-गैरआवासीय नागरिकता:खाउँभने कान्छाबाको अनुहार, नखाउँभने दिनभरीको सिकार

गैरआवासीय नागरिकता:खाउँभने कान्छाबाको अनुहार, नखाउँभने दिनभरीको सिकार

Hollywood Khabar September 11,2019 Comments

दिक्षा बस्नेत-खप्तडी/९/१२/१९

लगभग ८० लाख आ-प्रबासी नेपालीहरुको प्रतिनिध्व गरेर ८० भन्दा बढी मुलुकमा रहेर गैरआवासीय नेपाली संघ (NRNA) ले गैरआवासीय नागरिकता प्रणालीको माघ उठाएसंगै ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने नारालाई मूल मन्त्र बनायो। नेपाल सरकार संग बारम्बार नेपाली हुनुको अधिकारबाट बन्चित नहुन, जुन अडान लिएको थियो त्यो अन्तत: सफल हुने खबरले लाखौलाख आ-प्रबासी नेपालीहरु हर्षित हुनु अस्वाभाविक पक्कै होइन। तर हर्ष र बिस्मत दुवै बेहुर्नुको विकल्प के नै होला र !

लामो समय देखिको बहस, छलफल, गैरआवासीय नेपाली संघको अथक प्रयास पश्चात परदेशिएका नेपालीहरु यो खुशीको खबर सुन्न बर्षौ देखि आँतुर थिए। अन्तत:राजनैतिक अधिकार बाहेक सबै अधिकार पाउनेगरी नागरिकता पाउनेकुरा संबिधानमा उल्लेख गरिएको छ। यसका लागि विनियम बन्दैछ, अब छिट्टै नै संघिय संसदबाट पास भइ लागु हुने पनि भयो। हुन त विभिन्न शंका र उपशंका बीच यो मुद्दा अघि बढेको भएपनि हामीलाई संबिधानमा ब्यबस्था गरिएको विषयबाट कुनै पनि हालतमा बंचित हुदैनौ भन्ने कुरामा बिश्वास पनि थियो।

बास्तबमा गैरआवासीय नेपालीहरुको माग नागरिकताको निरन्तरता हो, थियो र छ पनि। तर, खाए खा नखाए घिच भने झैँ बंशजको आधारमा लिएको नेपाली नगारिकता एक बर्षभित्रमा त्याग्नु पर्ने सहमतिले फेरी अर्को शंकाको घेरा कोर्ने त होइन ? यहाँनिर पहिल्यै कुरा बुझ्नु पर्थ्यो कि ?

बर्तमान संबिधानमा लेखिए अनुसार गैरआवासीय नपाली नागरिकता सम्बन्धमा संविधानको धारा १४ ले बिदेशी मुलको नागरिकता प्राप्त गरी अन्य मुलुकमा बसोबास गर्ने व्यक्तिले साबिक बंशज वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरीक रही पछी बिदेशी मुकुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघिय कानुन बमोजिम आर्थीक, सामाजीक र सास्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नेपालको गैरआवासीय नागरिकता प्रदान गरिनेछ।

अब यहाँनिर, कुरा के बुझियो भने गैरआवासीय नेपाली नागरिकता बीच पहिल्यै कुरा टुंगिएको देखिन्छ, अब रहयो साबिक नागरिकता एक बर्षभित्र बुझाइ गैरआवासीय नागरिकता लिनुपर्ने प्रक्रियामा कति गैरआवासीय इच्छुक होलान त?

अन्त्यमा, त्यहि नेपाली माटोको बास्ना त्याग्न नसकी, पुर्खाको बिरको गाथा बिर्सन नसकी, जन्मेको, हुर्केको, टेकेको माटोको सम्झना मुटुमा राखी स्वदेशप्रति अतृप्त चाहना राख्दै अनि पुर्खाले साचेको दुइ सुर्का पाखो बारीको मायाले, आमाले बर्षौदेखि पोतेको झुपडीको मायाले, मुलुकमै फर्की केहि गरौ भन्नेहरुका लागी त्यो बंशजको आधारमा पाएको नागरिकता नेपाल सरकालाई बुझाउन मन्जुर होला र ?

कल्पना गर्न सकिन्छ कतिका आँखा रसाउलान त्यत्तिबेला ! जुन जन्म र बंशजको आधारमा पाएको नागरिकता सुम्पिदा ? कत्तिका हातहरु काप्नेछन, कतिका मुटु भारी हुनेछन अनि कतिलाई आत्माबोध हुनेछ, ती सबै देश, काल समयले उब्जाएका परिस्थिति थिए। जुन आज सोच्न बाध्य लाखौ गैरआवासीय नेपाली बाध्य भएका छन्।