-Junu Maya Gurung, NRNA Asia Pacific Regional Women Coordinator

NRNA:एशिया प्यासिफिक सातौं बैठकसँगै हुने दोस्रो महिला भेला-जुनु गुरुङ

Hollywood Khabar June 30,2019 Comments

जुनु गुरुङ, क्षेत्रीय महिला संयोजक, एसिया प्यासिफिक, एनआरएनए/६/२८/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिस्तार र बिकास संगै महिलाहरुको नेतृत्व बिकास पनि बिस्तारै बढेको छ।

कुनै पनि क्षेत्रमा आरक्षण सधैँ आवश्यक कुरा होइन तर एउटा निश्चित समय कालका लागि मात्र आवश्यक कुरा हो। एनआरएनएमा पनि महिलाहरु र युबाहरुको नेतृत्व विकास र सहभागिताका लागि छुट्टै आरक्षित पद सृजना गरिएको छ। हरेक क्षेत्रमा एकजना क्षेत्रीय महिला संयोजक, सबै एनसीसीहरु र केन्द्रिय स्तरमा पनि महिला संयोजक रहने ब्यबस्था छ। यति मात्र होइन केन्द्रमा त महिला उपाध्यक्ष नै रहने बैधानिक ब्यबस्था गरिएको छ।

यस्तो महिला बिकासहरुको आरक्षित पदिय जिम्मेवारी र कृयाकलापका आधारमा सबै भन्दा अगाडि भने एशिया तथा प्रशान्त क्षेत्रका महिलाहरु रहेका छन्। क्षेत्रको सबै जसो राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा आफ्नो महिला फोरम गठन गरेर गतिबिधि संचालन गर्न सफल भएको दावी यो क्षेत्रकी महिला संयोजक जुनु माया गुरुङ्गको रहेको छ। यो क्षेत्रमा महिलाहारुको उपस्थिति र सक्रियता बढिरहेको छ। यो अभियानमा सक्रिय भएर लाग्ने महिलाको नाममा अग्रपंक्तिमा आउने नामहरुमा नाम जुनु गुरुङ हो।

दक्षिण कोरियामा एनआरएनएको एसिया प्यासिफिक महिला संयोजकको भूमिकामा निभाई रहेकी गुरुङ यो बेला भने अझै सक्रिय छन्। एसिया प्यासिफिकमा रहेका देशका सबैजसो एनआरएनए एनसीसीहरुमा महिला फोरम गठन गर्दै महिलाहरुको सक्रियता बढाइरहनु भएकी गुरुङकै नेतृत्वमा यही जुलाई ६,७ मा दोस्रो एसिया प्यासिफिक क्षेत्रीय महिला भेला हुँदैछ सेमत हुँदैछ। महिलाहरुको एसिया प्यासिफिक क्षेत्रीय भेलाले महिलाहरुको नेतृत्व बिकास, व्यवसायिकता र सक्रियता जस्ता कुराहरुमा छलफल गर्ने छ।