-Sonam Lama, NRNA VP

गैरआवासीय नागरिकता संबैधानिक हक खोसिन्न, यसको टुंगो लगाउने ब्यक्तिले नेतृत्व लिनुपर्छ

Hollywood Khabar August 09,2018 Comments

कृष्ण के सी, अमेरिका, अगष्ट १०, २०१८

सोनाम लामा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्षले अगष्ट ११ अर्थात ठिक ३ बर्ष पहिला उठाएको बिषय आज सन्दर्भले पुन:पोष्ट गर्न मनलाग्यो। विगत १३/१४ बर्ष देखि एनआरएनएमा नियमित रहनुभएका लामासंग मेरो पनि कामको पहिचान जोडिएको छ। यसको मतलाब म उहाँसंग जोदिनुपर्छ या छुट्टिनुपर्छ भन्ने दुवै अर्थ होइन।

एनआरएनएमा बिचार, आर्थिक मात्र होइन समय र हरेक पहमा योगदान दिने एक अभियन्ता सोनाम लाम हुनुहुन्छ। एनआरएनको नाममा गरिएका सबै लगानीबात कम्तिमा ५% संघको कोषमा दिनुपर्छ भन्ने उपाध्यक्ष लामाको विचार अझै विचाराधीन नै छ। यस बाहेको गैरआवासीय नेपाली नागरिकता मात्र होइन सम्पति र लगाइन संबन्धि धेरै कुरा उहाँका छन्।

नेपालको सुन्दर हिमाली क्षेत्र मुस्ताङ्गका लामाले आफ्नो जन्मभूमिमा सामाजिक-धार्मिक र पर्यटन, ब्यबसाय सबै जसो क्षेत्रमा लगानी र योगदान गर्नुभएको छ। अमेरिकाको न्यूयोर्क निवासी सफल ब्यबसायी लामा अमेरिकामा मात्र होइन नेपाल र नेपालको विकट मुस्ताङ र ठमेल जस्तो गुगम ठाउँमा पनि चर्चित ब्यवासायी हुनुहुन्छ।

गैरआवासीय नेपालीहरुको मेगा प्रोजेक्टहरुमा प्रतक्ष रुपमा सहभागी भएर योगदान दिनुभएका उपाध्यक्ष लामा गैरआवासीय नेपाली नागरिकताको अभियानमा पनि उत्तिकै सहभागी व्यक्ति हो। नागरिकताकै बिषयमा थुप्रै सरकारी झमेला देखि सांसदहरुलाई बिषय बुझाउने काममा समेत प्रतक्ष सहभागी लामाले सो समय संसदमा पेश गर्न बनेको बिधेयकको ड्राफ्टको हल्लाप्रति यो संबैधानिक हक हो, खोसिन्न भनेर आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको थियो।

हाल आएर सोहि बिषय संसद बिघटन र बिचमा भएको राजनैतिक गतिरोधले एनआरएनहरुको मुख्य मुद्धा नै स्थगित भएको छ। अब यो बिषय उठाउने टुंगोमा पुर्याउने व्यक्ति नै संघको नेतृत्वमा पुग्नुपर्छ भन्ने उहाँको भनाइ हो। जब अष्ट्रेलियाबाट शेष घलेले नेतृत्व लिनुभयो तब उहाँले अमेरिका नआए सम्म एनआरएनए माथी जाँदैन भन्ने बिचार राख्नुभयो। नभन्दै अमेरिका पनि अगाडी आयो अनि एनआरएनहरुको प्रमुख मुद्धा गैरआवासीय नेपाली नागरिकताले पनि स्थान पायो। त्यसपछि भवन भट्टको नेतृत्व कालमा बिषय नै बिलायो र वर्तमान कुमार पन्तको नेतृत्व फोटो अपको लागि मात्र बिषय उठाएको जस्तो गरेको अवस्था हो, खासै समय र स्थान पाएको छैन।

अबको नेत्रित्वमा पुग्ने ब्यक्ति भनेको गैरआवासीय नेपाली नागरिकताको प्रमुख एजेण्डा हुने देशको हुनुपर्छ भन्ने कुरा चाहिँ उपाध्यक्ष सोनाम लामाको हो।यसमा अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका देशबाट एक पटक नेतृत्व लिनुपर्छ। यसको मतलाब अरुले पाउनु हुन् भन्ने होइन सबैको अधिकार उत्तिकै छ र हुनुपर्छ। तर प्रमुख मुद्धा नै १४/१५ बर्ष सम्म ओझेलमा परेको छ। अब यसको टुंगो लगाउनुपर्छ भन्ने हो।

रसियाले ३ पटक नेतृत्व लियो, जापानले लियो, अष्ट्रेलियाले २ पटक लियो, जर्मनीले लियो तर पनि बिषयले गति लिएको समय २०१३ देखि २०१७ सम्म मात्र हो। यसको मतलब अब यसको टुंगो गैरआवासीय नेपाली नागरिकता लिने देशले मात्र लिएमा छिटो हुन्छ।

