-गैरआवासीय नेपाली संघ भाषा-साहित्य समितिले अनलाइन प्रवासी प्रवाह गर्दै

गैरआवासीय नेपाली संघ भाषा-साहित्य समितिले अनलाइन प्रवासी प्रवाह गर्दै

Hollywood Khabar May 14,2020 Comments

गैरआवासीय नेपाली संघको भाषा, साहित्य, सस्कृती तथा सम्पदा प्रबर्द्धन समितीले यहि मे १७ आइतबार देखि साप्ताहिक अनलाइन साहित्यक कार्यक्रम प्रवासी प्रवाह संचालन गर्ने भएको छ।

कार्यक्रमको शुभारम्भ प्रसारण मे १७, २०२० आइतबार नेपाल समय बेलुकी ८ बजे देखि हुने भएको छ। प्रवाहलाइ एनआरएनएका अन्तराष्ट्रिय अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्यबाट शुभारम्भ हुने भएको छ। कार्यक्रममा साहित्यकार जिवा लामिछाने (जर्मनी ), गोपाल रेग्मी (अमेरिका ) र उषा शेरचन (नेपाल) सङ्ग बिशेष कुराकानी र उहाहरुका रचना पाठ हुनेछन।

समितिका संयोजक हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशिल बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो। समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ। यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्ने कुरा पनि जानकारी दिइएको छ।