-एनआरएनए क्यानाडाको निर्वाचनमा लोकतान्त्रिक समावेसी समुहको १९ मा १५ सिट

एनआरएनए क्यानाडाको निर्वाचनमा लोकतान्त्रिक समावेसी समुहको १९ मा १५ सिट

Hollywood Khabar July 31,2021 Comments

क्यानाडा, अगष्ट १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको निर्वाचन सम्पन्न हुँदैगर्दा लोकतान्त्रिक समयावेसी समूहले अत्यधिक बहुमत सीट हासिल गरेको छ।

जुलाई ३१, २०२१ मा भएको निर्वाचनमा १९ सदस्य कार्यसमितिमा १५ सिटमा एनआरएनए एनसीसीको बिधान परिमार्जन गरेर प्रत्यक्ष निर्वाचनमा जानुपर्छ भन्ने अभियन्ताहरुले बिजय पाएका छन्। १९ मध्ये ५ सिटमा यस पहिला नै निर्बिरोध निर्वाचित भएका थिए। त्यसमा बहुमत सिट लोकतान्त्रिक समावेसीहरुको समुहले जितेको छ।

एनआरएनए एनसीसी क्यानाडाले स्थापनाको १५ बर्षपछि अप्राजातान्त्रिक बिधानमा नै टेकेर भएपनि नयाँ सोचका व्यक्तिहरुले बिजय पाएका छन्। क्यानाडाको वर्तमान अप्रजातान्त्रिक बिधान अनुसार पदाधिकारीलाइ मतदाताले मतदिन पाउँदैनन्। नेतृत्वमा जान्छु भन्नेले पनि सफल हुन अत्यन्तै कठिनपर्छ। कार्यसमितिमा बहुमत ल्याउनुपर्छ। त्यसमा पनि प्रतिस्पर्धा हुन्छ।

आइसीसी सदस्य र अन्यमा पनि को जाने भन्ने निश्चित हुँदैन। यस्तो बिधान एक किसिमले उदाहरणको रुपमा लिनुपर्दा उत्तर कोरियाको जस्तो अतिबादी कम्युनिष्ट देशमा मात्र हुने गर्दछ। लामो समय देखि नै यो बिधान संसोधन गर्न प्रयास गर्ने अभियन्ताहरु नै यो पटक बिजयी भएका छन्। उनीहरुको ७९% को बहुमत आएको छ।

अब अगष्ट १४, २०२१ मा हुने राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमितिको नेतृत्वमा चयन गर्नेछ। यो पटक नेतृत्वमा नयाँ ब्यक्तिहरु आउने पक्का भएको छ। अध्यक्षका लागि दावेदार मध्ये संभावित र अग्रणी रहेका व्यक्ति दिपक गौतमलाइ लिइएको छ।

निर्वाचित हुनेहरु

  1. विनोद कुमार सुवेदी
  2. अनुप सुवेदी
  3. प्रमेश गुप्ता
  4. कृष्ण न्यौपाने
  5. दीपक सापकोटा
  6. सोम गुरुङ
  7. वीरेन्द्र राउत
  8. राजु भट्टराई
  9. बाबुराम बानियाँ
  10. सम्राट थापा
  11. लक्ष्मण अधिकारी
  12. पितानाथ पौडेल
  13. दिपकदत्त गौतम
  14. पिताम्बर भट्टराई
  15. संगीता जिसी
  16. शैलेन्द्र चापागाईं
  17. गोपाल प्रसाद भण्डारी
  18. यामबहादुर खत्री
  19. राजेन्द्र पोखरेल