-NRNA:एनआरएनएले COVID-19 लाई लिएर आपतकालीन बैठक बसेको जानकारी दिएको छ

NRNA:एनआरएनएले COVID-19 लाई लिएर आपतकालीन बैठक बसेको जानकारी दिएको छ

Hollywood Khabar March 20,2020 Comments

कोरोना भाईरस (कोभिड-१९) को महामारीले विश्वमा उत्पन्न असहस परिस्थितीलाई मध्यनजर गर्दै आज मिति २१ मार्च २०२० शनिबारका दिन गैरआबासीय नेपाली सँघ, अन्तरास्ट्रिय समन्वय परिषद (आईसीसी) र सम्पूर्ण मुलुकहरुमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरु बिच आपतकालिन बैठक सम्पन्न भएको छ ।

बैठकले निम्न अनुसारका निर्णयहरु गरेको छ ।

१) नेपाल सरकारले बिभिन्न देशहरुमा रहेका बैदेशिक नियोग तथा दुताबासहरुको लागि कोरोना भाईरस सम्बन्धी जारी गरेको निर्देशन कतिपय दुताबास तथा नियोगहरुमा नपुगेको र सोही अनुसार नेपाली समुदायमा सुचना प्रबाह नभएको भन्ने जानकारी भए अनुसार सम्बन्धित देशका एनसीसीहरुलाई दुताबास तथा नियोगहरुसँग समन्वय तथा सहकार्य गरी समस्या सामाधानमा हातेमालो गर्ने र आवश्यक सहयोग उपलब्ध गर्न गराउन निर्देशन जारी गरेको छ ।

२) यस् असहज परिस्थितीमा सहजिकरण तथा समन्वय गर्न हरेक एनसीसीहरुमा एक जना 'कोअर्डिनेटर' को ब्यवस्था गर्ने । कोर्डिनेटर मार्फत सम्बन्धित देशमा उत्पन्न सामाजिक, आर्थिक र आम नेपाली समुदायको श्वास्थ्य अवस्थाको बस्तुगत मुल्याङ्कन गरी आईसिसी अन्तर्गत रहेको उच्च स्तरीय ‘हेल्थ कमिटी' लाई जानकारी गराउने ।

३) आईसीसी अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय 'हेल्थ कमिटी' मार्फत सम्बन्धित देशहरुका एनसिसीको समान्वमयमा विश्वका बिभिन्न क्षेत्रहरुमा समयनुकुल सुबिधालाई मध्यनजर गरी अनलाइन स्वास्थ्य जनचेतना कार्यक्रम सँचालन गर्ने ।

४) कोरोना भाईरसको प्रकोपले गर्दा बिभिन्न देशहरुले तत्काललाई आवगमन तथा भिसा प्रदान गर्न बन्द गरेको छ । यस् असहज परिस्थितीमा बिभिन्न देशहरुमा भिजिट भिसा, अध्ययन भिसा तथा बैदेशिक रोजगारीको भिसामा गएका नेपालीहरु बृहत सुचनाको अभाबले समस्यामा परेको भन्ने जानकारी प्राप्त भएको हुँदा सम्बन्धित देशका नियोगहरुसँग समन्वय गरी एनसिसी मार्फत प्रभाबित नेपालीहरुलाई सहयोग तथा राहत उपलब्ध गर्न गराउन एनसिसीहरुलाई निर्देशन जारी गरिएको छ ।

५) अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय 'हेल्थ कमिटी' ले कोरोना भाईरसले उत्पन्न सामाजिक, आर्थिक र स्वास्थ्य स्थितीको असर तथा प्रभाब बारे अध्ययन गर्न हरेक एनसिसीहरुसँग मिलेर रणनैतीक कार्ययोजना तयार गर्ने।

६) कोरोना भाईरसको कारण उत्पन्न परिस्थितीले प्रभाबित नेपालीहरुको तथ्यांक सँकलन गर्ने।

७) आईसिसी अन्तर्गत गठित बिभिन्न समितीहरुले गरेका काम कारबाही तथा निर्णयहरुलाई एकद्वार प्रणाली अनुसार मिडिया एण्ड पब्लिकेशन समिती मार्फत प्रकाशन तथा प्रसारण गर्ने गराउने।सबै क्षेत्र र देशका एनसिसीहरुलाई आफ्न काम कारबाहीलाई समितीलाई जानकारी गराउन निर्देशन जारी गरिएको छ ।

डिबी क्षेत्री

प्रबक्ता

अन्तरास्ट्रिय समन्वय परिषद