-NRNA President Kumar Pant

एनअरएनए अमेरिकाज क्षेत्रको बैठक परराष्ट्रमन्त्री ज्ञवालीबाट उद्घाटन, अध्यक्ष पन्तको सान्दर्भिक मन्तब्य

Hollywood Khabar September 04,2020 Comments

कृष्ण के सी/अमेरिका/९/४/२०

गैरआवासीय नेपाली संघ (एनअरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठकको उद्घाटन प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवलीबाट भएको छ।

सेप्टेम्बर ४, ५ र ६, २०२० मा ३ दिनको लागि आयोजना गरिएको छ क्षेत्रीय बैठक तथा ज्ञान सम्मेलन क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीको संयोजनमा सुरु भएको छ। जुम प्रबिधिमा भएको बैठकको होष्ट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले गरेको छ।

सेप्टेम्बर ४ मा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवलीको प्रमुख आतिथियता उद्घाटन सत्र सम्पन्न भएको छ। उद्घाटन सत्रमा मन्त्री ज्ञवालीले नेपलाबाट बाहिर रहेका ५ मिलियन भन्दा धेरै जनसंख्या जवान, बिज्ञ र चर्चितहरु समेत भएको बताउनुभयो। उहाँले यो जनसंख्याले नेपाल र नेपालीको प्रगतिमा साथ् दिने कुरामा समेत चर्चा गर्नुभयो।

कार्यक्रमका बिशेष अतिथिहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि महामाहिम राजदूत भृगु ढुंगाना र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण समेत हुनुहुन्थो। उहाहरुले पनि आ-आफ्नो धारणा राख्नु भएको थियो।

बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनअरएनएलाइ नयाँ मोडमा लिएर जानको लागि पहल गरौँ, गैरआवासीय नेपाली संघका विभिन्न बिषयहरुको छलफल र क्षेत्रीय बिषयहरुको लागि नै क्षेत्रीय बैठकहरुको सुरुवात गरिएको जानकारी दिनुभयो।

उहाँले संघको १७ बर्षको इतिहासमा संघठन बिस्तारका थुप्रै गतिबिधि र डास्पोराका नेपालीहरुलाई एककृत गर्ने काम गरिए। त्यसैले गर्दा आज ८३ देशमा हामी सँस्थागत रुपमा उपस्थित छौं। अब संघका विचार एजेण्डा र गतिबिधिहरुलाई स्थानीय स्तर सम्म पुर्याउनको लागि क्षेत्रीय स्तरमा बैठकले भूमिका खेल्नु पर्ने बताउनु भयो।

यो क्षेत्रीय बैठक भनेको संघको नियमित गतिबिधि हो। यो पटक पनि हामीले थुप्रै बिषयहरुलाई संघको हितका लागि घनिभूत छलफल र बिमर्श सहित निस्केका निचोडहरु सँस्थाको हितको लागि हुने विश्वास छ। यसका लागि सबैलाई अनुरोध समेत गर्नुभयो। उहाँले बिशेष गरि निर्वाचन प्रणाली, महाधिवेशन प्रतिनिधि, महाधिवेशन र सदस्यताका कुरातर्फ धेरै संकेत गर्नुभयो।

हरेक नयाँ बिषय उठ्दा कतिलाई सँस्थाको चिन्ताले गर्दा चासो र प्रश्न उठ्नु स्वभाविक हो। तर सँस्था सबैको हो र सबैको बिचार सहभागिताले नै हामी बलिया हुन्छौं। जस्तो की अमेरिकाले भन्ने गरेको छ - United we stand, divided we fall ठीक त्यसैगरी हाम्रो संघमा पनि त्यो लागु हुन्छ, अध्यक्ष पन्तले भन्नुभयो।

यो महिना देखि अक्टुवर सम्म क्षेत्रीय बैठकहरु छन्। हामी सबै बैठकहरुमा नयाँ बिषय र संघका गतिबिधिहरुलाई छलफल र जानकारीको लागि प्रस्तुत गर्दै सबैको सहभागिता लिने प्रयासमा छौं। सँस्थाको अध्यक्ष भएको कारणले सँस्था अगाडी लैजान योजना गर्नु र बिषय ल्याउनु मेरो काम हो। तर ति सबैकुरामा विचार-बिमर्श र सहभागिता तपाइँहरु सबैको हो। आफूलाई सबैबाट समान रुपमा सहभागिता र सकृय योगदानको आवश्यकता रहेको समेत बताउनु भयो।

बैठकमा गैरआवासीय नेपाली संघका पदाधिकारी, क्षेत्रीय संयोजकहरु, अन्तराष्ट्रिय परिषद र मानार्थ परिषद सदस्यहरु, एनसीसी क्यानडा र अमेरिकाका पदाधिकारी र संघका विभिन्न जिम्मेवार व्यक्तिहरुको उपस्थिति रहेको थियो। बैठक सेप्टेम्बर ५ मा विभिन्न सेशनहरु र सेप्टेम्बर ६ मा ज्ञान सम्मेलन गर्दै समापन हुनेछन।

यसका साथै सेप्टेम्बर ५, २०२० मा गैरआवासीय नेपालीसंघमा चुनौती र अवसर नामको एक बिशेष फोरमको आयोजना गरिएको छ। सेप्टेम्बर ५, २०२० मा Zoom Hall-1 मा हुने NRNA ICC फोरमको लागि Zoom लिंक https://bit.ly/3juGnNP र पासवर्ड २०२० रहेको छ। मध्यान्न १२:३० देखि दिउँसोको २:४५ (EST) सम्म हुने कार्यक्रम बिशेष हुने छ। यो फोरमसँग संघको आगामी परिवर्तनका लागि मार्गदर्शन हुने प्रमुख एजेण्डाहरु जोडिएका छन्।