-गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठी

एनआरएनए अमेरिकाज क्षेत्रको बैठक सेप्टेम्बर ४-६ मा, सबै सेशन तयारी:आरसी त्रिपाठी

Hollywood Khabar August 28,2020 Comments

कृष्ण के सी/अगष्ट २८,२०२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक र दोश्रो ज्ञान सम्मेलन सेप्टेम्बर ४, ५ र ६ २०२० मा हुने भएको छ। बैठकका लागि सम्पूर्ण सेशनहरुको तयारी पुरा भएको कुरा क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले जानकरी दिनुभएको छ।

एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीका अनुसार यो पटकको क्षेत्रीय भेलामा दोश्रो ज्ञान सम्मेलनको समेत आयोजना गरिएको छ। ३ दिन सम्म हुने सो कार्यक्रम कोरोनाको महामारीले गर्दा अनलाइन प्रबिधिबाट संचालन गरिने छ। कार्यक्रमलाइ फेसबुकबाट लाइभ पनि गरिनेछ।

कार्यक्रम:

  • उद्घाटन- सेप्टेम्बर ४

  • दोश्रो ज्ञान सम्मेलन सेप्टेम्बर ६

  • गैरआवासीय नेपाली संघका गतिबिधि र नीतिहरुको फोरम

  • पोलिटिक फोरम

  • महिला फोरम

  • इमिग्रेशन फोरम

  • युवा तथा दोश्रो पुस्ता फोरम

  • नेपाली भाषा तथा साहित्य फोरम

  • एनसीसीहरुको गतिबिधि प्रस्तुति

  • ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरम

  • ब्लड ट्रांस्फ्यूजन फोरम

  • सिनेमा एण्ड कल्चर फोरम

  • जेन्डर भायोलेशन एण्ड मेन्टल हेल्थ फोरम

  • कोभिड १९, एजुकेशन एण्ड हेल्थ फोरम

  • डायस्पोरा मिडिया फोरम