-एनआरएनए एनसीसी अमेरिका सदस्यता विस्तार बिषयमा वर्तमान देखि संस्थापक अध्यक्षसम्म बहस

एनआरएनए एनसीसी अमेरिका सदस्यता विस्तार बिषयमा वर्तमान देखि संस्थापक अध्यक्षसम्म बहस

Hollywood Khabar February 03,2021 Comments

मोडरेटर-कृष्ण के सी, अमेरिका, फेब्रवरी ३, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सदस्यता नवीकरण, बितरण, बिस्तार तथा पछिल्लो समयको अपडेट अनि विवादका बिषयबारे बहसको आयोजना गरिएको छ।

फेब्रवरी ४, २०२१ बिहिबार, न्यूयोर्क समय साँझ ७:०० देखि सुरु हुने बहसमा वर्तमान अध्यक्ष सुनील साह, निवर्तमान अध्यक्ष डा केशब पौडेल, पूर्व अध्यक्षहरु खगेन्द्र जिसी, शिव राइ, प्रल्हाद के सी र सुमन तिम्सिना उपस्थित रहनुहुनेछ। बहसमा एनसीसीका हालका समस्या, विवाद देखि प्राविधिक समस्या, डाटा सुरक्षा, सदस्यताको विस्तारमा विगत देखि वर्तमान सम्मको छोटो समिक्षा लगायत अन्य थुप्रै कुराहरुमा पैरवी हुनेछ।

यसका साथै वर्तमान समयमा एनआरएनए एनसीसी अमेरिकाको सदस्यता संख्या, विस्तारको अवस्था र आएका गुनासा इत्यादि समेत प्रस्तुत गरिनेछ। विगतमा आएका सदस्यता संबन्धि विवाद र हाल त्यसलाई निराकरण गर्न सुझाव, गरिएका बिधिहरु समेत छलफल गरिनेछ।

कार्यक्रम एनआरएनए एनसीसी अमेरिका, हलिउड खबर, ओएस नेपाल, राइट नेपाल, नेपाल संसार, दर्पण दैनिक, रेडियो संजीवनी, क्यानाडा टिटिभी लगायत थुप्रै फेसबुक पेजबाट लाइभ गरिनेछ।