिकता भए या नभएपनि अधिकार भने संबिधानले प्रत्याभूति गरेको छ।

गैरआवासीय नेपाली संघले पनि आफ्नो स्थापनाको १८ वर्षपूरा गरिसकेको छ। यो अवस्थामा गैरआवासीय नेपाली (NRNs) को पुन:परिभाषा गर्नुपर्छ भन्ने विचार मेरो हो। यस बिषयमा थुप्रै अभियन्ताहरुसंग गरेको बिचारको सारांस २०१८ मा नै पोष्ट गरेको थिएँ। तर आज यो बिषय झन उठाउनु पर्ने अवस्था देखियो। त्यसैले यहाँ बिषयलाइ फेरी पोष्ट गरेको छु।

  1. तत्कालको गैरआवासीय नेपालीहरु (NRNs) को परिभाषा फेर्नु जरुरी छैन भन्नुहुन्छ पूर्वाध्यक्ष मध्ये केहि र अन्य अग्रजहरु पनि। वर्तमान अध्यक्ष कुमार पन्तले त नेपाल सरकारका परराष्ट्रमन्त्रीसंग १८० दिन विदेश बस्नेलाइ पनि गैरआवासीय नेपाली भन्नुपर्ने जिकिर गर्नुभएको छ। उसै पनि कानुनि अड्चन आएको गैरआवासीय नेपालीको ब्याख्यामा यो बिचारले एउटा अर्को विकृत र कानुनि विमति ल्याउँछ।

  2. अब कुरा गरौँ हाम्रो NRNA को बिधान र नेपाल सरकारले गरेको गैरआवासीय नेपालीहरु (NRNs) को आधिकारिक परिभाषा तर्फ। “गैरआवासीय नेपाली भन्नाले नेपाली मुलको बिदेशी नागरिक वा दुइ बर्ष भन्दा बढी दक्षिण एशियाली सहयोग संगठन (सार्क) अन्तर्गत मुलुकहरु बाहेकको अन्य देशहरुमा पेशा, रोजगारी वा ब्यबसाय गरी बसोवास गर्ने नेपाली नागरिकलाई जनाउँदछ। तर विदेश स्थित नेपाल सरकारका नियोग र दूतावासका कुटनैतिक हैसियत लिएका राजदूत र बैतनिक व्यक्ति अनि अन्तराष्ट्रिय बिधार्थीको रुपमा रहेका नेपालीलाइ जनाउँदैन। साथै माथि तोकिएका देशमा बस्ने नेपालमा जन्मेका या अन्यत्र जन्मेका नेपाली मुलका व्यक्तिका सन्तान समेत गैरआवासीय नेपाली (NRNs) हुन।”

  3. यो परिभाषामा दोष र खोटका कुरा छैनन। तर अहिलेको समयमा यसको वास्तविकता, सान्दर्भिकता माथि भने प्रश्न उठेको अवश्य छ। अमेरिकामा फेमली पिटिशनमा आउनेहरुलाई प्रवेश गर्नुपूर्व नै ग्रीनकार्ड स्टाटसमा आउँछन्। त्यसैले उसको लागि संघको सदस्य हुन २ बर्ष कुनु कुनै जरुरी छैन। यो परिभाषाले कुनै न्यायिक कारण दिएको देखिंदैन।

  4. अबश्य पनि सुरुका दिनमा संघ स्थापना गर्दा चौविस हण्डर खेपेका डा उपेन्द्र महतो र साथमा रहने अभियन्ताहरुको प्रयास सह्रानिय छ। त्यो बखत गैरआवासीय नेपालीहरुको संख्या कम थियो र संघ पनि सानो आकारको थियो। गैरआवासीय नेपालीहरु थोरै थिए। संचार र सम्पर्कको बिधि अहिले जस्तो थिएन। तर अहिलेको जस्तो संघ यति ठूलो होला भनेर उहाँहरुको सोचको नै थिएन होला। अथवा संघ स्थापना गर्नु नै मुख्य कारण भएकाले कतिपय अन्य कुरामा जोडिए होलान। कालन्तरमा यो संघ बिस्तार मात्र भएको छैन। सयौं-हजारौं नेपालीहरु अर्को देशका नागरिक भएका छन्। विदेशमा जन्मेर त्यो देशको नागरिक पनि भएका छन्। लाखौँ व्यक्ति स्थायी वासिन्दा भएका छन्। त्यसैले अबको सन्दर्भ र आवश्यकता अनुसार गैरआवासीय नेपालीको ब्याख्या फरक रुपमा गर्नु जरुरी भएको छ। उतिबेला जे परिभाषा गरिएको भएता पनि अबको सन्दर्भमा यसको पून:परिभाषा गर्नु जरुरि भएको छ।

  5. यो बिषयको उठान नगर्ने ब्यक्तिलाइ संघका प्रतिनिधि र सदस्यहरुले मत दिनुपूर्व सोच्नुपर्ने बेला भएको छ। अर्थात उनीहरुलाई परिस्थतिलाइ नबुझ्ने कारण क्लासिक बास्केटमा फाल्नुपर्छ। हाम्रै बिषय उठान नगर्ने व्यक्ति हाम्रो नेता किन हुने, हामीले किन बिश्वास गर्ने ?

