Hollywoodkhabar advertisement

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ र डा ज्ञानेन्द्र रेग्मी, अन्य उम्मेदवारहरुको नाम सहित

-एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ र डा ज्ञानेन्द्र रेग्मी, अन्य उम्मेदवारहरुको नाम सहित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्ष पदका लागि नन्द गुरुङ र डा ज्ञानेन्द्र रेग्मी प्रतिस्पर्धामा उत्रिएका छन्। एनआरएनए एनसीसी अस्ट्रेलियामा १५ हजार २ सय ९८ जना पंजीकृत सदस्य रहेका छन्।

एनआरएनए एनसीसी अष्ट्रेलियाको निर्वाचन समितिले आगामी जुलाई ३१, २०२१ मा हुने निर्वाचनका लागि ३४५ जना उम्मेदवारहरूको नामावली निर्वाचन प्रकाशित गरेको छ। सो निर्वाचनमा एनआरएनए एनसीसी कार्यसमिती, राज्य समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यका लागि उम्मेदवारहरू रहेका छन्।

  • अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका डा रेग्मी अष्ट्रेलियाको सरकारी खानेपानी विभागका वरिष्ठ इन्जिनियरसमेत हुन् भने गुरूङले वर्तमान कार्यकालका प्रवक्ताको भूमिकामा छन।
  • महासचिव पदका लागि अच्युत शर्मा थपलिया र राजु बाबु अधिकारीले उम्मेदवारी दिएका छन्।
  • सचिवका लागि तीर्थराज कार्की र सन्ध्या शाहले उम्मेदवारी दिएका छन्
  • कोषाध्यक्षमा बाबुराम गौतमले उम्मेदवारी फिर्ता लिएपछि अनिल पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
  • कोषाध्यक्षमा कर्णकुमार यादव र राजकुमार नगरकोटीले उम्मेदवारी दिएका छन्।
  • युवा संयोजकमा महेश प्रसाई (म्याक्स) र बबिन मिश्रले उम्मेदवारी दिएका छन्।
  • सहयुवा संयोजकमा चन्द्र तिवारी निर्विरोध निर्वाचित भएका छन्।
  • आइसिसी सदस्यमा १६ जना उम्मेदवारहरू मैदानमा उत्रिएका छन्। बुद्धि डल्लाकोटी, परशुराम पिआर अधिकारी, मेघराज पौडेल, राजेश बुढाथोकी, चिन बहादुर नेपाली, परेशराज घिमिरे, प्रेमप्रसाद कँडेल, सरोज पाण्डे, राजकुमार अधिकारी, सूर्य आचार्य, धर्मराज अधिकारी, नवीन भण्डारी, चन्द्रप्रसाद ढकाल, अनन्त एलेक्स कार्की, दिक्पालदेव पङ्गेनी र प्रज्वल भट्टराई रहेका छन्।
  • न्यूसाउथवेल्सको संयोजक पदका लागि देव गुरुङ र प्रतीज्ञा अधिकारीले उम्मेदवारी दिएका छन्।
  • त्यसैगरी क्यानबेराको संयोजकका लागि अशोक बस्नेत र अभिशेक उप्रेती उम्मेदवार रहेका छन्।
  • क्वीन्सल्याण्ड संयोजकमा आशीष न्यौपाने र विनोदभक्त आचार्य छन्।
  • दक्षिण अस्ट्रेलिया संयोजकमा रेनुका लामा र सन्तोषी गौतम
  • तास्मेनिया संयोजकमा सन्देश परियार र राकेश शाक्यले
  • नर्दन टेरिटोरी संयोजकमा आशीष भुसाल र विष्णु चापागाईले उम्मेदवारी दिएका छन्
  • भिक्टोरिया राज्यमा हरि खड्का
  • वेष्टर्न अस्ट्रेलियामा दीपक बस्नेत
  • एनआरएनए एनसीसी अष्ट्रेलियाको महिला संगठन नारी निकुञ्ज अस्ट्रेलियामा मोनी लिम्बू र मञ्जु खड्काले उम्मेदवारी दिएका छन्। डेपुटी कोर्डिनेटरमा समीक्षा अधिकारी पाठक, सचिवमा सर्वदा घिमिरे अधिकारी, कोषाध्यक्षमा जिपस्योना पौडेल र सदस्यहरूमा पूजा थपलिया र प्रजिता गेलाल निर्विरोध निर्वाचित भएका छन्।
  • भिक्टोरिया राज्यबाट संयोजक हरि खड्काको नेतृत्वमा रहेको २९ जनाको राज्य समन्वय परिषदको समूह निर्विरोध निर्वाचित भएको छ।
  • त्यसैगरी पश्चिम अस्ट्रेलियामा दीपक बस्नेतको संयोजकत्वमा रहेको २३ जनाको राज्य समन्वय परिषदको समूह पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----