-एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो क्षेत्रीय विज्ञ सम्मेलन सेप्टेम्बर २६ र २७ मा हुँदै

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो क्षेत्रीय विज्ञ सम्मेलन सेप्टेम्बर २६ र २७ मा हुँदै

Hollywood Khabar September 03,2020 Comments

३ सेप्टेम्बर २०२०/गैरआवासीय नेपाली संघको एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो विज्ञ सम्मेलन यही सेप्टेम्बर २६ र २७ मा हुने भएको छ। परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्ने सम्मेलन भर्चुअल हुनेछ ।

सम्मेलनको मुल विषय ‘आप्रवासी नेपाली कामदार, स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार अर्थात Repatriation, Reintegration and Employment of Nepali Migrant Workers रहेको छ। दुई दिने सम्मेलनमा पहिलो दिन मुल विषय र दोश्रो दिन एसिया प्यासिफिक पहिलो विज्ञ सम्मेलन हुनेछ। विज्ञ सम्मेलनमा Knowledge Sharing Among Nepalese, Challenges and Opportunities for Entrepreneurs विषयमा केन्द्रित हुनेछ। दुई दिने अन्त्यमा निचोड सहित घोषणापत्र तयार गरिने सम्मेलनका संयोजक तथा एनआरएनए एसिया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द) ले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष अनुपराज शर्मालगायत सम्बन्धी विषयका विज्ञहरुलाई निमन्त्रणा गरिएको संयोजक श्रेष्ठको भनाई छ।

सम्मेलनको पहिलो दिनमा कोभिड १९ ले वैदेशिक रोजगारमा पारेको प्रभाव र स्वदेश फर्किने वा फर्किएका कामदारका विषयमा सरकारी पक्ष, सरोकारवाला निकाय, सम्बन्धित विषयका विज्ञ तथा एनआरएनहरुबीच बृहत छलफल हुने संयोजक श्रेष्ठको भनाई छ ।

सम्मेलनमा एनसीसी तथा आइसीसीका विभिन्न रिपोर्टहरु प्रस्तुत गरिनेका साथै एनआरएनए आइसीसीले परिवर्तन गर्न लागेका नयाँ एजेण्डामा छलफल हुने जनाइएको छ । दोश्रो दिनमा हुने विज्ञ सम्मेलनका संयोजक एनआरएनए आइसीसी सदस्य डा. देवीबहादुर बस्नेत ले कार्यक्रमको संयोजन गर्नु हुने भएको छ। उक्त दिन एसिया प्यासिफिकका विभिन्न क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी, श्रमिकका साथै नेपालबाट विभिन्न विश्व विद्यालयमा अनुसन्धान केन्द्रमा कार्यरत विज्ञहरुले विभिन्न क्षेत्रका १० वटा विषयमा कार्यपत्रप्रस्तुत गर्नुका साथै यसमा छलफल गरिने संयोजक डा. बस्नेतले जानकारी दिनुभयो ।

आगामी अक्टोवर ९ र १० मा हुन लागेको दोश्रो विश्व विज्ञ सम्मेलन भन्दा पहिला हुने लागेको क्षेत्रीय सम्मेलनलाई अर्थपूर्णरुपमा हेरिएको छ । कोभिड १९ पछि स्वदेश फर्किएका, स्वदेशमा आफुले सिकेका सीप र पूँजीलाई कसरी लगाउन सकिन्छ र विदेशमा बस्दासमेत आफु ज्ञान र सीप कसरी आर्जन गर्न सकिन्छ भनेर गहन छलफल हुने संयोजक डा. बस्नेतको भनाई छ ।

विज्ञसम्मेलन बारे थप जानकारी तलको लिंकबाट प्राप्त गर्नु हुने छ: https://asia.knowledge-nrna.org