  6. जो नेपाली केही वर्ष विदेश बसेर नेपाल फर्कन्छ, बिदेशी नागरिकता लिएको छैन, कुनै पनि देशको पिआर सम्म पनि लिएको छैन, नेपाली पासपोर्ट नै बोक्छ भने त्यो नेपाली नागरिक नै हो। उसलाई जवरजस्ती गैरनेपाली बनाउनु हुँदैन। म नेपाली पासपोर्ट बोक्छु, मैले कहिल्यै पनि अरु देशको नागरिकता नलिएको छैन, स्थायी बासिन्दा पनि भएको छैन भने किन कानुनी रुपमा नै नेपाल सरकार र गैरआवासीय नेपाली संघले गैरनेपाली बनाएको हो भन्ने प्रश्न अबको उठान हो।

  7. नेपाली मुलका नेपाली तर बिदेशी नागरिकता लिएका, उनीहरुका बंसजको रुपमा जन्मिएका सन्तान र सोहि देशको नागरिक भएका, उनीहरुसँग बिबाहले जोडिएका बुहारी वा ज्वाई दुवै गैरआवासीय नेपाली हुन् र हुनुपर्छ।

  8. भुटानी सरणार्थी जो नेपाल भएर तेश्रो मुलुक गएका छन्। तेश्रो देशको नागरिकता लिएका छन् वा स्थायी वासिन्दा भएका छन्। उपरान्त उनीहरुको दोश्रो देश नेपाल मात्र हो।उनीहरुलाइ पनि गैरआवासीय नेपालीको मान्यता दिनुपर्छ। हाम्रो पुर्खा, धर्म, संस्कृति, भाषा, पहिचान र मूल थलो एउटै हो।

  9. कोहि नेपाली अर्को देशमा गएर स्थायी बासिन्दाको रुपमा बसेका छन्। अर्थात पीआर/ग्रीनकर्ड लिएको छ भने त्यो व्यक्ति सो हैसियत रहेको अवस्था सम्म मात्र गैरआवासीय नेपाली हो। यदि सो फिर्ता गरेको या समाप्ति भएको खण्डमा नेपाली मात्र हो।

  10. नेपाली जसले अर्को देशको नागरिकता लिएका छन, उनीहरुबाट जन्मेका सन्तान जो जन्म भएका कारण स्वतह त्यो देशको नागरिक भएका छन् तिनीहरु गैरआवासीय नेपाली हुन्।

  11. नेपाली जो नेपाली नागरिक नै छन् तर बिदेशमा बस्दा या घुम्न गएका बखत जन्मिएका उनीहरुका सन्तान जन्मका कारण स्वतह त्यो देशको नागरिक भएका छन् भने ति सन्तान पनि गैरआवासीय नेपाली नै हुन।

  12. कुनै पनि देशमा स्थायी वासिन्दा र नागरिक हुने कानुनी मान्यता छैन भने ति देशमा बस्ने नेपाली चाहिं गैरआवासीय नेपाली होइनन, हुनुहुंदैन। उनीहरुलाइ गैरआवासीय नेपालीको मान्यता दिनु हुँदैन।

  13. अर्को देशको भिजिट भिसामा मात्र रहेका छन् भने ती नेपाली जति सुकै बर्ष विदेश बसेता पनि उनीहरु गैरआवासीय नेपाली हुनु हुँदैनन्। उनीहरु नेपाली मात्र हुन्।

  14. अर्को देशको पीआर लिएका नेपाली जतिसुकै बर्ष विदेश बसेता पनि नेपाल फर्केर पेरोली मगरिकन ६ महिना भन्दा धेरै बसेका व्यक्ति गैरआवासीय नेपालीको मान्यतामा पर्नु हुंदैन।

  15. पिअर लिएका व्यक्ति पनि एक पटकमा ६ महिना भन्दा धेरै समय नेपाल फर्केर बसेको हुनुहुंदैन। अथवा अर्को देशको वर्कपर्मिट नियमति भएको हुनुपर्छ। बिचमा म्याद सकिएको हुनुहुंदैन। त्यो व्यक्ति एक देशबाट अर्को देशमा गएको हो भने पनि बिचमा गैरकानुनी रुपमा बसेको हुनुहुँदैन। अर्थात दुइ देशको वर्कपर्मिटको बिचमा ज्ञाप हुनुहुँदैन।

  16. विदेश छोडेर सधैंको लागि नेपाल फर्केका कुनै पनि नेपाली मुलका नेपाली जुन सुकै कानुनि हैसियतको भएता पनि गैरआवासीय नेपाली हुंदैनन। अर्को देशको नागरिकता त्यागेर पुन: नेपालको कानुन बमोजित नेपाली नागरिक भएको व्यक्ति गैरआवासीय नेपाली होइन।

  17. अबको रुपान्तरण नै यो हो। यसमा चुनावको मुखमा लेख्दा धेरैको घाँटी अबरुद्ध होला तर बिषय तितो लागेता पनि कुरा चाहिं यहि नै हो। बाँकी थप गर्दै जान सकिन्छ।

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8