-एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

Hollywood Khabar July 17,2021 Comments

गैरआवासीय नेपाली संघको जुलाई १७, २०२१ शनिबार बसेको ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले निम्नानुसारको निर्णय गरेको छ।

  • आगामी अक्टोबर २३-२५, २०२१ मा एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा आयोजना गर्ने निर्णय भएको छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिनेछ।
  • अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ।यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ।
  • निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ।
  • गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ।
  • बैठकले आर्थिक वर्ष २०७८-२०७९ को बजेट पारित गरेको छ ।

डिबी क्षेत्री

प्रवक्ता

गैरआवासीय नेपाली संघ

१७, जुलाई २०२१