-NRNA Americas Regional Coordinator (RC), Rajan Tripathi

NRNA:आइसीसी सदस्यको रिफारिस समयमा नै पठाएको छु:आरसी त्रिपाठी

Hollywood Khabar November 17,2019 Comments

कृष्ण के सी/अमेरिका/११/१८/१९

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय (केन्द्रिय) परिषदमा २१ जना सदस्यहरुको मनोनयनका लागि अमेरिकाज क्षेत्रबाट नाम पठाइ सकेको कुरा क्षेत्रीय संयोजक राजन त्रिपाठीले बताएका छन्।

एनआरएनएको २१ जना आइसीसी सदस्यहरुको मनोनयनको लागि अमेरिकाज क्षेत्रबाट समय सिमा, नोभेम्बर १८, २०१९ भित्रमा नै पठाइएको कुरा आरसी त्रिपाठीले बताएका छन्। आरसी त्रिपाठीले अमेरिकाज क्षेत्रमा रहेका संघका पदाधिकारीहरु, क्षेत्रका उपसंयोजक, महिला र युवा संयोजकहरु, अन्तराष्ट्रिय परिषद सदस्यहरु, आइसीसी सल्लाहकार, राष्ट्रिय समन्वय परिषदहरु, अग्रज र अन्य संबद्धपक्षहरुसंगको समेत परामर्शमा आफूले सो सिफारिस पठाएको कुरा बताएका छन्।

संघका महासचिवबाट प्राप्त निर्देशन र समय सिमा भित्र नै आफूले मनोनयनका लागि सिफारिस गरिएको कुरा उनले बताए। उसै पनि आफूलाइ सिफारिस गर्न दवाव दिनेहरुको भिड झेलेका आरसी त्रिपाठीले अझै पनि फोन आउने गरेको बताए। अब जे सुकै भएता पनि तोकिएको समय भित्र नाम पठाएको छु। बाँकी कुरा संघको बैठकले मनोनयनको लागि गरेको निर्णय पछि नै आधिकारिक रुपमा बाहिर आउने हो, उनले भने।