-NRNA वान एनसीसी वान प्रोजेक्टद्वारा स्पेनका कोरोना पिडितलाई राहत वितरण

NRNA वान एनसीसी वान प्रोजेक्टद्वारा स्पेनका कोरोना पिडितलाई राहत वितरण

Hollywood Khabar April 10,2020 Comments

भोला लामिछाने/बार्सिलोना/११ अप्रिल २०२०

गैरआवासीय नेपाली संघ (एनआरएन आइसीसी) को वान एनसीसी वान प्रोजेक्ट एवं महिला तथा युवा विभागले स्पेन बार्सिलोनाका कोभिड पीडित ब्यक्ति र परिवारलाई राहत वितरण गरेको छ। उक्त राहतमा १५ किलो सुपर वासमती चामल रहेको थियो।

स्पेन लक डाउनको अवस्थामा पनि जोखीम मोलेर घरमै गएर राहत वितरण गरिएको प्रति अमेरीका निवासी एनआरएन आइसीसी उपाध्यक्ष एवं प्रोजेक्टकी संयोजक रविना थापाले विशेष धन्यबाद दिईन्।

पहिलो पटक गरिएको आर्थिक संकलन अभियानबाट स्पेनमा कोरोना पिडितको लागी ३२ जनामा राहत वितरण गरिएको हो। एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना थापाको अध्यक्षतामा अप्रिल ६, २०२० मा बसेको टेलिकन्फरेन्स बैठकले तत्कालै राहत दिने गरी अर्थ संकलन अभियान सुरु गर्ने निर्णय गरेको थियो। सोहि अनुरुप जम्मा भएको रकमबाट हालै स्पेनमा रहेका कोरोना पिडितहरूले सहयोग पाएका हुन्।

स्पेनको स्थिती निकै भयाबह भएको समाचारहरू आईरहे अनि हामीले हाम्रो मन थाम्न सकिनौ र तुरून्तै पहिलो प्राथमिकतामा राखेर स्पेनको लागि सहयोग पठाएका हौ, संयोजक थापाले भनिन।

एनआरएनएका सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु, संघ-संस्थाहरु र विश्वभर रहेका नेपाली समुदायलाई यो अभीयानलाई बिरोध नगरी सहयोग गर्न अपील समेत गरेकी छिन्।

काम नै नगरी सुतीरहेको एनआरएनलाई हामीले काम गरेर देखाईदियौ। यो शुरूवात मात्रै हो। धेरै देशहरूमा सहयोग गर्नुपरेको छ। हामी छिट्टै नै दोस्रो चरणको थप सहयोग गर्ने योजनाहरू बनाईरहेका छौ। हाम्रो नेपाल हामी नेपाली संस्थाका अध्यक्ष एवं राहत वितरण संयोजक सन्त बहादुर क्षेत्रीले वताए।