-एनआरएनएको अफ्रिका क्षेत्रको क्षेत्रीय बैठक अप्रिल २-३, २०२१ मा जाम्बियामा हुने

एनआरएनएको अफ्रिका क्षेत्रको क्षेत्रीय बैठक अप्रिल २-३, २०२१ मा जाम्बियामा हुने

Hollywood Khabar October 10,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रको चौथो क्षेत्रीय बैठक जाम्बियाको लुसाकामा अप्रिल २-३, २०२१ मा हुने भएको छ।

अक्टुवर ११, २०२० मा सम्पन्न अफ्रिकाका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) का अध्यक्ष र पदाधिकारीहरुको जूम बैठकले सो निर्णय गरेको हो। चौथो एनआरएनए अफ्रिका क्षेत्रीय बैठक बर्तमान कोरोना संकटको कारणले डिसेम्बरमा २०२० को सट्टा आगामी अप्रिल २ र ३, २०२१ मा जाम्बियाको राजधानी लुसाकामा भौतिक उपस्थितिमा आयोजना गर्ने निर्णय गरिएको हो।

बैठक आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको संयोजकत्वमा एक आयोजक समिती गठन गर्ने समेत निर्णय गरियो। बैठकमा अफ्रिकामा नेपालीका समस्या, अफ्रिकाबाट नेपालमा रेमिटेन्स र लगानी, अफ्रिकाको स्वास्थ्य समस्या, नेपाली साहित्य र संस्कृति, अफ्रिकामा नेपाली महिलाको समस्या र मानव तस्करी लगायतका विषय केन्द्रित रहने छ। सो बैठकमा उल्लेखित बिषयमा विभिन्न सेसनहरु आयोजना हुनेछन।

बैठकले अफ्रिकाको मरिशस र आइभोरी कोस्टमा बढदो नेपालीको संख्या र समस्यालाई ध्यान राख्दै एनआरएनए एनसीसी गठन गर्न पहल गर्ने निर्णय गरियो। साथै अफ्रिकामा अझै पनि मानव तस्करी बढदै गइरहेको छ। तस्करीबाट पीडित नेपालीहरुको समस्या बढदै गइरहेकोले त्यसको निराकरणका लागि नेपाली दूतावास र नेपाल सरकार सङ्ग समन्वय गरि प्राथमिकताका साथ आबश्यक कार्य गरिने समेत निर्णय गरियो।

एनआरएनए अफ्रिकाका क्षेत्रका क्षेत्रीय संयोजक रोशन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा घाना, युगान्डा, तान्जानिया, केन्या, सेसेल्स, कङ्गो, जाम्बिया र दक्षिण अफ्रिकाका अध्यक्षहरुका साथै एनआरएनएका पुर्ब कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका हेल्थ संयोजक डा सरिता पान्डे लगायत एनआरएनएका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।