-NRNA General Secretary Dr Hem Raj Sharma

एनआरएनए महाधिवेशनका प्रतिनिधि संबन्धि नयाँ नीति ल्याइने: महासचिव डा शर्मा

Hollywood Khabar August 19,2020 Comments

कृष्ण के सी/अमेरिका/८/१९/२०

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का महासचिव डा हेम राज शर्माले संघको महाधिवेशन प्रतिनिधि चयन संबन्धि नयाँ नीति ल्याउन लागिएको बताउनु भएको छ।

यस भन्दा पहिला गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले संघको सदस्यता पूर्ण रुपमा निशुल्क हुने कुरा बताउनु भएको थिय। सो संबन्धि लेख हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस: https://www.hollywoodkhabar.com/freemembership-kumarpant-15aug20

महासचिव डा हेम राज शर्माले यो पटक संघको महाधिवेशनका लागि प्रतिनिधि छनोट सरल, निर्विवादित र बिधिसंवत बनाउन नीति तयार गर्दै गरेको जानकारी दिनुभयो। अब क्षेत्रीय स्तरमा हुने क्षेत्रीय बैठक र त्यसबाट प्राप्त सुझाव अनि निर्णयहरु समेत जोडेर अक्टुवरमा हुने संघको बार्षिक बिधान सभाबाट बिधान परिमार्जन गर्दै सो नीति ल्याउन प्रस्ताव गर्ने जानकारी दिनुभयो। यसपूर्व संघको पदाधिकारी र अन्तराष्ट्रिय परिषद बैठकले सो निर्णय पारित गर्नेछ।

आउने प्रस्तावमा मुख्य गरि ४ वटा बिषय समावेस हुने छन्। संघको विभिन्न तहमा रहेर जिम्मेवारी बहन गर्दै गरेका व्यक्ति, नयाँ निम्मेवारीका लागि नव निर्वाचित व्यक्ति, एनसीसीका नव निर्वाचित व्यक्ति, निवर्तमान र पूर्व पधाधिकारीहरु अनि नवीकरण भएका पंजीकृत सदस्यहरुबाट आउने प्रतिनिधि पर्दछन।

खासगरी पदीय जिम्मेवार व्यक्तिको लागि धेरै ठूलो कुरा परिवर्तन हुने छैन। तर राष्ट्रिय समन्वय परिषदबाट छनोट गरिने प्रतिनीधिहरुको लागि भने केहि परिवर्तन गर्न लागिएको हो। यसलाई धेरै प्रजातान्त्रिक र व्यक्तिहरुको इच्छा र बुताले छान्ने प्रक्रियालाइ मतदानबाट निर्वाचित गर्न गृहकार्य गर्न लागिएको हो।

अलिकति कुरा नीतिगत रुपमा अध्ययन गर्ने भनेको निबर्तमान र पूर्व पधाधिकारीहरु अनि सदस्यहरु कसरी प्रतिनिधि हुने भन्ने बिधिको बिकास गर्ने हो। तर एउटा प्रमुख परिवर्तन भनेको तत्काल मात्र सदस्य बनेका व्यक्ति प्रतिनिधि हुन पाउने छैनन। संघको अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन कम्तिमा पनि एक कार्यकाल सदस्य भएर सदस्यता नवीकरण गरेको हुनुपर्छ। बाँकी कुरा छिट्टै ल्यौउनेछौं, महासचिवले भन्नुभयो।