-गैरआवासीय नेपाली संघका प्रमुख कार्याकारी अधिकृत डा दवाडी ससमान्न विदाइ

गैरआवासीय नेपाली संघका प्रमुख कार्याकारी अधिकृत डा दवाडी ससमान्न विदाइ

Hollywood Khabar April 29,2020 Comments

३० अप्रिल २०२०

गैरआवासीय नेपाली संघका प्रमुख कार्याकारी अधिकृत डा हेमन्त दवाडीलाइ संघको सेवाबाट ससमान्न विदाइ गरिएको छ।

गैरआवासीय नेपाली संघका प्रमुख कार्याकारी अधिकृत डा हेमन्त दवाडीको करार सेवा अवधि समाप्त भएको कारण उहाँले राजिनामा समेत दिनु भएको र संघले उहाँको राजिनामा आजबाट लागु हुने गरी स्वीकृत गरेको हुदा उहाँलाइ संघका उपाध्यक्ष सोनाम लामाले आज सचिवालयमा एक कार्यक्रम गरी ससम्मानका साथ विदाइ गर्नुभयो।

यस समारोहमा संघका उपाध्यक्ष सोनाम लामाले उहाँले संघको लागि सम्पन्न गरेका कार्यहरुको प्रशंसा गर्नुभयो। संघका परियोजनाहरु सम्पन्न गर्नको लागि उहाँको ठूलो योगदान रहेको र हाल कोरोना संक्रमणको कारण मुलुक पुरै लकडाउन भएको बेला उहाँले एनसिसि दक्षिण कोरीयाले प्रथम चरणमा पठाएको स्वास्थ्य सामाग्रीहरु र आज चीन, दक्षिण कोरीया र मकाउको सहयोगमा आएको स्वास्थ्य समाग्रीहरु नेपाल सरकारलाइ हस्तान्तरण गर्ने कार्यको लागि उहाँले दिनरात मन्त्रालयमा गएर र फोनबाट सम्पर्क गरी जुन समन्वयको कार्य गर्नुभयो। त्यसको लागि संघका उपाध्यक्ष लामाले प्रंशसा गर्नुका साथै हार्दिक आभार प्रकट गर्नुभयो।

उहाँले यो लकडाउनको कारणले उचित सम्मान नगर्न पाएको र स्थिति सहज भएपछि एक औपचारिक कार्यक्रम पनि गरिने जानकारी गराउनु भयो। डा दवाडी संघको अभियानमा सुरु देखी नै काम गर्नु भएको र उहाँले संघका ५ वटा विश्व सम्मेलनहरु सफलताका सम्पन्न गरि संघको अभियानमा थप योगदान गर्नु भएको हो। उहाँको लामो अनुभवको भविष्यमा पनि नेपाली डायस्पोराको काममा सहयोगको अपेक्षा राख्नु भयो।

प्रमुख कार्यकारी अधिकृत डा दवाडीले संघमा नेपाली डायस्पोराको लागि केही कार्य गर्न पाएकोमा संघ प्रति आभार प्रकट गर्नु भयो। भविष्यमा पनि उहाँबाट संघले कुनै सहयोगको अपेक्षा गरे सहयोग गर्न इच्छुक रहेको बताउनु भयो।

कार्यक्रममा संघका उपाध्यक्ष सोनाम लामा लगायत एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक, रोविन्द प्रसाद श्रेष्ठ, एनसिसि चीनका अध्यक्ष प्रदिप न्यौपाने, हाल नेपालमा रहनु भएका चीन र कोरीया गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो।

गैरआवासीय नेपाली संघ सचिवालय