संघले आफ्नो एक दशक लामो समय देखि लागि परेर नेपालको संबिधानबाट प्राप्त गरेको संबिधानको धारा १४ अन्तर्गतको गैरआवासीय नेपाली नागरिकता एउटा संबैधानिक हक हो। यसलाई कसैले खोसेर खोसिन्न भन्ने बुझाइ सोनाम लामाको छ। तर अधिकार भन्दैमा संबिधानमा लेखेर मात्र भएन कार्यान्वयनमा आएको छै। ऐन बनेको छैन, अझै पनि संबिधानसँग बाझिएको ऐन अन्तर्गत नै काम हुनेगरेको छ।यसमा कसैको ध्यान गएको छैन। यसको असर र असुरक्षा लगानीमा मात्र होइन संपति अधिकारमा पनि छ।

अवश्य पनि ऐन र विधायकहरुले बनाउने बिधेयकमा छलफलका लागि बनाएको ड्राफ्टमा घटी-कमी या फरक राय दिएको हुनसक्छ। तर त्यसबाट नेपालको प्रचलित संबिधानको ब्यबस्थामा परिवर्तन गरेर अधिकार खोस्ने संभावना भने छैन। राजनैतिक बाहेको सबै अधिकार हुनेगरि गैरआवासीय नेपाली नागरिकता दिनको लागि केहि प्राविधिक समस्याहरु छन् तर असंभव भने छैन। अब त्यो पाउने कि न पाउने भन्ने बिषय होइन। कसरी नागरिकता दिने भन्ने बिधिको कुरा मात्र बनाउनु परेको हो। त्यसैले नै संबिधानमा यो ब्यबस्था गरेको छ र खोसिन्ना।

गैरआवासीय नेपाली नागरिकताका संबन्धमा बन्ने ऐनको लागि संसदको छलफल पछि संसदबाट पास हुने ऐन-कानुनमा पनि सरल र सजिलो नै हुनुपर्छ र हुनेछ भन्ने विश्वास उपाध्यक्ष लामाको छ। अवश्य पनि हामी पहिलो पुस्ताको लागि नेपालको नागरिकताको प्रति/प्रमाण देखाए पछि गैरआवासीय नागरिकता पाइन्छ। त्यसमा समस्या आउंदैन। तर दोश्रो पुस्ता र गैरआवासीय नेपालीले अन्य देशका नागरिकसंग गरेको विबाह र त्यसैका कारण उनीहरुले दावी गर्ने नागरिकता, उनीहरुबाट जन्मेका सन्तान जस्ताको लागि दिने नागरिकता, पुस्तौं ज्ञाप भएर फेरि दावी गर्ने नागरिकताका बिषयमा कसरी ब्यबस्था गर्ने भनेर गंभिर छलफल हुनु नै पर्छ।

यहाँनेर छुटेको बिषय गैरआवासीय नेपाली बंसजको आधारमा भन्ने कुरा हो। तर त्यसको मतलब संबिधानमा भएको हक नै खोसिन्छ भन्ने कुरा भने सहि होइन। त्यसको लागि त नेपालको संबिधान नै संसोधन गर्नुपर्छ, उपाध्यक्ष लामाको बुझाइ छ।

गैरआवासीय नेपाली संघको वर्तमान नेतृत्वले नागरिकता र अन्यय काममा समेत ध्यान दिएको छैन। संघका कतिपय काम पुरा भए त अझै धेरै काम पेण्डिङमा राखेको छ। आफ्नै साना-तिना भ्रमण, जुम र भेटघाटलाइ फेसबुक र ट्विट गरेर बसेको अवस्था छ। अहिले उम्मेदवार बन्ने भन्दै आम चासो र आवश्यक्तालाइ ध्यान नदिएर घुम-घामको प्रचार गरेको भन्दै तिखो प्रहार गर्नुभयो।

 

मैले संघको आइसी सदस्य देखि अमेरिकाज क्षेत्रको डिआर्सी हुँदा होस या आरसी हुँदा होस या अहिलेको उपाध्यक्ष हुँदा नै किन नहोस संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष जस्ता बिशिष्ट जिम्मेवारीका व्यक्ति भन्दा कुनै काम कम गरेको थिइन र छैन। तर अहिलेको संघको नेतृत्व भनेको अझै धेरै काम गर्नुपर्ने अवस्थामा छन्। कोरोना मात्र होइन अन्य बिषय पनि छन्। चुनावी प्रपन्च गर्ने, हल्ला गर्ने मात्र होइन काम धेरै गर्नुपर्यो भनेको हो।

अन्तमा, नगरिकताको बिषयमा संघको गतिबिधि कम भएको हो। बेवारिसे रुपमा छोडेको अवस्था छ। यो बिषय मेरो कमिटी अन्तर्गत छ, यसमा मेरो एक्लो पहल होइन पुरा संघ नै लाग्नुपर्छ।