-एनआरएनए अमेरिकाज क्षेत्रको आयोजनामा बैठक सम्पन्न, दुइ महामहिम राजदूत र अध्यक्ष पन्तबाट संबोधन

एनआरएनए अमेरिकाज क्षेत्रको आयोजनामा बैठक सम्पन्न, दुइ महामहिम राजदूत र अध्यक्ष पन्तबाट संबोधन

Hollywood Khabar April 30,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीको संयोजनमा अमेरिकाज क्षेत्रका नेपाली डायस्पोराका सर्व पक्षीय अनलाइन बैठक सम्पन्न भएको छ।

अप्रिल ३०, २०२० मा भएको बैठकमा संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदुत डा अर्जुन कार्की, क्यानडाका लागि नेपाली महामहिम राजदुत भृगु ढुंगाना, मेरिल्याण्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारी, नेपाली महावाणिज्य तथा वाणिज्यदूतहरु प्रमराजा महत, ऋषि ढकाल, एसी शेर्पा समेतको उपस्थिति रहेको थियो।

त्यसैगरी बैठकमा एनआरएनए उपाध्यक्ष रविना थापा, महासचिव डा हेम राज शर्मा, संघका सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय उपाध्यक्ष राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा थापा कार्की, क्षेत्रीय युवा संयोजक विमला सापकोटा, क्षेत्रका अन्तराष्ट्रिय परिषद सदस्यहरु, मानार्थ परिषद सदस्यहरु, संघका सल्लाहकार हरिबोल भण्डारी, संघका संस्थापक उपाध्यक्ष डा श्याम कार्की, एनसीसी अमेरिकाका अध्यक्ष सुनील साह, एनसीसी क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एनसीसी अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमल्सीना, एनसीसी अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्त, बिआर लामा र अन्य पदाधिकारीहरु, विज्ञहरु डा संजिव सापकोटा, डा राजन पन्त, डा यादव पण्डित लगायत थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कोरोना भाइरास डिजिज अर्थात कोभिड १९ को महामारीलाइ राहत दिन यस क्षेत्रमा के कस्ता गतिबिधि गर्न सकिन्छ, गरिएको छ भन्ने जानकारीको लागि बैठकमा छलफल भएको थियो। बैठकलाइ एनआरएनए अध्यक्ष कुमार पन्त, अमेरिका र क्यानाडाका लागि महामहिम राजदूतहरु, मेरिल्याण्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारी लगायत थुप्रैले आ-आफ्नो कुरा राख्नुभएको थियो।

कार्यक्रमको अन्तमा आरसी राजन पन्तले आगामी दिनमा सबै पक्ष र गैरआवासीय नेपाली संघ अनि नेपाल सरकरका मिशन, राजदूतावास समेतको संयोजन गरेर जाने कुरा बताउनु भएको थियो।

कृष्ण के सी

सूचना तथा संचार उपसंयोजक

गैरआवासीय नेपाली संघ

मे १, २०२०