गैरआवासीय नेपाली संघ (एनअरएनए) को अमेरिकाज क्षेत्रको सेप्टेम्बर ४, ५ र ६, २०२० मा आयोजना गरिएको क्षेत्रीय बैठकको बिस्तृत कार्यक्रम प्रकाशित गरिएको छ।
उद्घाटन सत्रमा नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली प्रमुख अतिथि हुनुहुन्छ। त्यसैगरी बिशेष अतिथिहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि महामाहिम राजदूत भृगु ढुंगाना र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण हुनुहुन्छ।
एनअरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक सेप्टेम्बर ४, ५ र ६, २०२० मा जुम प्रबिधिबाट हुँदैछ। यो क्षेत्रीय बैठकको होष्ट एनअरएनए एनसीसी क्यानाडा रहेको छ। सेप्टेम्बर ४ मा उद्घाटन सत्र हुनेछ, ५ मा विभिन्न सेशनहरु र सेप्टेम्बर ६ मा ज्ञान सम्मेलन तथा समापन हुनेछ
बैठकको बिस्तृत जानकारी यो लिंक क्लिक गर्नुहोस: https://bit.ly/3lJm40N
कृष्ण के सी
मिडिया एण्ड पब्लिकेशन कमिटी
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद
सेप्टेम्बर ३, २०२०
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...