NRNA Africa 3rd Regional Meeting 2018

NRNA: अफ्रिका क्षेत्रको तेश्रो क्षेत्रीय बैठक डिसेम्बर २९-३० युगाण्डामा

Hollywood Khabar October 31,2018 Comments


कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको तेश्रो अफ्रिका क्षेत्रको क्षेत्रीय बैठक यही डिसेम्बर २९-३०, २०१८ मा पूर्बी अफ़्रिकि मुलुक युगाण्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ।

गैरआवासीय नेपाली संघका हरेक क्षेत्रले आफ्नो क्षेत्रको क्षेत्रीय बैठकको आयोजना गर्ने गर्दछन। यस्ता बैठकहरुमा संघका नयाँ नीतिहरुको छलफल, जानकारी तथा बिशेष रुपमा थिम प्रोजेक्टहरुको सुरुवात पनि गर्ने गरिन्छ।

यो अफ्रीकी बैठकमा अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद, अन्तरास्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने छ।

बैठकको मुल बिषय “बिकासका अनुभवहरु एक आपसमा साटदै" हुनेछ । जस अनुरुप अफ्रिकन र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले अफ्रिकी बिकास र त्यहा केही रास्ट्रहरुमा भइ रहेको द्रुत गतिको आर्थिक बिकासको अनुभवहरुबारे कार्यपत्र पेस गर्ने छन।

त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरु, मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ़्रिकिन लगानीबारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन। कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपाल बाट परराष्ट्र वा श्रम मन्त्री मध्य एकलाइ निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन ।

बैठक एनआरएनए राष्ट्रिय समन्वय परिषद युगाण्डाको आथित्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष राजमणि भन्डारीले जनाएका छन।

बैठकका मुल कार्यक्रम लगाएत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सास्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्य माथी गोष्ठी समेत कार्यक्रममा आयोजना गरिनेछ ।