-जापानमा एनआरएनहरुको सयुक्त लगानी सम्बन्धी कार्यक्रम

NRNA: जापानमा एनआरएनहरुको सयुक्त लगानी सम्बन्धी कार्यक्रम सम्पन्न

Hollywood Khabar March 19,2019 Comments

नेपाल सरकारले काठमाण्डौमा लगानी सम्मेलनको तयारी गरिरहेको पुर्बसन्ध्यामा जापानमा पनि म्याग्दीको ठाडो खोला जलविद्युत परियोजनामा सयुक्त लगानी बिषयक अन्तर्कृया सम्पन्न भएको छ।

गैरआबासीय नेपाली संघ केन्द्रीय अध्यक्ष भबन भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ठाडो खोला जलविद्युत परियोजनाको बिषयमा आफ्ना कुरा राख्न एनआरएनए महासचिव डा बद्री केसी र युरोप क्षेत्रीय सयोजक शिव बरुवाल जापानमा पुग्नु भएको थियो ।

सयुक्त लगानीको बिषयमा जापानको टोकियो, नागोया र ओशाका जस्ता प्रमुख शहरहरूमा छलफलको आयोजना गरिएको थियो ।टोकियोमा गत मार्च १७ मा सम्पन्न बृहत अन्तर्कृया कार्यक्रममा बोल्दै एन आर एनका अध्यक्ष भबन भट्ट ले समृद्धिको निम्ति देशमा लगानिको लागि नेपाल सरकारले आह्वान गरेको छ हामी सबै गैर आवासीय नेपालीले जे जति सकिन्छ लगानी गर्न सबैलाइ अनुरोध गरे।

त्यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै सस्थाका महासचिव डा बद्री केसिले एनआरएनएहरुले यस भन्दा आगाडी पनि नेपालमा ब्यक्तिगत रुपमा र सामुहिक रुपमा पनि धेरै परियोजनाहरूमा लगानी गरेको थियो। अहिले लगानीको लागि दुई वटा महत्त्वपूर्ण परियोजना मध्य गैर आवासिय नेपालीको ठुलो लगानी रहने म्युचुयल फन्डको बिषयमा तयारी भै रहेको छ। ठुलो खोला हाइड्रोपावर राम्रो परियोजना भएको र अत्यधिक मुनाफा आउन सक्ने परियोजना भएकोले यो परियोजना तत्काल सुरु गर्न लागिएको जानकारी गराउदै पावर पोइन्टबाट परियोजनाको सविस्तार बिबरण प्रस्तुत गर्नु भएको थियो ।
महासचिवको प्रस्तुति समाप्ति संगै अध्यक्ष भबन भट्टले १ करोडको लगानी प्रतिबद्वता ब्यक्त गर्नु भएको थियो।

सो अबसरमा आईसीसी प्रबक्ता भुषण घिमिरेल, युबा सयोजक सुदन थापा, एसिया प्यासीफिक सयोजक किरण थापा, युरोप सयोजक शिव बरुवाल आइसिसि सदस्य महेश श्रेष्ठ लगायत एनसिसिका पदाधिकारीहरुले गरि १० करोड भन्दा बढीको प्रतिबद्धता प्राप्त भएको थियो।

यो कार्यक्रम लगतै मोना जापान, आइसिसि महासचिव डा बद्री के सी र मोना आइसिसिका सस्थापक महासचिव तथा एनआरएन आइसिसि युरोप सयोजक शिव बरुवालको स्वागातर्थ एक रात्री भोज तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको थियो।

एनआरएनए सयुक्त लगानी म्याग्दी ठाडो खोलामा नै किन भनी छलफल चलाएको थियो। सो कार्यक्रममा पनि परियोजनाको बृस्तृत रिपोर्ट प्रस्तुत गर्दै सबै म्याग्देलीलाई यो म्यग्देलीहरुको लागि लगानीको एक अबसर भएकोले सबै लाई लगानी गर्न आह्वान गर्नु भएको थियो।

कार्यक्रममा मोनाका एसिया प्यासिफिक सयोजक जापानका सफल ब्याबसायी ददिवल खडका १ करोड साथै मोना जापानका अध्यक्ष, उपाध्यक्ष-महासचिव लगायत धेरै जना उपस्थित म्याग्देलिले लगानीको प्रतिबद्धता ब्यक्त गरेका थिए।