NRNA NCC Canada Official LOGO

NRNA : एनआरएनए एनसीसी क्यानाडाको महिला दिवस कार्यक्रम २०१९

Hollywood Khabar February 23,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाले अन्तराष्टिय महिला दिवस २०१९ भब्य रुपमा मनाउने भएको छ।

कार्यक्रमबारे एनआरएनए एनसीसी क्यानाडाका महासचिव चिरन्जीवी घिमिरे र महिला संयोजक बिमला सापकोटाद्धारा संयुक्त रुपमा प्रेषित विज्ञप्ति हलिउडखबरलाइ प्राप्त भएको छ। बिज्ञप्तिमा एनआरएनए एनसीसी क्यानाडाका सम्पुर्ण सदस्यहरु, कार्यसमिति, सल्लाहकार, आइसीसी सदस्य, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय संयोजक लगायत संघ संस्था र नेपाली समुदाय सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गरेको उल्लेख गरेका छन्।

एनआरएनए एनसीसी क्यानाडाले १०९ औं अन्तराष्ट्रिय महिला दिवस २०१९ Nepalese Canadian Women Association (NCWA) संस्थासंग मिलेर मनाइने कुरा पनि उल्लेख गरेको छ। मार्च १, २०१९ का दिन साँझ ६ बजे सुरु गरिने उक्त कार्यक्रम Bukhara Grill, 190 Main Street South, Brampton, Ontario, Canada मा हुनेछ।

एनसीसी क्यानाडाले आयोजना गरेको यो पटकको महिला दिवसले पनि अन्तराष्ट्रिय महिला दिवस कै थिम Balance for Better, Say no to violence against women, and Think equal, build smart, innovate for change लाइ चरितार्थ गरेको छ।

संघले कार्यक्रममा क्यानाडाका लागि आफ्नो चार बर्षे कार्यकाल पूरा गरेर फर्दंदै गरेका महामहिम राजदूत काली प्रासाद पोखरेलको बिधाई समेत सोहि समयमा गरिने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

कार्यक्रममा पुरुषलाइ २०, महिलालाई १५ किशोर-किशोरीहरुको लागि १० क्यानेडियन डलर प्रवेश शुल्क राखिएको छ भने ६ बर्ष मुनीका बालबालिकाहरुलाई प्रवेश निशुल्क छ।