-एनआरएन क्यानडाको नवनिर्वाचित समितिले क्यालगारीमा पहिलो सम्पन्न

एनआरएन क्यानडाको नवनिर्वाचित समितिले क्यालगारीमा पहिलो सम्पन्न

Hollywood Khabar September 07,2021 Comments

एनआरएन क्यानडाको नवनिर्वाचित समितिले क्यालगारीमा पहिलो पटक रायसुझाव संकलन एवं अन्तरक्रिया सम्पन्न गरेको छ।

गत आइतवार फिजी ओमन सेन्टरको हलमा सम्पन्न छलफलमा एनआरएन क्यानडा सुधारका क्यालगारीको नेपाली समुदायले महत्वपुर्ण सुझाव दिएका छन्। बुदागत रुपमा क्यालगरी नेपाली समुदायले एनआरएन क्यानडाका लागी दिएको सुझाव निम्न अनुसार रहेका छन्।

१) गैरआवासीय नेपाली नागरिकता विधेयक पारित गर्न पहल गर्ने

२) संस्थाको विभिन्न गतिविधि र निर्णयहरुलाई साधारण सदस्यहरुसंग समयमै पुऱ्याउन दुरुस्त संचार प्रणालीको विकास गर्ने ।

३) आथीक पारदर्सिता कायम गर्ने ।

४) आजिवन सदस्य संख्या शुल्क कम गरि सदस्य संख्या बृद्धी गर्ने

५) साधारण सदस्यता लिने प्रकृया सहज गर्ने र सवै क्षेत्रबाट सदस्यता प्रमाणीकरण समितिमा सदस्य हुनुपर्ने र सधैभरि साधारण सदस्य खुल्ला राख्नुपर्ने

६) महिला र युवा सहभागीतामा बृद्धी गर्नुपर्ने

७) नेपालीहरुको पहिचान हुने गरि नेपाली डे मनाउने । बहुसांस्कृतिक कार्यक्रम गर्ने

८) विभिन्न प्रदेशमा प्रादेशिक समिति गठन गर्ने र दर्ता गर्न मिल्ने गरि विधान संसोधन गर्ने।

९) क्यानेडियन सरकारका विभिन्न निकायसंग समन्वय गरि नेपाली समुदायको बिकासकालागी विभिन्न कार्यक्रम संचालन गर्ने

यसरी सुझाव दिनेहरुमा नेवा गुठी क्याल्गरीका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, एनसिएससीका पुर्व अध्यक्ष कल्पना ढकाल, एनआरएन क्यानडाका पुर्व उपाध्यक्ष माधव दुलाल, पुर्व एनसिसी सदस्यहरु दिनेश घिमिरे र विश्व नेपाल, एनसीएससीका उपाध्यक्ष श्रीकान्त अर्याल, महासचिव प्रकास पाल्पाली, एनआरनए क्यानडाका पुर्व सल्लाहकार राजेन्द्र गौतम, नागरिकता निरन्तरता सम्विन्धि कार्यदलका सदस्य राजेन्द्र प्रसाई, एनसीएससीका गोपाल भट्ट, समासेवीहरु सन्तोष दाहाल, विष्णु बस्याल, पदमराज गौतम, बुद्धी अधिकारी, गायक युवराज गुरुंग लगायत हुनुहुन्थ्यो ।

एनआरएन क्यानडाका चेयरपर्सन सम्राट थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष दिपक गौतमले प्रत्यक्ष निर्वाचन प्रणाली, आर्थीक पारदर्सिता, विकेन्द्रिकरण, समावेशी एनआरएनका लागी संस्थाले गर्ने खोजेका कार्ययोजना बारे प्रकास पार्नुभएको थियो । उहांले क्यालगरीको नेपाली समुदायले सामाजिक विकासमा खेलेको भुमिका र एकताको प्रशंसा गर्दै अन्य समुदायले सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एनसीएससीका अध्यक्ष समिर पाण्डेले एनआरएन क्यानडालाई थप उचाइमा पुऱ्याउन स्थानिय संस्थासंगको सहकार्य आवस्यक रहेकोले त्यसतर्फ संस्थाले ध्यान पुऱ्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा एनआरएन क्यानडाका निवर्तमान सदस्य अनन्त आचार्यले जनचाहना अनुरुप कार्यगर्न नयाा कार्यसमितिलाई सुझाव दिनुभयो ।  त्यस्तै एनआरएन क्यानडाका निवर्तमान सदस्य एवं पुर्व उपाध्यक्ष देबेन्द्र सुवेदीले नया नेतृत्वले संस्थालाई नया उचाइमा पुर्उने विश्वास व्यक्त गर्नुभयो ।

नागरिकता निरन्तरता सम्वन्धि विधान मस्यौदा कार्यदलका सदस्य राजेन्द्र प्रसाइले हालकालागी प्राप्त अधिकार सहितको मस्यौदा पारित गर्न दवाव सिर्जना गर्नुपर्ने र त्यसपछि मात्र थप अधिकारबारे बहस गर्नुपर्ने धारणा राख्नुभयो ।  प्रकास पाल्पाली ले संचालन गनुभएको कार्यक्रममा एनआरएन क्यानडाका सदस्य बाबुराम बानियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुर्वउपाध्यक्ष माधव दुलालले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, चेयरपर्सन र सदस्यहरुलाई खादा ओढाइ बधाई ज्ञापन गनुभएको थियो ।