-एनआरएनए आइसीसीले नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलन गर्दै

एनआरएनए आइसीसीले नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलन गर्दै

Hollywood Khabar June 05,2020 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले संसारभर रहेका कोरोना भाइरस डिजिज २०१९ अर्थात कोभिड १९ प्रभावित र नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलन कार्य सुरु गरेको छ। संघका अध्यक्ष्य कुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय परिषदको बैठकले उक्त निर्णय गरेको हो।

यस कार्यको पहिलो चरणमा नेपाली बिध्यार्थिहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको कुरा संघका उपाध्यक्ष्य मन के सीले जानकारी दिनुभएको छ। उक्त सर्वेक्षण संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मार्फत गरिने योजना रहेको छ।

यस सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनुपर्ने नभई बस्तुस्थिको जानकारी मात्र भर्नुपर्नेछ। तिन मिनटमा सकिने यो बिस्वब्यापी सर्वेक्षण सक्दो मात्रामा बढी से बढी प्रभावित बिध्यार्थीहरुले भाग लियपछि आर्को चरणको योजनालाई सघाउ पुग्नेछ।

यस सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय परिषदहरुबाट प्राप्त सूचना र सुझाब संकलन, सम्बन्धित राजदुताबास एवं बाणिज्यदुतहरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरुसंगको समेत समन्वयका आधारमा चरण बढ्द रुपमा रिपोर्ट नेपाल सरकार एवं अन्य सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कुरा यस कार्यदलका संयोजक संघका उपाध्यक्ष्य मन के सी ले जानकारी दिनुभएको छ।

नेपाल बाहिर बिद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरि रहेका बिधार्थीहरुलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरिएको छ। लिंक https://www.nrna.org/ वेबसाइटको मेन्यूमा देब्रेबाट तर्फ ६ औं मा COVID 19 मा क्लिक गर्दा Covid 19 Student Survey देखिन्छ। त्यसमा गएर सोझै पनि गर्न सक्नुहुनेछ।

अन्यथा तलको लिंकमा क्लिक गर्नुहोला:

https://www.surveymonkey.com/r/studentsoutsidenepal

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

मे ६, २०२०