NRNA:एनआरएनहरुको मतदानमा २३४४ मत खस्यो, नतिजा आउन केहि घण्टा लाग्ने

NRNA:एनआरएनहरुको मतदानमा २३४४ मत खस्यो, नतिजा आउन केहि घण्टा लाग्ने

Hollywood Khabar October 16,2019 Comments

कृष्ण के सी/काठमाडौं/१०/१७/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयनका लागि अक्टुवर १७, २०१९ का दिन मतदान सम्पन्न भएको छ।

८१ देशमा आफ्नो राष्ट्रिय समन्वय परिषद (एनसीसी) भएको एनआरएनएमा यो पटक २५५२ जना मतदाता रहेका थिए। निर्वाचन आयोगको आधिकारिक जानकारी आउन बाँकी नै भएता पनि २३४४ मत खसेको कुरा बताइएको छ।

अक्टुवर १६, २०१९ मा डिजिटल प्रविधिमा हुनुपर्ने मतदान प्राविधिका कारणले गर्दा आज सम्पन्न भएको हो। पेपर ब्यालेटमा गरिएको मतदान बिहान १० बजे सुरु भएको थियो। करिब ५ बजे लाइन अन्त भएको थियो। अब निर्वाचन आयोगले उम्मेदवारहरु बोलाएर मतगणता प्रक्रिया सुरु गर्ने भएको छ।